Suvadin, Home
साथीहरु भन्छन् - लौ तँ ठुली भईछेस् हामी सानै । बरु हामी ठुली हुने पालो (छाउ हुने बेला) कहिले आउला ? भन्दै जिस्किन्छन् । उसो त, उजेली घरको राम्रो खानपान र परिवारको धेरै मायामा हुर्केकी भएरै होला साथीहरुको तुलनामा स्वस्थ र भरिली । नाम झैँ उज्याली पनि ।  अँ, साथीहरु पनि त्यो रात उजेलीसँगै सुत्ने निधो गर्छन् ।

काठमाडाैं, बैशाख १८ - उजेली आज विहानैदेखि निक्कै खुसीे छे अरु दिनको तुलनामा । उसमा फरक कौतुहलता छ, उमेरका साथीसंगी भेट्यो कि यो कुरा कतिबेला भनाैँला र अनुभव साटैँला जस्तो । फेरी कति-कति जिज्ञासा पनि । किनकी आज उ जीवनमा पहिलो पटक छाउ भएकी छे । 

सुदुरपश्चिम र कर्णाली प्रदेशका कैयौँ उजेलीहरु जो छाउ (महिनावारी) भन्ने बित्तिकै टाढिन्छन् । उनीहलाई परिवारका सदस्यहरुबाटै टाढा राखिन्छ, घरबाट अलि पर । सकेसम्म बनाईएको हुन्छ जीउ लुकाउने अशुरक्षित गोठ । 

हो, यस्तै एक प्रतिनिधि पात्र हो उजेली । तर रमा, मुना र धनकला जस्ती साक्षर मात्र छैन उ, पढे-लेखेकी छे । १५ वर्षमा पाईला चाल्दै गरेकी उ ९ कक्षामा पढ्छे । उसलाई छाउ (महिनावारी)बारे राम्रै ज्ञान छ ।

फर्केर हेर्दा आमा र भाउजु छाउ हुँदा उनीहरुले प्रयोग गरेका भाडाकुँडा साँटासाटँ गर्थि, छोएको भाँडा घरभित्र लैजान्थी र गाली पनि खान्थी । फेरी बुवा र दाजुहरुलाई नभन्नु भनि आमा र भाउजुलाई फकाउँथी । किनकी उजेलीलाई थाहा थियो, छाउ एक नारीलाई मात्र प्रकृतिले दिएको बरदान हो। 

उ समाज बदलिएको हेर्न चाहान्थी, पहिल्यैदेखि कुप्रथा विरोधी थिई । कैयाैँ छाउपडिलाई उनीहरुको परिवारका सदस्यले घरमै राखेर अरुसरह आराम र मिठो खानपान,मान (माया) गरेको देख्न चाहान्थि । 

तर, आज उजेली आफै छाउ भएकी छे, विहानको खानपान गरि घरमा अल्लि टाढिए झैँ गरि आमालाई भनि सुटुक्क निस्कन्छे साथीलाई भेट्न । शनिवारको दिन, घरमा आमावाहेक अरुलाई थाहा छैन उ छाउ भएकी । जीवनको यहि नौलो खबर बाँडन तिनै रमा, मुना र धनकलालाई भेट्छे । साथीहरुलाई भेटपछि उ मुस्कुराउँछे तर, अल्लि लजाएझैँ । साथीहरु पनि अचम्मित हुन्छन् । 
सोध्छन् - क्या हो ? आज तु झिक्कै खुसि छई । (किन हो ? तिमि आज धेरै खुसी छ्यौ । ) 
उजेली काउकुती लागेझैँ हाँस्छे । उसो त आज उ धेरै चञ्चल देखिन्छे पनि । एकछिनपछि सबै साथी बेजोडले एकसाथ हाँस्छन् ।

अलि समय लिएर उसले भन्छे आज म.......। 

म छाउ भएँ । साथीहरु खबर सुन्दै अचम्मित हुन्छन् । किनकी उसकै उमेरका उनीहरु छाउ भईसकेका छैनन् ।  

भन्छन् - लौ तँ ठुली भईछेस् हामी सानै । बरु हामी ठुली हुने पालो (छाउ हुने बेला) कहिले आउला भन्दै जिस्क्किन्छन् । उसो त उजेली घरको राम्रो खानपान र परिवारको धेरै मायामा हुर्केकी भएरै होला साथीहरुको तुलनामा स्वस्थ र भरिली । नाम झैँ उज्याली पनि ।  

अँ, साथीहरु पनि त्यो रात उजेलीसँगै सुत्ने निधो गर्छन् । छाउबारेको कौतुहलता र किशोरीका साझा पिडाबारे निकैबेर कुराकानी गर्छन् । उजेलीले छाउ नारी वरदान हो, तिमिहरुको पनि पालो आउँछ भन्दै अचम्मित नभई योबेला खुसी हुनुपर्ने सुझाव दिन्छे । 

छाउ हुनु भनेको आमा बन्न सक्ने सामथ्र्य जुट्नु हो भनेर बुझाउँछे उजेली । तर, सरसफाई र उचित खानपान र आवश्यक आराम गर्नुपर्ने बताउँछे । उ छाउ भएको पहिलो रात यस्तै फरक खुसी र साथीहरुको कौतुहलतायुक्त प्रश्नको जवाफमै वित्छ ।

उसो त, उजेली एक प्रतिनिधि पात्र मात्र हो, तर सुदुरपश्चिम र कर्णाली प्रदेशमा कैयौँ उजेलीहरु छाउ (महिनावारी) हुँदा पोषिलो खानपान, आराम, सरसफाईको सट्टा केहि दिन परिवारबाटै एक्लिएका छन् । सदियौँदेखि समाजमा जरो गाडेर बसेको छाउपडि नामको कुप्रथाले थिचिएका छन् ।

पिडित छन् , त्यति मात्रै होईन । घरभन्दा परको एक्लो सानो गोठमा अकालमै ज्यान गुमाएका छन् । सामाजिक हिंसा, बलात्कारको शिकार भएका छन्। तथापी सुदुरश्चिम र कर्णाली प्रदेशमा मात्र होईन । नेपाली समाजमा महिनावारी हुँदा किशोरी/महिलाले विभिन्न खालको विभेद सहँदै आएका छन् ।

यहाँ, सामाजिक घटनाको वास्तविकतालाई दृष्टिगत गरि उजेलीलाई केवल एक पात्रमा रुपमा खडा गरिएको हो । नेपाली समाजमा व्याप्त छाउपडि प्रथा निर्मुल पार्ने हेतुले लागि परेका कैँयौँ उजेली (शिक्षित किशोरीहरु)को आवाजलाई बुलन्द पार्ने प्रयास गरिएको हो । र दिन खोजिएको हो, समाजलाई एक सन्देश ।

अतः छाउ (महिनावारी)बारे घर-घरमा चेतना जगाऔँ । हरेक घरकी उजेलीलाई माया, हौसला दिऔँ, महिनावारी हुँदा मिठो खाना र आराम गर्न दिऔँ । छाउपडि प्रथा मुक्त समाज निर्माणमा लागेका कैयौँ उजेलीहरुलाई पुरुष (बुवा,दाजु र भाई)ले अझैँ विशेष साथ दिऔँ । सोच बदलौँ, समाज सुधारौँ ।     
       
 


 

More form the Internet

loading...