Suvadin, Home

रौतहट र ताप्लेजुङ फाइनलमा

राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। स्याङ्जाको वालिङमा भएको आजको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो। रौतहटलाई फाइनलमा पु¥याउन १४औँ मिनेटमा अञ्जली योन्जनले गोल गर्दै खाता खोलेकी हुन्।

स्याङजा , जेठ २५ -  राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। 

स्याङ्जाको वालिङमा भएको आजको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो। रौतहटलाई फाइनलमा पु¥याउन १४औँ मिनेटमा अञ्जली योन्जनले गोल गर्दै खाता खोलेकी हुन्।

पहिलो हाफमा १–० को अग्रता लिएको रौतहटले दोस्रो हाफको ५८ मिनेटमा रश्मीकुमारी घिसिङले नतिजालाई दोब्बर पारिन् । पछि ८८ आंै मिनेटमा अनिता केसी र खेलको अतिरिक्त समयमा निशा थोकरले एक÷एक गोल गरेका थिए। उता, आजै पाल्पाको तानसेनमा भएको अर्को सेमिफाइनल खेलमा ताप्लेजुङले काठमाडौँलाई ४–० गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश पायो । 

ताप्लेजुङका तर्फबाट ११ औँ र ८२ औँ मिनेटमा अनुष्का शेर्पाले गोल गरिन् भने ५९ औँ मिनेटमा रेखा लिम्बु र ७४ औँ मिनेटमा अनिता बस्नेत एक÷एक गोल गरेका थिए। लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा एन्फामा आबद्ध २८ जिल्लाका महिला खेलाडी सहभागी छन् । यही जेठ १६ देखि सुरु भएको प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख पचास हजार पाउनेछन् । रासस 


 

More form the Internet

loading...