Suvadin, Home
Nepal life 2.619M

रियलको प्रशिक्षकको रुपमा १०० खेल जिते जिदानले

जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जीत दिलाएका हुन्। ला–लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ पराजय, १५ बराबरी, च्याम्पियन्स लिगमा ३० खेलमा ४ पराजय र ६ बराबरी, कोपा डेल रे’मा २ पराजय र ४ बराबरी छ।

काठमाडाैं, वैशाख ३ – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले अाइतबार राति मालागाविरुद्धको जीतसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जीत हासिल गरेका छन्।

जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जीत दिलाएका हुन्। ला–लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ पराजय, १५ बराबरी, च्याम्पियन्स लिगमा ३० खेलमा ४ पराजय र ६ बराबरी, कोपा डेल रे’मा २ पराजय र ४ बराबरी छ।

क्लब विश्व कपमा शत प्रतिशत जीत निकालेका जिदानको रियलको सबै खेलमा ७१ दशमलव ४ प्रतिशतको विजयी रेकर्ड छ। यो तथ्याङ्कले जिदानलाई रियलको इतिहासमा दोस्रो सफल प्रशिक्षक बनाउँछ। उनी भन्दा उत्कृष्ट आंकडा जोसे माउरिन्होको छ। माउरिन्होले रियलमा ७१ दशमलव ९ प्रतिशत खेल जिताएका थिए।

सन् २०१६ मा रियलको जिम्मेवारी सम्हाले यता जिदानले रियललाई २ च्याम्पियन्स लिग, १ ला–लिगा, २ क्लब विश्व कप, १ स्पेनिस सुपरकप र १ युईएफए सुपरकपको उपाधि जिताएका छन्।


 

More form the Internet

loading...