Suvadin, Home

Cover Image

कति हो समाजसेवाको मूल्य ?

नेपाली समाजमा अहिले निकै प्रचलित शब्दावली हो, समाजसेवा । तर, यसको मूल्य निकै ठूलो र महत्व झनै व्यापक छ । हाम्रो समाजमा समाजसेवाका विभिन्‍न रुपहरु छन् । कसैले विपद्‍ परेका ठाउँमा निस्वार्ग भावले उनीहरुको राहत तथा उद्धारमा खटिनेदेखि सहयोग गरेको नाममा तस्बिर खिचाउनका लागि दुई वटा केरा थमाएर चार जनाले हात लगाउँदै तस्बिर खिचेर सामाजिक सञ्‍जालमा राख्‍नेसम्म । 

समाजसेवा त त्यो हो, जहाँ कुनै स्वार्थ लुकेको हुँदैन । समाजको हित चिताइएको हुन्छ । तर, अहिले समाजसेवा एक पेसाजस्तै बनिरहेको छ । राजनीति गर्नेले पनि आफूलाई समाजसेवीको भिल्ला भिराउन थालेको छ भने गाउँसमाजमा बेरोजगार युवाहरुलाई पनि समाजसेवी भन्‍ने गरिएको पाइन्छ । 

समाजसेवाको पाठ हामीले फ्लोरेन्स नाइटिङ्‍गेको जीवनबाट सिक्न सक्छौं । जसले उनलाई लेडि विथ दी ल्याम्प भनेर विश्वभर चिनायो । उनले युद्धमा पिडित भएका योद्धाहरको निशूल्क उपचारमा रातदिन खटिन, आफ्नो ज्यानको कुनै प्रवाह नगरी । मार्क्स, लेलिन, एङ्गेल्स, गान्धी, अब्राम लिंकन जस्ता व्यक्तिहरु समाजसेवाका आदर्श हुन । जसका आलोचना भए पनि तथ्यमा आधरीत सत्यहरु अनगिन्ती छन् । जसले गर्दा उनिहरुप्रति गलत धारणा बनाउनेहरुले एकपटक सोच्‍ने गर्छन् । 

अहिले हाम्रो मुलुकमा धुर्मुस-सुन्तलीहरु निशुल्क रुपमा समाज बनाउन जुटिरहेका छन् । उनीहरुको समाजसेवाको बयान गरिसाध्य छैन । नेपालमा नै थुप्रै समाजसेवी मनहरु छन् । जो अहोरात्र समाजको काममा खटिरहेका छन् । कोही मिडियामा आएका छन् भने कोही मिडियामा नआएमा पनि समाजका मानिसहरुको मनमनमा बसेका छन् । 
तर, कोही भने समाजसेवाको नाममा सहयोग बटुल्‍ने कुलेलम ठोक्न अथवा निहित स्वार्थ प्रेरित समाजसेवाको ढोंग रचिरहेका छन् । 

कस्ता समाजसेवी ? 

हिजो शिक्षण पेशागर्नेहरु गुरुकारुपमा पुजीन्थे तर आज तिनैप्रति वितृष्णा छ । उनीहरुका व्यवहार, बानीले सज्जन शिक्षकहरुलाई समेत बलत्कारी, अपराधिका रुपमा चित्रितगर्न थालिएको छ । राजनीतिक क्षेत्रमा झन विकृति झांगिएको छ । भ्रष्टचार र राजनीति एकअर्काको परिपूरक बन्दै गएका तथ्यहरु अनगिन्ती छन् । पत्रकारीता त झन मागीखाने भाडो नै बनाएका छन् । एनजीओ,आईएनजीओ त झन् कुरै नगरौं ता कि छिमेकमा मान्छे मरिरहेको हुन्छ त्यसमा मलामी समेत नजाने अनि आफूलाई समाजसेवी भन्‍न रुचाउनेहरुको जत्था मात्र हो । 

अब यस्तो अवस्थामा कसरी कसलाई समाजसेवी भन्‍ने । भ्रष्ट मानसिकताले गाँजिरहेको बेला सच्चा समाजसेवीलाई ओझेलमा पारेको छ । जबसम्म लोभ, पाप, स्वार्थ र भ्रष्टचार रहिरहन्छ । तबसम्म सेवा भन्ने कुरा उच्चारण गर्नु गलत हुन्छ । कसैको दानापानी बाट चलुन्जेल सेवाको कुरा गर्ने दानापानी बन्द हुँदा कुलेलम ठोक्‍ने प्रवृति समाजसेवा हुन सक्दैन । 

दलैपिच्छेका बुद्धिजिवी, वकील, न्यायाधीश, मानवअधिकारवादी, पत्रकार, शिक्षकहरु नै भ्रष्टाचारी, दलाल र बलात्कारी भएपछि समाजले कसलाई विश्‍वास गर्ने ? त्यसकारण समाजलाई समाजजस्तो बनाउन स्वार्थ, लोभ र पापबाट मान्छेहरु माथि उठन जरुरी छ । अनिमात्र समाज समाज जस्तो बन्छ । समाजसेवाले आत्मसन्तुष्टि दिन्छ । अरुको पीडामा मलम लगाउन पाउँदा आफ्नो जीवन सार्थक भएझैं लाग्छ । आफू सन्तुष्ट हुनुको मूल्य संसारका कुनै पनि भौतिक वस्तुसँग दाँज्‍न सकिदैन ।

अन्त्यमा, सेवा धर्म हो, गिता मा भनेझै कर्म गर फलको आश नगर भन्ने कुरालाई मध्यनजर गर्दै त्यसलाई व्यवहारमा उतार्ने मात्र समाजसेवी हुन सक्दछ । दलरहित, स्वार्थरहित, जो कर्ममा लाग्दछ त्यसलाई समाजसेवीको कित्तामा पर्छ । दलगत तथा व्यक्तिगत वा कुनै निहीत स्वार्थका लागि गरिने कर्मले समाजसेवा शब्दावलीकै खिल्ली उडाउँछ । 


 

More form the Internet

loading...