Suvadin, Home

वडा नम्वर २० ले चुम्याे एमपी कपकाे उपाधि

धनगढीमा सम्पन्न मेम्बर अफ पार्लियामेन्ट (एमपी) कप फुटबल प्रतियोगिताको उपाधि धनगढी उप महानगरपालिका वडा नम्वर २० ले जितेको छ। धनगढी रंगशालामा भएको उपाधि भिडन्तमा वडा नम्वर १ लाई  ४–० गाेल अन्तरले पराजित गर्दै वडा नम्वर २० ले उपाधिसँगै नगद ५१ हजार हात पार्याे। 
विजयी टिम वडा नम्बर २०। तस्बिर साैजन्यः अायाेजक।

काठमाडाैं, फागुन १७ - धनगढीमा सम्पन्न मेम्बर अफ पार्लियामेन्ट (एमपी) कप फुटबल प्रतियोगिताको उपाधि धनगढी उप महानगरपालिका वडा नम्वर २० ले जितेको छ। धनगढी रंगशालामा भएको उपाधि भिडन्तमा वडा नम्वर १ लाई  ४–० गाेल अन्तरले पराजित गर्दै वडा नम्वर २० ले उपाधिसँगै नगद ५१ हजार हात पार्याे। 

बादल पाख्रिनकाे ह्यट्रिक मदतले वडा नम्वर २० ले उपाधि उचालेकाे हाे। पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका उनले दोस्रो हाफको ७० औं र ८० औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे। त्यस्तै, दोस्रो हाफको ५३ औं मिनेटमा सुन्दर घिसिङले विजयी टाेलीका लागि थप एक गाेल गरे। वडा नम्वर १ ले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा उपबिजेतामा सिमित हुनुपर्याे। 

उपबिजेता टिमले नगद २५ हजारमा चित्त बुझाउनु पर्याे। फागुन ७ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा वडा नम्वर १ का दीपेन्द्र बुढा उत्कृष्ट गाेलरक्षक, वडा नम्वर १ कै भीष्म भाट उत्कृष्ट खेलाडी, वडा नम्वर २० का तीर्थ कार्की उत्कृष्ट गोलरक्षक र प्रतियोगितामा १० गोल गरेका वडा नम्वर २० का बादल पाख्रिन सर्वाधिक गोलकर्ता भए। उनीहरू सबैले जनही नगद पाँच हजार हात पारे। प्रतियाेगिता धनगढी क्षेत्र नम्बर ६ का सभासद पुष्करनाथ अाेझाकाे परिकल्पनामा भएकाे हाे। प्रतियाेगितामा धनगढी उपमहानगरपालिकाका सबै वडाकाे सहभागिता रहेकाे थियाे।

 

 


 

More form the Internet

loading...