Suvadin, Home

च्याम्पियन्स लिगमा अाज आठ खेल हुँदै, कुन-कुन टिम पर्लान् अन्तिम १६ मा?

युरोपकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति आठ खेल हुुँदैछन्। लिग चरणको पाँचौं हप्ताका खेलहरु अन्तर्गत बुधबार राति आठ खेल हुँदैछन्।

काठमाडौं, मंसिर ६ – युरोपकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति आठ खेल हुुँदैछन्। लिग चरणको पाँचौं हप्ताका खेलहरु अन्तर्गत बुधबार राति आठ खेल हुँदैछन्।

मंगलबार राति पौने ११ बजे समूह सी अन्तर्गतको खेलमा अजरबैजानको क्वाराबागले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग खेल्दै छ।

त्यस्तै, राति साढे १ बजे हुने ६ वटा खेलहरुमा समूह ए अन्तर्गत रुसको क्लब सीएस्केए मस्काेले पोर्चुगलको क्लब बेनिफिकाको सामना गर्दैछ। सोही समूहको अर्काे खेलमा ब्यासलले म्यानचेष्टर युनाइटेडसँग खेल्दै छ। 

सोही समयमा युरोपका विभिन्न शहरहरुमा हुने समूह बी अन्तर्गतको खेलमा एन्डरलेच्टले म्युनिखको सामना गर्दै छ। त्यस्तै, सोही समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मनले सेल्टिकसँग खेल्दै छ।

समूह सी अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा रोमालाई प्रतिष्पर्धाको निम्तो दिँदै छ। समूह डी अन्तर्गत हुने खेलमा इटालीको युभेन्टसले स्पेनिस ह्याभिवेट बार्सिलोनासँग खेल्दै छ। त्यस्तै अर्काे खेलमा पोर्चुगिस क्लब स्पाेर्टिङ सीपीले ओलम्पियाकसको सामना गर्दै छ।

१. एन्डरलेच्टविरूद्ध म्युनिख
  

२.ब्यासलविरूद्ध म्यानचेष्टर युनाइटेड

३.सीएस्केए मस्काेविरूद्धबेनिफिका

४. पेरिस सेन्ट जर्मनविरूद्ध सेल्टिक

५.युभेन्टसविरूद्ध बार्सिलोना

६. चेल्सीविरूद्ध क्वाराबाग

७. एथ्लेटिकाे म्याड्रिविरूद्ध राेमा

८. अाेलम्पियाकसविरूद्ध स्पाेर्टिङ सीपी

च्याम्पियन्स लिगः चार वटा क्लब नकअाउट चरणमा


 

More form the Internet

loading...