Suvadin, Home

Cover Image

अधुरै रह्यो स्कटल्याण्डको विश्वकप सपना

स्कटल्याण्डको विश्वकप सपना टुटेको छ। आइतबार भएको खेलमा स्लोभेनियासँग २–२ को बराबरी खेलेपछि स्कटल्याण्डको सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको हो। 
विश्वकप छनाैट।

काठमाडौं, असोज २३– स्कटल्याण्डको विश्वकप सपना टुटेको छ। आइतबार भएको खेलमा स्लोभेनियासँग २–२ को बराबरी खेलेपछि स्कटल्याण्डको सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको हो। 

स्कटल्याण्डका लागि ग्रिफिट्सले ३२ तथा स्नोडग्रासले ८८ औं मिनेटमा तथा स्लोभेनियाका लागि बेज्जाकले ५२ र ७२ औं मिनेटमा गोल गरेका थिए।

इन्जुरी समयमा सेसर रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्लोभेनिया १० खेलाडीमा सीमित भएको थियो।बराबरीले स्कटल्याण्डको विश्वकप यात्रा अधुरै रहेको हो।

आइतबार राति नै भएको खेलमा  इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ। युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हराएको हो।  इंग्ल्यानण्डलाई जिताउने ह्यारि केनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।

राति नै भएको खेलमा माल्टालाई ३–० ले हराएको स्लोभाकियाले गोलअन्तरमा स्कटल्याण्डलाई पछि पार्दै प्ले–अफमा स्थान बनाएको छ । स्लोभाकिया र स्कटल्याण्ड दुवैको १८ अंक भए पनि स्कटल्याण्ड गोलअन्तरमा पछि परेको हो ।
 

 


 

More form the Internet

loading...