Suvadin, Home

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

मंसिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो। त्यस्तै मंसिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो।

काठमाडौैं, २२ मंसिर – ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ। 

नेपाल रग्बी संघले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे। उक्त विश्वकप ट्रफी यही मंसिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो। 

मंसिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो। त्यस्तै मंसिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो।

सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको संघले जनाएको छ।  संघ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताए।

विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवद्र्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको  संघले जनाएको छ।


 

More form the Internet

loading...