Suvadin, Home

विश्‍वकप क्रिकेट :  वेष्ट इण्डिज र बंगलादेश भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । काउन्टी मैदानमा हुने खेलमा उपाधि दावेदा वेष्ट इण्डिज र बंगलादेश आमने सामने हुन्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका दुबै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा अफुलाई बलियो बनाउने योजनामा हुनेछन् ।

यस अघि वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वेष्ट इण्डिजले ३ अंक जोडेको छ । यता बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण बराबरी खेलेको थियो ।

बंगलादेशले ३ अंक जोडेको छ । दुई टोलीबीचको पछिल्लो पाँच भेटमा बंगलादेश हावि छ । बंगलादेशले ४ खेलमा जित निकाल्दा वेष्ट इण्डिजले एक खेलमा विजयी भएको छ  ।


 

More form the Internet

loading...