Suvadin, Home

युनिभर्सिटी कपः शंकरदेव र कमर्श क्याम्पस विजयी

काठमाडौंमा जारी युनिभर्सिटी कप अन्तर्गत बिहीबार भएको पहिलो खेलमा शंकरदेव क्याम्पसले सेन्ट लरेन्स कलेजलाई ४९ रनले पराजित पारेको छ। त्यस्तै, दिउँसो भएको अर्को खेलमा नेपाल कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले पराजित गरेको छ।
शंकरदेव कलेजका म्यान अफ द म्याच अायुष्मान बम। तस्बिरः सुरज शाक्य।

काठमाडाैं, चैत २४ - काठमाडौंमा जारी युनिभर्सिटी कप अन्तर्गत बिहीबार भएको पहिलो खेलमा शंकरदेव क्याम्पसले सेन्ट लरेन्स कलेजलाई ४९ रनले पराजित पारेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो। जसमा आयुष्मान बमले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, सोमेस यादवले ३५ तथा अरुण ऐरी र रविन चन्दले समान १६ रन बनाए। 

सेन्ट लरेर्सका इशान सिंह बानियाँले ३ तथा अभिशेष थापाले २ विकेट लिए। 

जवाफी ब्याटिङमा सेन्ट लरेन्सले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। उसका लागि अमित श्रेष्ठले ३२, प्रसुन थापाले २१ तथा अविशेष थापाले १८ रन जोडे।

शंकरदेवका लागि प्रकाश विष्टले, आशिष पोखरेल, लोकेश धामी र विनोद भट्टराईले समान २ विकेट लिए।

त्यस्तै, दिउँसो भएको अर्को खेलमा नेपाल कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको कसमसले १४.४ ओभरमा सवै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा नेपाल कमर्श क्याम्पसले ६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटायो।


 

More form the Internet

loading...