Suvadin, Home
Nepal life 1.76M

ट्रान्सफर विन्डोको परम्परा तोड्ने एक मात्र युरोपियन क्लब जसले कुनै खेलाडी किनेन

क्लबले खेलाडीहरूलार्इ अाकर्षित गर्दै खेलाडी भित्र्याउने तथा बिदा गर्ने गर्दछन्। विन्टर र समर गरी खुल्ने ट्रान्सफर विन्डोमा खेलाडीहरू किन्ने तथा बेच्ने एउटा परम्परा जस्तै भइसकेको छ। तर, यस समर ट्रान्सफर विन्डोमा एउटा क्लबले यसपटक परम्परा तोड्यो। टोटन्ह्यामले कुनै खेलाडी किनेन तर २ खेलाडि बाहिर पठायो।

काठमाडाैं, २५ साउन – युरोपियन फुटबलको हरेक ६ महिनामा ट्रान्सफर विन्डो खुल्ने गर्छ। यस ६ महिनाको अवधिमा सञ्चालन हुने १ महिने विन्डोमा खेलाडीहरू एक क्लबबाट अर्को क्लबमा स्थानान्तरण हुने गर्छन्।

क्लबले खेलाडीहरूलार्इ अाकर्षित गर्दै खेलाडी भित्र्याउने तथा बिदा गर्ने गर्दछन्। विन्टर र समर गरी खुल्ने ट्रान्सफर विन्डोमा खेलाडीहरू किन्ने तथा बेच्ने एउटा परम्परा जस्तै भइसकेको छ। तर, यस समर ट्रान्सफर विन्डोमा एउटा क्लबले यसपटक परम्परा तोड्यो। टोटन्ह्यामले कुनै खेलाडी किनेन तर २ खेलाडि बाहिर पठायो।

टोटन्ह्यामले केनन बेनेट्सलार्इ जर्मन क्लब बोरूसिया मन्चेङ्लाडबाक पठायो भने एन्टोन वाल्कसलार्इ पोर्टस्माउथ पठायो। इंग्लिस क्लब टोटन्ह्यामले यस सिजनमा कुनै खेलाडि अनुबन्ध गरेन। हरेक सिजन इंग्लिस प्रिमियर लिगमा लिग लिडर टोलिलार्इ उच्च दबाब दिने टोलि हो टोटन्ह्याम।

हरेक सिजन अाफ्नै उत्पादनलार्इ प्राथमिकता दिने क्लबले यस सिजन पनि त्यही नीतिलार्इ अबलम्बन गर्नेछ। यति मात्र नभर्इ क्लबले गत सिजन जस्तै यस सिजन पनि ठूला क्लबलार्इ दबाब दिने र लिग जित्ने दाउमा टोटन्ह्याम रहेको छ।


 

More form the Internet

loading...