Suvadin, Home

Cover Image

फूलको आँखामा...

एकपटक एक साधुले ती दुई दाजुभाइबारे धेरै कुरा सुने । दुवै दाजुभाइको स्वाभावबारे सुन्दा उनलाई अनौठो लाग्यो । उनलाई यसको रहस्य जान्ने उत्सुकता जाग्यो । उनी सोधखोज गर्दै दाजुको घरमा पुगे । रक्सी पिउँदै गरेका दाजुलाई भेटेर साधुले आफ्नो परिचय दिए र आउनुको कारण बताउँदै दाजुलाई आफू त्यसरी जाँडरक्सीको कुलतमा फस्नुको कारण सोधे । दाजुले मुख बिगार्दै भने– बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो ।

काठमाडौं, भदाै २ - कुनै सहरमा एउटा परिवार बस्थ्यो । परिवारमा दुई दाजुभाइ थिए । दुवै दाजुभाइको स्वभावमा आकाश, जमिनको अन्तर थियो । दुईमध्ये दाजुचाहिँ नामुद जँड्याहा थिए । बिहानदेखि राति नसुतुन्जेल जाँडरक्सी धोक्नु, पत्नी, छोराछोरीलाई मुख छाडेर गाली गर्नु र निर्ममतापूर्वक कुटपिट गर्नु उनको दैनिकी नै थियो । 

उता भाइचाहिँ समाजका प्रतिष्ठित व्यापारी र समाजसेवी थिए । जाँडरक्सी छुँदै छुँदैनथे । परिवारका सदस्यलाई औधी माया गर्थे । कसैलाई कठोर वचन बोल्दैनथे । अरूलाई परेको वेलामा सक्दो मद्दत गर्थे । जँड्याहा र दुर्मुखा नै भए पनि दाजुलाई असाध्यै माया र सम्मान गर्थे । भाउजू र भतिजा–भतिजीलाई पनि सक्दो मद्दत गर्थे । दुई दाजुभाइलाई एकसाथ देख्ने र भोग्ने कसैले पनि उनीहरूलाई दाजुभाइ ठान्दैनथे । 

एकपटक एक साधुले ती दुई दाजुभाइबारे धेरै कुरा सुने । दुवै दाजुभाइको स्वाभावबारे सुन्दा उनलाई अनौठो लाग्यो । उनलाई यसको रहस्य जान्ने उत्सुकता जाग्यो । उनी सोधखोज गर्दै दाजुको घरमा पुगे । रक्सी पिउँदै गरेका दाजुलाई भेटेर साधुले आफ्नो परिचय दिए र आउनुको कारण बताउँदै दाजुलाई आफू त्यसरी जाँडरक्सीको कुलतमा फस्नुको कारण सोधे । दाजुले मुख बिगार्दै भने– बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो ।

उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो । उहाँ मुखमा जे आयो त्यही शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो, उठ्नै नसक्ने गरी कुटपिट गर्नुहुन्थ्यो । यस्तो माहोलमा हुर्केको मान्छे जँड्याहा नभए के हुन्छ त महाशय ?

साधु भाइको घरमा पुगे । उनले भाइलाई प्रश्न गरे– एकै परिवारमा हुर्केर पनि तपाईं दुई दाजुभाइबीच आकाश–जमिनको अन्तर छ । यस्तो कसरी सम्भव भयो ? भाइले हँसिलो अनुहार लगाउँदै जवाफ दिए– महात्मा, हाम्रो बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो । उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो । जानेजति शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो । जे पायो, त्यसैले हिर्काएर हामीलाई कैयौँचोटि घाइते बनाइदिनुहुन्थ्यो ।

मैले बुबाको बानी देखेर आफू कहिल्यै त्यस्तो नबन्ने प्रण सानैदेखि गरेको थिएँ । जाँडरक्सी नछुने, छाडा नबोल्ने र कसैमाथि हात नउठाउने स्वभाव मैले बुबाबाटै सिकेको हुँ । साधुले मनमनै भने– कस्तो अचम्म ! घटना एक, प्रेरणा फरक–फरक ! आखिर ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेको यही त होला !


 

More form the Internet

loading...