Suvadin, Home

अाश्विनकाे रिप्लेसमा टिममा थिए
१७ वर्षीय ठिटाेकाे अाइपिएलमा यस्ता रेकर्ड

याेसँगै उनले अाइपिएलमा सबैभन्दा कम उमेरमा तीन विकेट लिने रेकर्ड पनि अाफ्नाे नाम लेखाएका छन्। यसअघि याे रेकर्ड कामरान खानकाे नाममा थियाे। अाइपिएलमा सबैभन्दा कम उमेरमा तीन विकेट लिने खेलाडीहरूमा सुन्दरपछि कामरान खान (१८ वर्ष ४४ दिन), प्रदीप सांगवान (१८ वर्ष १ सय ६९ दिन), जयदेव उनादकट ( १८ वर्ष १ सय ८१ दिन) रहेका छन्। 
विकेट लिएपछि खुसी मनाउँदै सुन्दर।

काठमाडाैं, जेठ ३ - जारी अाइपिएलकाे दसाैं संस्करणमा पुणे सुपरजाइण्ट्सलार्इ फाइनलमा पुर्याउन १७ वर्षीय बाशिंगटन सुन्दरकाे भूमिका महत्वपूर्ण रह्याे। मुम्बर्इ इण्डियन्सलार्इ २० रनले पाखा लगाउने क्रममा अफ स्पिनर सुन्दरले चार अाेभरकाे स्पेलमा १६ रन मात्रै खर्चेर तीन विकेट चट्काउँदै रेकर्ड बनाएका थिए।

पुणेलार्इ फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेपछि उनले म्यान अफ द म्याच पुरस्कार पाए। याे पुरस्कार ग्रहण गर्ने सुन्दर अाइपिएलका सबैभन्दा कान्छा खेलाडी बनेका छन्। सबैभन्दा कम उमेरकाे खेलाडीका रूपमा म्यान अफ द म्याचकाे पुरस्कार ग्रहण गर्ने क्रममा सुन्दर १७ वर्ष २ सय २३ दिनमा मात्रै थिए। अहिलेसम्म अाइपिएलमा १८ वर्षभन्दा कम उमेरका खेलाडीले म्यान अफ द म्याचकाे अवार्ड पाएका थिएनन्।

याेसँगै उनले अाइपिएलमा सबैभन्दा कम उमेरमा तीन विकेट लिने रेकर्ड पनि अाफ्नाे नाम लेखाएका छन्। यसअघि याे रेकर्ड कामरान खानकाे नाममा थियाे। अाइपिएलमा सबैभन्दा कम उमेरमा तीन विकेट लिने खेलाडीहरूमा सुन्दरपछि कामरान खान (१८ वर्ष ४४ दिन), प्रदीप सांगवान (१८ बर्ष १ सय ६९ दिन), जयदेव उनादकट ( १८ वर्ष १ सय ८१ दिन) रहेका छन्। 

रविचन्द्रन अाश्विनकाे सट्टामा टिममा थिए

सुन्दरलार्इ पुणेले भारतीय राष्ट्रिय खेलाडी तथा विश्वका प्रतिभावान स्पिनरमध्येका प्रमुख रविचंन्द्रन अाश्विनकाे सट्टा टिममा सामेल गरेकाे थियाे। अाश्विन स्पाेर्टस हर्नियाबाट ग्रस्त भएपछि उनले टिममा माैका पाएका हुन्। 

१९९९ मा चेन्नार्इमा जन्मिएका उनले ११ वर्षकाे उमेरदेखि क्रिकेट खेल्न सुरू गरेका थिए। दायाँ हाते अफ स्पिनर सुन्दरले बलिङमार्फत अभ्यासका क्रममा कप्तान स्टिभ स्मिथलार्इ प्रभावित पारेपछि क्वालिफायरमा माैका पाएका थिए। १५ वर्षकाे उमेरमा सन् २०१४ मा उनी भारतकाे यु-१९ टिममा सामेल थिए। सन् २०१६ मा भारतलार्इ यु-१९ विश्वकपसम्म पुर्याउन सुन्दरकाे भूमिका महत्वपूर्ण थियाे। 


 

More form the Internet

loading...