Suvadin, Home

मालिङ्गा नायक बन्दम श्रीलंकाको विजयी, इङ्ल्यान्ड २० रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाका लाथिस मालिङ्गाले उत्कृष्ट खेल प्रदर्शन गर्दा श्रीलंकाले इङ्ल्यान्डलाई पराजित गरेको छ । श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० रनले पराजित भएको हो । 

सुरुवातदेखि उत्कृष्ट प्रदर्शन गरेको इङ्ल्यान्ड ४७ ओभरमा मात्र २ सय १२ रन बनाउँदै अल आउट भएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जोए रुटले अर्धशतकीय पारी खेले । ८९ बल खेलका स्टोक्सले ७ चौका र ४ छक्काको सहयोगमा ८२ रनको योगदान गरे । ८९ बल खेलेका रुटले ३ चौकाको सहयोगमा ५७ रन बनाए । 

बलिङतर्फ श्रीलंकाका लागि मालिङ्गाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । त्यस्तै धनन्जय डि शिल्भाले तीन विकेट लिँदा इसुरु उदनाले दुई तथा नुवान प्रदीपले एक विकेट लिए । 

यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनायो ।
श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वा्धिक ८५ रनको अर्धशतकीय इनिङस खेले । यस्तै अभिस्का फर्नान्डोले ४९ , कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्न इङ्ल्यान्डका जोफ्रा आर्चर र मार्क वुडले समान तीन–तीन विकेट लिए । यस्तै आदील रशिदले दुई तथा क्रिस वोक्सले एक विकेट लिए ।


 

More form the Internet

loading...