Suvadin, Home

Cover Image

प्रेरक प्रसंग: बुद्धको अन्तिम दिन

बुद्ध जतिजति तरकारी खाँदै गए, उतिउति उनको शरीरमा जंगली च्याउको विष फैलिँदै गयो । अन्ततः उनको स्वास्थ्य निकै खराब भयो । उनलाई उपचारका लागि वैद्यकहाँ पुर्‍याइयो । वैद्यले बुद्धको अवस्था बुझिसकेपछि उनीसित प्रश्न गरे— तपाईंलाई त सबै थाहा थियो । जंगली च्याउ विषालु छ भन्ने थाहा पाउँदापाउँदै पनि तपाईंले ती लोहारलाई किन रोक्नुभएन ?

काठमाडौं, साउन -९ जुन दिन बुद्ध एक गरिब लोहारको घरमा भोजनका लागि गएका थिए, त्यो नै उनको जीवनको अन्तिम दिन बन्यो । लोहार अति नै गरिब थिए । उनीसित बुद्धलाई खुवाउन कुनै पनि वस्तु थिएनन् ।

उनले बुद्धका लागि बडो प्रेमपूर्वक बर्षातमा काठमा उम्रिएको च्याउको तरकारी बनाएर ल्याए । उनले बडो श्रद्धापूर्वक बुद्धलाई केराको पातमा च्याउको तरकारी अर्पण गरे । च्याउको तरकारी विषभन्दा पनि कडा थियो । तर, लोहारको प्रेम र श्रद्धा देख्दा बुद्धले त्यसलाई प्रेमपूर्वक ग्रहण गरे । लोहारले बीचबीचमा सोधिरहे— प्रभु, तरकारी कस्तो छ रु जबाफमा बुद्ध मुस्कुराए मात्र । बुद्ध मुस्कुराएको देखेर लोहारले बुद्धले तरकारी निकै मीठो मानेको ठानेर झन्झन् थपिदिए । बुद्ध पनि उनको प्रेमभाव देखेर मुस्कुराउँदै तरकारी खाँदै गए । 

बुद्ध जतिजति तरकारी खाँदै गए, उतिउति उनको शरीरमा जंगली च्याउको विष फैलिँदै गयो । अन्ततः उनको स्वास्थ्य निकै खराब भयो । उनलाई उपचारका लागि वैद्यकहाँ पुर्‍याइयो । वैद्यले बुद्धको अवस्था बुझिसकेपछि उनीसित प्रश्न गरे— तपाईंलाई त सबै थाहा थियो । जंगली च्याउ विषालु छ भन्ने थाहा पाउँदापाउँदै पनि तपाईंले ती लोहारलाई किन रोक्नुभएन ?

वैद्यको प्रश्न सुनेर बुद्ध मुसुक्क मुस्कुराए र भने— आखिर मर्नु त एक दिन छँदै छ । आज नभए भोलि या पर्सी त सबैले यस संसारबाट जानैपर्छ । अनि यस्तो शाश्वत मृत्युको भयमा म कसैको असीम प्रेमको उपहास गर्न कसरी सक्थेँ ? त्यसैले, मैले प्रेम, श्रद्धा र आस्था स्विकारेको हुँ । यो स्विकार्दै गर्दा मृत्युको भय मेरो मनमा कुनै पनि समय आएन ।


 

More form the Internet

loading...