Suvadin, Home

डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै ​इंग्ल्याण्ड पनि विश्वकपमा छनौट

जर्मनी र इंग्ल्याण्ड सन् २०१८ को विश्वकपमा छनौट भएका छन्। नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी र  स्लोभानियालाई  १ गोलले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा छानिएका हुन्।
जर्मनी र नर्दन आयरल्याण्डबीचकाे खेल।

काठमाडाैं, असाेज  २०–जर्मनी र इंग्ल्याण्ड सन् २०१८ को विश्वकपमा छनौट भएका छन्।

नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी र  स्लोभानियालाई  १ गोलले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा छानिएका हुन्।

जर्मनीका लागि  सेबास्टियन रुडी, सान्द्रो वाग्नर र  जोशुआ किम्मिचले  एक–एक गोल गरेका थिए। नर्दन आयरल्याण्डका जोश मागेन्निसले  दोस्रो हाफको इन्ज्युरी समयमा एक गोल फर्काएपनि जितका लागि प्रयाप्त हुन सकेन।
 
डिफेन्डिङ च्याम्पियन जर्मनीले विश्वकपमा छनौटमा ८३ वर्षमा अहिलेसम्म हार व्यहोरेको छैन । उसले अहिलेसम्म खेलेका ४७ छनौट खेलमध्येमा ३७ खेलमा जित हासिल गरेको छ भने १० खेलमा बराबरी गरेको छ ।

समूह ‘सि’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्ड समान ९ खेलबाट १९ अंक छ। नर्दन आयरल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना कायमै छ।

यसैगरी,  स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो। उसका  स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोल गरे।   


 

More form the Internet

loading...