साफ महिला फुटबलमा भुटानविरुद्ध नेपालको जित
विराटनगर, २८ फागुन – पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० अन्तरले जित दर्ता गरेको छ।
विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४ औं मिनेटमा गोल गरेका छन्।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्।