Suvadin, Home

आर्सनलमा १२ वर्ष बिताएका वालकोटले बाँकी यात्रा एभरटनबाट तय गर्ने

वालकोटले एभर्टनसँग साढे तीन वर्षको अनुबन्धमा हस्ताक्षर गरेका छन्। सन् २००६मा साउथह्याम्पटनबाट अार्सनल भित्रिएका वालकोटलले अार्षनलका लागि कुल ३ सय ९७ खेल खेल्दै १ सय ८ गोल गरेका थिए।
अनुबन्ध पत्रमा हस्ताक्षर गर्दै थिअाे वालकाेट।

काठमाडाैं, माघ ४ – लामाे समयदेखि आर्सनलमा अावद्ध इंग्लिस फरवाड थिअाे वालकोटले १२ वर्षपछि क्लब परिवर्तन गर्दै एभर्टनमा अावद्ध भएका छन्। इंग्लिस प्रतिद्वन्दि एभर्टनले २८ वर्षे वालकोटलाई २० मिलियन पाउण्डभन्दा बढी रकममा अनुबन्ध गरेको हो।

वालकोटले एभर्टनसँग साढे तीन वर्षको अनुबन्धमा हस्ताक्षर गरेका छन्। सन् २००६मा साउथह्याम्पटनबाट अार्सनल भित्रिएका वालकोटलले अार्षनलका लागि कुल ३ सय ९७ खेल खेल्दै १ सय ८ गोल गरेका थिए।

वालकोटलार्इ १२ वर्षअघि बचेकाे उनकाे वाल्यवश्थाकाे क्लब साउथह्याम्पटनले पनि याे ट्रान्सफर विण्डाेमा पुनरागमन गराउने प्रयास गरेको थियो। वालकोट आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको रोजाइमा पर्न नसकेपछि समस्यामा रहेका थिए।

एभर्टनसँगकाे सम्झौतापछि वालकोटले आर्सनल छोड्ने समय आएकाले नै आफूले यो कदम उठाएको बताएका छन्। आर्सनलमा लामो समय स्टार खेलाडीको रुपमा रहेका वालकोटको खेल जीवनले एभर्टनमा फेरि अर्को उचाई लिने अपेक्षा गरिएको छ। 


 

More form the Internet

loading...