Suvadin, Home

एक मात्रै महिला, ६३ अमेरिकी खेलाडी
सर्बाधिक कमाई गर्ने विश्वका सय खेलाडीमध्ये बिराट एक्ला भारतीय, कमार्इ कति?

भारतीय क्रिकेट कप्तान विराट कोहली फोब्र्सले सार्वजनिक गरेकाे सवैभन्दा बढी कमाई गर्ने संसारका एक सय खेलाडी भित्र अटाउन सफल भएका छन्। योसँगै उनले विश्वमा सर्बाधिक कमाई गर्ने सय खेलाडीमा पर्ने एकमात्र भारतीय खेलाडीका रूपमा किर्तिमान राखेका छन्। फोब्र्सले सार्वजनिक गरेको सन् २०१७ मा संसारमा सबैभन्दा बढी कमाई गर्ने सुचीमा २८ बर्षिय कोहली ८९ नम्बरमा छन्। फोब्र्सका अनुसार उनको कुल कमाई बार्षिक दुई करोड २० लाख डलर छ। जसमा ३० लाख डलर पारिश्रमिक तथा पुरस्कार र बाकीं एक करोड ९० लाख डलर विज्ञापनबाट प्राप्त हुने उल्लेख छ। 
बिराट काेहली।

काठमाडाैं, जेठ २६ - भारतीय क्रिकेट कप्तान विराट कोहली फोब्र्सले सार्वजनिक गरेकाे सवैभन्दा बढी कमाई गर्ने संसारका एक सय खेलाडी भित्र अटाउन सफल भएका छन्। योसँगै उनले विश्वमा सर्बाधिक कमाई गर्ने सय खेलाडीमा पर्ने एकमात्र भारतीय खेलाडीका रूपमा किर्तिमान राखेका छन्।

फोब्र्सले सार्वजनिक गरेको सन् २०१७ मा संसारमा सबैभन्दा बढी कमाई गर्ने सुचीमा २८ बर्षिय कोहली ८९ नम्बरमा छन्। फोब्र्सका अनुसार उनको कुल कमाई बार्षिक दुई करोड २० लाख डलर छ। जसमा ३० लाख डलर पारिश्रमिक तथा पुरस्कार र बाकीं एक करोड ९० लाख डलर विज्ञापनबाट प्राप्त हुने उल्लेख छ। 

फोब्र्सले कोहलीलाई सचिन तेन्दुल्करसँग तुलना गरेको छ। प्रत्येक बर्ष आफ्ना ब्याटबाट रेकर्ड तोडिरहेको उल्लेख गर्दै फोब्र्सले कोहलीलाई दुनियाँकै प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ। 

उनको लगातारको उत्कृष्ट प्रदर्शनले उनलाई सन् २०१५ मा भारतीय राष्ट्रिय क्रिकेट टिमको कप्तान बनाएको थियो। सवैभन्दा कम उमेरमा राष्ट्रिय टिम सम्हाल्ने मध्येमा कोहली एक हुन्। 
ईण्डियन प्रिमियर लिगमा पनि कोहली सर्वाधिक महंगा खेलाडी मध्येका एक हुन्। रोयल च्यालेन्जर्स बैंग्लोरले अन्तिम आइपिएलमा उनलाई २.३ मिलियन डलर पारिश्रमिक दिएको थियो।  

शीर्ष पाँचमा को को?

फोब्र्सको सुचीमा सर्बाधिक कमाई गर्ने खेलाडीहरुको शीर्षमा क्रिस्टियानो रोनाल्डो छन्। उनको बार्षिक कमाई ९३ मिलियन डलर रहेको फोब्र्सले जनाएको छ। अमेरिकाका बास्केटबल स्टार ली बोर्न जेम्स सुचिको दोस्रो स्थानमा छन् भने लिओनल मेसीले तेस्रो स्थानमा अटाउन सफल भएका छन्। लीको बार्षिक कमाई ८६.२ मिलियन तथा मेसीको ८० मिलियन रहेको फोब्र्सले जनाएको छ। त्यस्तै, टेनिस स्टार रोजर फेडरर ६४ मिलियन डलर आम्दानी गर्दै चौथो स्थानमा छन् भने अमेरिकन बास्केटबल प्लेयर केभिन डोरेन्ट सुचीको पाँचौ स्थानमा छन्।  

एक मात्र महिला

सर्बाधिक कमाई गर्ने १ सय जना खेलाडीको सचिमा एक जना मात्रै महिला खेलाडी अटाएकी छिन्। ती हुन् – टेनिसकी स्टार खेलाडी सेरेना विलियम्स। सेरेना सुचीको ५१ औं स्थानमा छिन्। उनको बार्षिक आम्दानी २७ मिलियन डलर रहेको फोब्र्सको सुचीमा उल्लेख छ। 

अमेरिकी मात्रै ६३ खेलाडी

सर्बाधिक कमाई गर्ने सुचीको एक सय जना भित्र अटाउने खेलाडीहरु २१ देशका छन्। जसमा ६३ जना  खेलाडीहरु अमेरिकाका मात्रै छन्।  अमेरिकामा हुने बास्केटबल, फुटबल तथा बेसबलका व्यवसायिक खेलाडीहरु बढीजसो यस लिष्टमा अटाएका छन्।

जुन २०१६ देखि जुन २०१७ सम्ममा खेलाडीहरुले गरेको आम्दानीको अध्ययन गर्दै यो सुची प्रकाशित गरेको फोब्र्सले जनाएको छ। 

 

 


 

More form the Internet

loading...