Suvadin, Home

Cover Image

एनआरएन युएईले खेलकुद प्रतियाेगिताको आयोजना गर्ने

गैरआवासीय संघ एनआरएन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी डिसेम्बरमा खुल्ला भलिबल र अन्तरसंस्था फुटबल प्रतियोगिताको आयोजना  एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्।

युएई, मंसिर ६ – गैरआवासीय संघ एनआरएन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी डिसेम्बरमा खुल्ला भलिबल र अन्तरसंस्था फुटबल प्रतियोगिताको आयोजना  एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्।

श्रेष्ठका अनुसार डिसेम्बरलाई खेलकुद महिनाका रुपमा मनाइने छ। विभिन्न कारणले विदेशिन बाध्य भएर प्रदेशमा रहेका नेपाली खेलाडी तथा खेलकुद प्रेमीहरुलाई प्रोत्साहन गर्दै खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको  हो। 

खेल तालिका अनुसार कार्यक्रम  डिसेम्बर–१५ मा अलकुजस्थित म्युनिसिप्यालिटी खेल मैदानमा अन्तरसंस्था भलिबल प्रतियोगिता हुनेछ। यस्तै २९ डिसेम्बरका दिन अन्तरसंस्था फुटबल प्रतियोगिता गरिने छ।

प्रतिटिम ३ सय दिराम दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागीका लागि डिसेम्बर १२ तारिखसम्ममा टिम दर्ता गरी सक्नुपर्ने बताइएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ३ हजार ३ सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ दिराम नगद, कप, मेडलसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

खेलकुदमार्फत आपसी भातृत्वको विकास गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितालाई सफल पार्न एनआरएन युएईले यहाँ रहेका सबै संघसंस्था र नेपालीमा आग्रह गरेको छ।


 

More form the Internet

loading...