Suvadin, Home

Cover Image

बदनाम नेकपा, बदनियत नेता

तत्कालीन एमाले र तत्काली माओवादी केन्द्र एकीकरण खबर एकाएक सार्वजनिक हुँदा जनता निकै खुशी भए । दशकौंको युद्धबाट प्राप्त उपलब्धी संस्थागत गर्न क्रान्तिमा होमिएका दुई पार्टी एक हुँदा खुशी हुनु स्वभाविक हो ।

काठमाडौं । तत्कालीन एमाले र तत्काली माओवादी केन्द्र एकीकरण खबर एकाएक सार्वजनिक हुँदा जनता निकै खुशी भए । दशकौंको युद्धबाट प्राप्त उपलब्धी संस्थागत गर्न क्रान्तिमा होमिएका दुई पार्टी एक हुँदा खुशी हुनु स्वभाविक हो । लामो संघर्षबाट प्राप्त संविधानको कार्यान्वयनको चरणमा मुलुक गुज्रिरहेको बेला तत्कालीन एमाले-माओवादी गठबन्धनले राम्रै प्रचार गर्‍यो र नेपाली कांग्रेसको विगतको दुस्चक्रबाट मुलुकलाई निकालेर समृद्धितिर लैजाने प्रतिबद्धता जनाए । 

राजनीतिक अस्थिरताबाट आजित भएका नेपाली जनताले कांग्रेसलाई पटक-पटक टेस्ट गरिसकेका थिए । त्यसकारण पनि चुनावमा  तत्कालीन एमाले-माओवादी गठबन्धलाई भारी बहुमतले विजयी गराए र सत्ता सञ्‍चालनको कार्यभार सुम्पे ।  तत्कालीन एमाले-माओवादी गठबन्धनको सरकार बन्यो, मधेसमा वर्चस्व भएका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पनि प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरे । 

 तत्कालीन एमाले-माओवादी मिलेर जेठमा पार्टी एकिकरण पनि भयो र सरकार बनेको पनि १४ महिना पुरा भयो । यसअघि नौ महिने सरकारले केही गर्न सकेन भने चर्को आलोचना गर्ने प्रधानमन्त्री ओली अहिले आफैं सरकारको नेतृत्व गरिरहेका छन् । यसबीच अपराध तथा बेथितिको ग्राोफ पनि निकै बढेको छ भने आर्थिक वृद्धीको ग्राफ लक्ष्य अनुसार प्राप्त हुन सकेको छैन । 

बलात्कारका घटनाहरु दिनानुदिन बढीरहेका छन् । हत्याका श्रृंखला पनि उत्तिकै व्यापकरुपमा बढीरहेका छन् । भ्रष्टाचार, लुटपाट र तस्करीको त कुरा गरी साध्य नै छैन । यतिसम्म की तस्कर र माफियाले नै सरकारलाई निर्देशन दिइरहेकोजस्तो लागिरहेको छ । 

निर्मलालगायतका सयौं चेलीका बलात्कारी अझै समाजमा खुल्याम हिडिरहेका छन् । सुन तस्करले ख्ल्याम सुन तस्करी गरिरहेकै छन् । अपराधी जेलमा बस्‍नु परेको छैन । प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण भएन भन्दै पटक-पटक गुनासो हुने गरेको छ । यसमा सत्तारुढ दल नेकपामा नेताको संलग्‍नता देखिन्छ । यसअघि नविना लामाले एसएसपीलाई थर्काएर अपराधि छोडिन दिएको धम्कीको अडियो त भाइरल भएकै हो । 

नेकपाका वरिष्ठ नेता माधव नेपालले उत्तरकोरियाकी मुन ल्याएर होली खुवाएको विषयले त लोकलाज नै गरायो । ओली-प्रचण्डको मार्सीभात काण्डले अपार सफलता गर्‍यो । जसको परिणामस्वरुप मेडिकल माफियाले जनताले लुट्‍ने वैधानिकता पाए भने सत्यका पक्षमा लड्‍ने डा गोविन्द केसी गले । पार्टीमा बेथिति बढेको र आफू अब केही बोल्न नसक्ने भएको भन्दै प्रवक्ता पदबाट नारयणकाजी श्रेष्ठले राजीनामा दिएकै हुन् । वाइड बडीमा मुछिएकाको छानविन गर्न नपाउँदै संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको असामयिक निधन भयो । 

यातायात व्यवसायीबाट पैसा असुलेर सन्डिकेट हटाएको नारा लाउने तर जिवितै राख्‍ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादलबीच लामो समय बोलचाल बन्द भएको थियो । स्मार्ट लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटको कुरा अहिले सेलाएको छ । 

बालुवाटारको सरकारी जग्गा प्रकरणमा पनि नेकपाकै महासचिव विष्णु पौडेलको संलग्‍नता देखिएको छ । यी सबै कुराको बचाउ गर्न सञ्‍चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटालाई हम्मे हम्मे परेको छ । उनी आफैं पनि सम्पत्ति विवरण लुकाएको प्रश्न गर्दा पत्रकारको जागिर खानेमध्यमै पर्छन् । यी सबै कुरा हुँदाहुँदै पनि सरकारले फेरि नाक नै थुन्‍ने गरी प्रधानमन्त्रीको पोस्टर पोलपोलमा झुन्ड्याएर सरकार यहाँ छ भनेर गरेको प्रचारको कुरा गरी साध्य नै छैन । 

यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् । वडादेखि केन्द्रसम्म यस्ता हजारौं नेताहरु छन् । जसले आफ्नै पद र हैसियत अनुसार बेथितिलाई संरक्षण गरिरहेकै छन् । कहीँ न कहीँ माफिया र दलालको संरक्षणमा उनीहरु सबैको हात छ । जसले गर्दा जनतालाई थप निराशा बनाएको छ । पार्टीमा सबै नराम्रा छन् भन्‍न खोजिएको होइन तर बोरामा एउटा कुहिएकव आलुले सिंगो बोरा नै गन्हाउने पारेजस्तै अधिकांशले सिंगो पार्टी नै बदनाम भएको छ भने नेताहरुमा भूलवश हुने गल्तीभन्दा पनि बदनियत भएको स्पष्ट हुन्छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले गल्ती सच्‍याउनेभन्दा पनि पार्टीलाई  समेत विवादमा तान्न खोजेकाले सबै भएर त्यसको प्रतिवाद गर्नुपर्ने निर्णय गरिएको छ । गल्ती नदोहोर्‍याउने र गल्ती सच्याउने नियतभन्दा पनि जनताको आँखामा धूलो छर्केर प्रतिवाद गर्ने निर्णय गर्नु आफैंमा तानाशाह प्रवृतीको स्पष्ट उदाहरण हो ।

सरकारले भनेजस्तै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउने हो भने विगतका गल्तीलाई सच्याएर मिहीन ढंगले छलफल गरेर आगमी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेर अघि बढ्‍नु पर्दछ ।


 


 

More form the Internet

loading...