Suvadin, Home

रोनाल्डो र मेस्सीलाई पछि पार्दै डिजेकले जिते युइएफए वर्ष खेलाडीको उपाधि

एजेन्सी  । दुई सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भर्जिल भान डिजेकले युइएफए वर्ष खेलाडीको अवार्ड जित्न सफल भएको छन् ।

युरोपियन फुटबलको प्रशासकिय निकायले युइएफएले हरेक वर्ष उत्कृष्ट पुरुष फुटबलरका लागि प्रदान गर्ने अवार्ड यो वर्ष लिभरपुलका भान डिजेकले जितेका हुन् ।

उनले च्याम्पियन्स लिग फुटबलको फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गरेर लिभरपुललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै वर्ष महिला खेलाडीको अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितेकी छन् । लियोनबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनले सोही क्लबका एडा हेगबर्ग र एमन्डिन हेनरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनी यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । युरोपका शीर्ष महिला टिमका प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा अवार्ड प्रदान गरिन्छ ।

यस्तै २८ वर्षका भान डिजेक युइएफए वर्ष फुटबलरको अवार्ड जित्ने पहिलो डिफेन्डर बनेका छन् । यो अवार्ड सन् २०१०–११ मा सुरु भए यता रोनाल्डो र मेस्सीले समग्रमा पाँच पटक जितेका छन् ।

यस्तै सन् २०१२ मा आन्द्रेस इनिएस्टा, २०१३ मा फ्र्यांक रिबेरी र २०१८ मा लुका मोड्रिकले अवार्ड जिते । त्यसबाहेकका वर्षमा रोनाल्डो या मेस्सीले जितेका थिए । लगातार दुई वर्ष रोनाल्डो या मेस्सीले अवार्ड नजितेको यो पहिलो पटक हो ।

नेदरल्याण्डसका खेलाडी सन् २०१८ को जनवरीमा साउथह्याम्पटनबाट ७५ मिलियन पाउण्डमा लिभरपुल आएका हन् । उनले अवार्ड पाएपछि भनेका छन्, ‘यो अवार्ड पाउँदा अति नै गर्वको महसुस भएको छ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिन चाहन्छु ।’


 

More form the Internet

loading...