क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, २१ माघ – युएई विरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेको नेपाली टोली स्वदेश फर्किएको छ।
नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो। टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका थिए।
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपाल इतिहास रच्न सफल भएको थियो। युएईविरुद्धको आइतबार अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको थियो।