Suvadin, Home

कञ्चनपुरमा तेक्वान्दो प्रतियोगिता शुरु

प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ। जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरेका छन्। 
तेक्वान्दाे खेल। फाइल तस्वीर।

कञ्चनपुर, १४ पुस – कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार देखि प्रदेश नम्बर–७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ। 

प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ। जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरेका छन्। 

प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवम् प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिए। 

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताएका छन्। 'खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडी बढाउने योजना बनाएका छौँ, – 'उनले भने।


 

More form the Internet

loading...