Suvadin, Home
Nepal life 3.285M

सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि हुने

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, एउटा विदेशी टिम, मोफसलका चर्चित फुटबल टिम र सुदूरपश्चिम–११ को सहभागिता रहने छ।

धनगढी, ५ पुस – सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो। 

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, एउटा विदेशी टिम, मोफसलका चर्चित फुटबल टिम र सुदूरपश्चिम–११ को सहभागिता रहने छ।

विजेताले पुरस्कार स्वरुप रु २१ लाख र उपविजेताले रु १० लाख, ट्रफि र प्रमाण पत्र पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु दश हजार पुरस्कार दिइनेछ।


 

More form the Internet

loading...