Suvadin, Home

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

नेपाली भलिबल टोली बंगलादेशमा जारी एसियन महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी एसियन महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको लिगको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई सोझो सेटमा पराजित गरेको हो ।

नेपाल एक खेल अगावै फाइनल पुग्न सफल भएको छ । नेपाली टोलीले यसअघि पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । 

आजको जितसँगै तीन खेलबाट ९ अंक जोड्दै नेपालले फाइनलमा स्थान बनाउन सफल भएको छ । दोस्रो स्थानमो माल्दिभ्सको ८ अंक छ । बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र अफगानिस्तान सहभागी छन् ।


 

More form the Internet

loading...