Suvadin, Home

Cover Image

उसैन बाेल्टले फुटबलमा डेब्यु गर्ने

सकर एडको खेलमा विश्वका कैयौं सेलिब्रेटीहरु खेलको हिस्सा हुने गर्दछन्। त्यस्तै बोल्टको टोलीले इंग्ल्यान्डको सामना गर्ने छ जसको नेतृत्व गायक रबि विलियम्सले गर्ने छन्। ८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्टले यसअघि पनि व्यवसायिक फुटबल खेल्ने इच्छा व्यक्त गरेका थिए।

काडमाडाैं, फागुन १६ – संसारकै तीव्र गतिका धावक उसैन बाेल्टले फुटबलमा डेब्यु गर्ने भएका छन्। बोल्टले १० जुनमा ओल्ड ट्राफोर्डमा खेलिने सकर एड नामको च्यारिटी खेलमा विश्व ११ को नेतृत्व गर्ने छन्।

सकर एडको खेलमा विश्वका कैयौं सेलिब्रेटीहरु खेलको हिस्सा हुने गर्दछन्। त्यस्तै बोल्टको टोलीले इंग्ल्यान्डको सामना गर्ने छ जसको नेतृत्व गायक रबि विलियम्सले गर्ने छन्। ८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्टले यसअघि पनि व्यवसायिक फुटबल खेल्ने इच्छा व्यक्त गरेका थिए।

उनको मनपर्ने क्लब म्यानचेस्टर युनाइटेड भएकाले उक्त क्लबबाट खेल्न आफु इच्छुक रहेको बताएका थिए। अब यस च्यारिटी खेलमार्फत उनले युनाइटेडकै घरेलु मैदानमा आफ्नो फुटबल डेब्यु गर्ने छन् जुन एउटा संयोग पनि हो।

विगतमा सकर एड खेलले करिब २४ मिलियन युरो संकलन गरिसकेको छ। रोनाल्डिन्हो, म्याराडोना, एलेन शेयरर जस्ता महान् फुटबल खेलाडीहरु यस खेलमा भाग भइसकेका छन्। त्यस्तै, हलिवुडका केहि चर्चित नामहरुले पनि यस खेलमा सहभागी भएका छन्।


 

More form the Internet

loading...