Suvadin, Home

Cover Image

'हरेक दिन, शुभ दिन'

हुन त हरेक दिन शुभ नै हुन् तर कुन दिन के काम गर्नु शुभ हुन्छ भनी धेरैमा जिज्ञासा रहन्छ । ज्योतिषमा प्रत्येक कार्यका लागि शुभ मुहूर्त निर्धारण गरिएको छ । तर तपाईंलाई शुभ मुहूर्तका बारेमा थाहा छैन भने दिनको हिसाबले पनि काम गर्न सक्नुहुन्छ । 

काठमाडाै‍, असार १७ - एक हप्तामा सात दिन हुन्छन् । प्रत्येक दिनको आफ्नै महत्त्व छ । हुन त हरेक दिन शुभ नै हुन् तर कुन दिन के काम गर्नु शुभ हुन्छ भनी धेरैमा जिज्ञासा रहन्छ । 

ज्योतिषमा प्रत्येक कार्यका लागि शुभ मुहूर्त निर्धारण गरिएको छ । तर तपाईंलाई शुभ मुहूर्तका बारेमा थाहा छैन भने दिनको हिसाबले पनि काम गर्न सक्नुहुन्छ । 

आइतवार
आइतवार गाडी, अस्त्र शस्त्र, धातु र पशु किन्न शुभ हुन्छ । यज्ञ, पूजा र कर्मकाण्डसँग जोडिएको काम गर्नु पनि शुभ हुन्छ । कपाल काट्न र दाह्री बनाउन पनि यो दिन शुभ हुन्छ ।

सोमवार
बेटबिरुवा रोप्न, कलात्मक कार्य गर्न, पशुपालनसँग जोडिएको काम गर्न, वस्त्र धारण गर्न, रत्न र आभूषण लगाउन, कामवासना पूरा गर्न, चिन्तन र मनन गर्न पनि यो दिन शुभ हुन्छ । पूर्व दिशाबाहेक अन्य दिशातर्फको यात्रा गर्नु शुभ हुन्छ । 

मंगलवार
वादविवादको निर्णय गर्न, युद्ध गर्न, प्रशासनिक कामको शुरुवात गर्न, आगोसम्बन्धी काम, जासूसी, नीतिसम्बन्धित काम, पराक्रमी काम अनि जागिरका लागि प्रयास गर्न यो दिन शुभ हुन्छ । मंगलवार बिर्सेर पनि ऋण नलिनुहोला । 

बुधवार
शिल्पकार्य, घर निर्माण, कसैलाई सूचना दिने काम, बहीखाताको शुरुवात, ब्यांकसम्बन्धी काम, नयाँ खाता खोल्ने काम, कपी कलम लगायत शिक्षासम्बन्धी काम पनि यही दिनदेखि शुरु गर्नु राम्रो हुन्छ । 

बिहीवार
धर्म, अनुष्ठान, न्यायसँग सम्बन्धित काम बिहीवारबाट शुरु गरेको राम्रो । बच्चाहरूलाई विद्यालय बिहीवारबाट पठाएको राम्रो । गृहशान्ति, घर निर्माण, वाहन पहिलोचोटि चलाउने, औषधि सेवन लगायतका काम बिहीवारबाट गरेको राम्रो । 

शुक्रवार
प्रेम, मित्रताको शुरुवात, नयाँ लुगा लगाउने, नाटक, फिल्म लगायत कलाको काम गर्ने, अनाज किन्ने, कृषि गर्ने, ब्युटी पार्लर जाने र मांगलिक कार्य गर्ने काम शुक्रवार गर्नु ठीक हुन्छ । 

शनिवार
फलाम, धातु, मशिनरीसँग सम्बन्धित कार्य, नोकर राख्ने, कुनै मुद्दामा साक्षी बस्ने, वादविवाद टुंग्याउने, अदालतमा मिसिल पेश गर्ने, बिउ रोप्ने र नयाँ घरमा प्रवेश गर्ने काम शनिवार गरेको राम्रो हुन्छ । 
 


 

More form the Internet

loading...