Suvadin, Home

आजका आशाः थोमस मुलर

सन् २०१० को विश्वकपका सर्वाधिक गोलकर्ता बनेर गोल्डन बुट हात पारेका जर्मन फुटबलर हुन्, थोमस मुलर। मुलर जर्मन टोलीका महत्वपूर्ण सदस्य हुन्। र, जर्मनीले सन् २०१४ को विश्वकप जित्दा मुलरको भूमिका महत्वपूर्ण थियो। 
जर्मन फुटबलर थोमस मुलर। 

काठमाडौं, भदौ २९– सन् २०१० को विश्वकपका सर्वाधिक गोलकर्ता बनेर गोल्डन बुट हात पारेका जर्मन फुटबलर हुन्, थोमस मुलर। 

मुलर जर्मन टोलीका महत्वपूर्ण सदस्य हुन्। र, जर्मनीले सन् २०१४ को विश्वकप जित्दा मुलरको भूमिका महत्वपूर्ण थियो। 

त्यसबाहेक जर्मन टोलीको प्रदर्शनमा पनि मुलर सशक्त देखिने गरेका छन्। मुलर अग्रपंक्तिमा कुनै पनि बेला गोल गर्नसक्ने क्षमताका खेलाडी हुन्। उनी आफूमात्रै गोल गर्दैनन्, सहकर्मीलाई निःस्वार्थ भएर गोलका अवसरसमेत जुटाइदिन्छन्।

यसैले उनी टोलीमा नियमित रहने गरेका छन्। समूहगत चरणको अन्तिम तर निर्णायक खेलमा उत्तरी आयरल्यान्डविरुद्ध सिक्स यार्ड बक्समा मुलरकै उत्कृष्ट पासमा मारियो गोमेजले गोल गरेपछि जर्मनी अन्तिम १६ मा पुगेको थियो।  

सन् २०१० मा अर्जे्न्टिनाविरुद्धको खेलबाट अन्तर्रा्ष्ट्रिय फुटबलमा डेब्यु गरेका मुलरले त्यसयता ७४ खेल खेलिसकेका छन्। 

मुलरको  जन्म १३ सेप्टेम्बर १९८९ मा भएको हो। उनी व्यवसायिक फुटबल बायर्न म्युनिखका लागि खेल्न गर्दछन्। मुलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, फरवार्ड र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्। मुलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति शसक्त हुने गर्छ।

मुख्यतः मिडफिल्डमा जम्ने मुलर विङ्सबाट पनि राम्रै प्रभाव पार्न सक्छन्। युवा क्लबको जीवन सकेर वरिष्ठ टोलीमा डेब्यु गर्दा मध्यपंक्तिको रूपमा खेले पनि अग्रपंक्तिमा पनि सटीक खेल खेल्ने खेलाडी हुन् मुलर। 


 

More form the Internet

loading...