Suvadin, Home

च्याम्पियन्स लिगमा कुन क्लब कति पटक विजयी?

सबै भन्दा धेरै पटक रियल म्याड्रिडले उपाधी हासिल गरेको छ। रियलले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ भने पछिल्लो तीन वर्ष लगातार च्याम्पियन्स लिग जित्दै आएको छ। त्यस्तै इटालीयन क्लब रोमाले अहिलेसम्म ७ पटक च्याम्पियन्स लिग जितेको छ।

काठमाडौं, ७ असोज – युरोपको फुटबलको प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको यस सिजनको खेल शुरू भएसँगै खेलाडी र क्लबहरूमा उपाधीका लागी प्रतिस्पर्धा जारी छ। ३२ क्लब सहभगी यस प्रतियोगिता खेलाडीको सम्मान र पुरस्कारको हिसाबले पनि युरोपमा निकै महत्वपूर्ण मानिन्छ।

अहिलेसम्म सम्पन्न ६३औ च्याम्पियन्स लिग खेलमा २२ क्लबले यो उपाधि जित्न सफल भएका छन् भने ३९ क्लब यो प्रतियोगिताको फाइनलमा पुगेका छन्। यस मध्ये १७ क्लब फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएका छन्। 

सबै भन्दा धेरै पटक रियल म्याड्रिडले उपाधी हासिल गरेको छ। रियलले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ भने पछिल्लो तीन वर्ष लगातार च्याम्पियन्स लिग जित्दै आएको छ। त्यस्तै इटालीयन क्लब रोमाले अहिलेसम्म ७ पटक च्याम्पियन्स लिग जितेको छ।

त्यस्तै बार्सिलोना, लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन्स लिग ५-५ पटक जितेका छन्। त्यस्तै नेदरल्यान्ड्सको एजेक्सले ४ पटक तथा म्यानचेस्टर युनाइटेड तथा इन्टर मिलानले ३-३ पटक यो उपाधि जितेका छन्। त्यस्तै युभेन्टस, पोर्टो जस्ता क्लबले २-२ पटक यो उपाधि जितेका छन्। 

च्याम्पियन्स लिग यस सिजन खेल्ने क्लबहरु

च्याम्पियन्स लिगको यस सिजनमा २६ क्लबले सिधै प्रवेश पाएका थिए भने ६ क्लबले प्लेअफ खेलेर च्याम्पियन्स लिगमा स्थान बनाएका हुन्। स्पेनबाट रियल म्याड्रिड, बार्सिलोना, एथलेटिको म्याड्रिड र भलेन्सिया सहभागी छन् भने जर्मनीबाट बायर्न म्युनिख, बरुसिया डोर्टमण्ड, साल्के र होफेनहेइम सहभागी छन्।  

त्यस्तै इटालीबाट युभेन्टस, नापोली, एएस रोमा, इन्टर मिलान खेल्दै छन् भने फ्रान्सबाट पिएसजी, लियोन र मोनाको च्याम्पियन्स लिग खेल्दै छन्। प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग खेल्दै छन् भने रूसबाट लोकोमोटिभ मोस्कभा र सिएके ए मोस्कभा खेल्दै छन्। 

त्यस्तै पोर्चुगलबाट पोर्टो र बेनिफिका, टर्कीबाट गालाटासारे, बेल्जियमबाट क्लब ब्रुगे, नेदरल्याण्डबाट एजाक्स र पिएसभी इन्डहोभेन, चेक रिपब्लिकबाट भिक्टोरिया प्लेजेन,युक्रेनबाट शख्तर डोनेटस्क, ग्रिसबाट एइके एथेन्स, सर्बियाको रेड स्टार क्लब र स्विटजरल्याण्डबाट योङ्ग बोइजले यस सिजनको च्याम्पियन्स लिग खेल्दै छन्।

च्याम्पियन्स लिगमा धेरै पटक खेल्ने खेलाडी

च्याम्पियन्स लिगको इतिहासमा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी स्पेनका गोल किपर इकर कसिलास हुन्। उनले कुल १६७ खेल खेलेका छन् भने क्रिस्टियानो रोनाल्डोले १५३ खेल खेलेका छन्। त्यस्तै बार्सिलोनाका पुर्व खेलाडी जाभीले १५१ र रियल म्याड्रिडका राउलले १४२ च्याम्पियन्स लिगका खेल खेलेका छन्। लियोनेल मेसीले भने च्याम्पियन्स लिगमा १२५ खेल खेलेका छन्। 

च्याम्पियन्स लिगमा धेरै गोल गर्ने खेलाडी

च्याम्पियन्स लिगमा अल टाइम टप गोल स्कोरर क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोले १५३ खेलमा १२० गोल गरेर शिर्ष स्थानमा रहेका छन्। त्यस्तै लियोनेल मेस्सी १२५ खेलमा १०० गोल गरेर रोनाल्डोलाई पछ्याइरहेका छन्। मेस्सीपछि च्याम्पियन्स लिगमा धेरै गोल गर्ने खेलाडी स्पेनका राउल हुन्। उनले कुल ७१ गोल गरेका छन्। यस पटक समूह चरणको खेलमा मेस्सीले ह्याट्रिक गरेका छन् भने युभेन्टसबाट च्याम्पियन्स लिग खेलेका रोनाल्डो खेलको २९ अाैं मिनेटमा रेड कार्ड पाउदै एक खेल खेल्नबाट प्रतिबन्ध लगाइएको छ।


 

More form the Internet

loading...