Suvadin, Home

खेलकुदमन्त्री भन्छन् - एक वर्षमा नेपाली खेलकुदले उल्लेखनीय फड्को मारेको छ 
खेलकुद मन्त्रालयको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक

Author's Commentary

खेलकुद मन्त्रालयको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक

Sb Saud |

काठमाडौं, चैत ३ - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही आर्थिक वर्षभित्र आयोजना गरिने बताएका छन् । आफ्नो एकवर्षे कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले यही आर्थिक वर्षभित्र आठौं राष्ट्रिय खेलकुद तथा सन् २०१९ भित्र १३औँ  दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने जानकारी दिए ।

दुवै ठूला प्रतियोगिताहरुको मिति तोक्न भने मन्त्री विश्वकर्माले आनाकानी गरे । मन्त्री विश्वकर्माको भनाइसँगै चैत अन्तिम साता राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने सम्भावना कमजोर बनेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चैत अन्तिम साता सो प्रतियोगिता आयोजना गर्न सिफारिस गरेको थियो ।

नेपालगन्जको मुख्य रंगशाला निर्माणको काम सम्पन्न हुनेबित्तिकै प्रतियोगिताको मिति तोकिने मन्त्री विश्वकर्माको भनाइ छ । पछिल्लो एक वर्षमा नेपाली खेलकुदले उल्लेखनीय फड्को मारेको दाबी उनले गरे । खासगरी भौतिक पूर्वाधार निर्माण र खेलकुद संघहरुको विवाद समाधानमा महत्वपूर्ण सफलता हात पारेको उनको जिकिर छ ।       

 

 

 

 


 

More form the Internet

loading...