Suvadin, Home

Cover Image

रोहितले कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्ने

Author's Commentary

रोहितले कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्ने

Sb Saud |

काठमाडौं,चैत्र ३ - कुवेतसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द हुने भएका छन् । नेपालले मार्च २१ र २६ गते उसैको मैदानमा कुवेतसंँग मैत्रीपूर्ण खेल खेल्दैछ  ।

अखिल नेपाल फुटबल संघ एन्फाका मिडिया अधिकृत आयुस खड्काले रोहित कुवेतविरुद्धको खेलका लागि नेपाल आउने बताए । रोहित हाल इण्डोनेसियाको क्लब पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

रोहित नेपाल फर्कने भएसँगै  २४ सदसीय नेपाली टोली कुवेत जाने छन् । यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ ।नेपाली टोली १९ मार्चमा कुवेत प्रस्थान गर्नेछ ।

मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  हालै जिम्मेवारी पाएका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो भ्रमण हुनेछ  ।
 


 

More form the Internet

loading...