Suvadin, Home

घरेलु टाेलीलालाई स्तब्ध पार्दै हिमालयन शेर्पा सेमिफाइनलमा

घरेलु टाेली त्रियुगा नगरपालिका-११ लाई पराजित गर्दै हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ। गाइघाटको थरुहट रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले त्रियुगालाई ४–१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेकाे हाे।
सेमिफाइनलमा पुगेकाे हिमालयन शेर्पा टिम। तस्बिर : गाेल नेपालडटकम।

काठमाडाैं, माघ २८ - घरेलु टाेली त्रियुगा नगरपालिका-११ लाई पराजित गर्दै हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ। गाइघाटको थरुहट रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले त्रियुगालाई ४–१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेकाे हाे। 

हिमालयनकाे जितमा सुरज हमाल, माैसा कामागाटे र विश्वास श्रेष्ठले गाेल गरे। एक गाेल भने हिमालयले अात्मघाती स्वरूप उपहार पायाे। हिमालयनका सुरज हमालले ११ अाैं मिनेटमा गाेल गर्दै उसलाई  सुरूवाती अग्रता दिलाए।

साेही मिनेटकाे अन्तरमा उदयपुरका रामु थापाले बराबरी गाेल फर्काएपछि खेल राेमाञ्चक बनेकाे थियाे। तर, लगत्तै भएकाे अात्मघाती गाेलले उदयपुरले दर्शकलाई निराश मात्र पारेन, पहिलाे हाफमा २–१ ले पछि रह्यो।

खेलको ७९ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी मौसा कामागाटेले गोल गरेर टिमलाई ३–१ को स्थितिमा पुर्याए। त्यसकाे पाँच मिनेटपछि विश्वास श्रेष्ठले अन्तिम गोल गर्दै टिमलाई ४–१ को जित दिलाए।  उदयपुर गोल्डकपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ फुटबल क्लबबीच खेल हुने छ।

 


 

More form the Internet

loading...