Suvadin, Home

दशैको अवसरः भीमदत्तमा वडास्तरीय टी–२० क्रिकेट

ऐरी स्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले नगर क्षेत्रका खेलकूद विकास र विस्तारलाई नगरपालिकाले प्राथमिकता दिएको बताए।
क्रिकेट उद्घाटन कार्यक्रम।

मदन गिरी, महेन्द्रनगर, १४ असोज – भीमदत्त नगरपालिका वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । 

ऐरी स्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन छन्  । उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले नगर क्षेत्रका खेलकूद विकास र विस्तारलाई नगरपालिकाले प्राथमिकता दिएको बताए । 

‘क्रिकेट लगायतका खेलको विकास र विस्तारका लागि प्राथमिकता दिएका छौं, त्यस अनुसार वडा वडामा खेलकूद कार्यक्रम गरिरहको छौं’, उनले भने – ‘विद्यालयस्तरबाट खेलाडी उत्पादनको लक्ष्य लिएर अघि बढेका छौं।’

खेलकूदको विकासका लागि एक वडा एक मैदान बनाउन सुरु गरिएको नगर प्रमुख विष्टको भनाई छ । स्थानीय तह निर्वाचनको एक वर्षमा  नगरपालिकाले मेयर कप भलिबल प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिएको गरि सकेको छ । 
पाँच वर्षमा नगरलाई खेलमैत्री बनाउने नगर प्रमुख विष्टले प्रंतिवद्धता जनाए । 

भीनपा –१२ का अध्यक्ष कृष्ण सिंह देउपाले खेलकूदबाट भीमदत्तलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने भएकाले खेलकूदको विकासका लागि नगरपालिका सहित सबै वडाहरु गम्भीर भएकोबताए । प्रतियोगितामा नगरपालिका अन्र्तगतका २० टीमको सहभागीता रहेको छ । 


 

More form the Internet

loading...