Suvadin, Home

तेक्वान्दाेमा नेपाललार्इ ६ स्वर्ण

थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा २१ पदक हात पारेको छ। थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले  ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको हो। नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो। फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए। 
प्रतियाेगिताकाे पाेस्टर।

काठमाडौं,  कात्तिक ६– थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा २१ पदक हात पारेको छ।

थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले  ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको हो। नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो। फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए। 

फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिए। 

पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए। फाइनलमा नरमायाले १४ वर्षमुनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ किलोमुनितर्फ ओमानलाई हराएका थिए। 

फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपीसा गुरुङ, डेबिड थापा, कलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक जिते। फाइटमै अर्यान पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिेखमाया गुरुङले काश्य पदक जिते।

सो च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसियालगायत देशको सहभागिता रहेको थियो। 
 


 

More form the Internet

loading...