Suvadin, Home

सन्दिप जाेरा र रसिद खान नयाँ अनुहार, काे काे परे १८ जनामा?

'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली यु १९ टीम घाेषणा गरिएकाे छ। टीममा कुनैपनि उमेर समूहका राष्ट्रिय टीममा समावेश नभएर सन्दिप जाेरा र रसिद खान समेटिएका छन्। रसिद घरेलु प्रतियाेगिताहरूमा बिरगञ्जकाे प्रतिनिधित्व गर्छन्। उनले अन्तिम पटक प्रधानमन्त्रीकप खेलेका थिए। त्यस्तै, सन्दिप जाेरा कञ्चनपुरबाट राष्ट्रिय प्रतियाेगिताहरूमा प्रतिनिधित्व गर्छन्।
सन्दिप जाेरा र रसिद खान।

काठमाडाैं, अषाढ ५ - 'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली यु १९ टीम घाेषणा गरिएकाे छ। टीममा कुनैपनि उमेर समूहका राष्ट्रिय टीममा समावेश नभएर सन्दिप जाेरा र रसिद खान समेटिएका छन्।

रसिद घरेलु प्रतियाेगिताहरूमा बिरगञ्जकाे प्रतिनिधित्व गर्छन्। उनले अन्तिम पटक प्रधानमन्त्रीकप खेलेका थिए। त्यस्तै, सन्दिप जाेरा कञ्चनपुरबाट राष्ट्रिय प्रतियाेगिताहरूमा प्रतिनिधित्व गर्छन्।

घाेषणा भएकाे टीममा यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख लगायतका खेलाडीहरू छन्। गत सोमबार देखि शनिबारसम्म कीर्तिपुरस्थति टीयू मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको हाे। केही दिनको क्याम्पपछि १४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडीको टुङ्गो लगाइनेछ।

छनोट भएका १८ खेलाडी

सन्दीप लामिछाने

अनिल कुमार शाह

किशोर महतो

सुशान्त सिंह थापा

विक्रम कुमार भुसाल

प्रकाश केसी

पवन सराफ

सन्दीप जोरा

रिजन ढकाल

प्रनित थापा मगर

शहाब आलम

रसिद खान

मोहम्मद आसिफ शेख

सन्दीप सुनार

ललित नारायण राजवंशी

रोहित कुमार पौडेल

आदिल खान

दीपेन्द्र सिंह ऐरी


 

More form the Internet

loading...