Suvadin, Home


व्यंग्यः दीपक मनाङे र गणेश लामालाई भोट हाल्न आँतुर छौं!

‘स्वर्गीय मदन भण्डारीको बहुदलीय जनवाद र २१औ शताब्दीको प्रचण्डपथको व्यवहारिक प्रयोगकर्ता नेपाली कम्युनिष्ट आन्दोलनका महानहस्ती कमरेड राजीव गुरुङ उर्फ दीपक मनाङे एमालेको प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ र नेपाली कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका कुशल व्याख्याता स्वर्गीय बीपी कोइरालाका असल अनुयायी, गौतम बुद्धका प्रीय चेला महामानव गणेश लामाज्यू प्रदेशसभा तर्फबाट चुनावी प्रतिस्पर्धा गर्ने खबरले नेपाली जनतामा अपार हर्ष र गौरवको अनुभूति भएको छ।’
प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकाद्वय दीपक मनाङे र गणेश लामा।

संजिव कार्की 


‘स्वर्गीय मदन भण्डारीको बहुदलीय जनवाद र २१औ शताब्दीको प्रचण्डपथको व्यवहारिक प्रयोगकर्ता नेपाली कम्युनिष्ट आन्दोलनका महानहस्ती कमरेड राजीव गुरुङ उर्फ दीपक मनाङे एमालेको प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ र नेपाली कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका कुशल व्याख्याता स्वर्गीय बीपी कोइरालाका असल अनुयायी, गौतम बुद्धका प्रीय चेला महामानव गणेश लामाज्यू प्रदेशसभा तर्फबाट चुनावी प्रतिस्पर्धा गर्ने खबरले नेपाली जनतामा अपार हर्ष र गौरवको अनुभूति भएको छ।’

समाज परिवर्तनको अग्रगामी नेतृत्व र समाजसेवामा विशेष दख्खल राख्नुहुने आदरणीय सहासी महापुरुष, युवा जगतका आदर्श र असिम प्रेरणाका प्रतीकद्वय गुरुङ र लामाज्यूबाट क्रमशः आफ्नो पार्टीको सभापति र देशकै बागडोर सम्हाल्नुहुनेछ भन्ने कुरामा हामी नेपाली जनता आशावादी र लालायित छौं। 

उहाँहरूलाई आआफ्नो पार्टीमा भित्र्याउने जुन उद्दात्त छाति श्रद्धय नेताद्वय केपी ओली र शेरबहादुर देउवाले प्रदर्शन गर्नुभयो। पुष्पकमल दाहालले उहाँहरूको नाममा भोट माग्ने र उहाँहरूको आदर्श आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त मान्ने प्रतिवद्धता गर्नुभयो।त्यसका लागि जतिसुकै प्रसंशा र श्रद्धाभक्ति गरे पनि कम र अपुरोअधुरो हुनेछ।

आगामी दिनमा आआफ्नो पार्टीको सर्वोच्च पद पनि उहाँहरुलाई हस्तान्तरण गरेर विश्वमा नै उदाहरणीय योगदान गर्न र आफ्नो स्वीकृति राख्न नेताहरूसँग विनित प्रार्थना  छ।

यति हुँदाहुँदै पनि नेताहरूले उहाँहरुको समयको पावन्दीलाई विचार नगरेर चुनावी प्रतिस्पर्धामा होम्ने जुन कष्ट लगाइ दिनुभयो त्यो निश्चय नै खेदजनक छ।

उहाँहरुको प्रतिभा क्षमता र पौरखी समय अनि चुनावी दौडधुपको थकान र कष्ट नहुने गरी नोमिनेशनको प्रक्रिया मात्र गरेर निर्विरोध निर्वाचित गर्ने वातावरण बनाउनु भएको भए अरु प्रभावकारी हुने थियो।

पार्टीहरूले नेताद्वय गुरूङ र लामाको कार्य सम्पादनको उच्च मूल्यांकन गर्दै उहाँहरूको ख्याती र प्रतिष्ठालाई आफ्नो बनाउने जुन पवित्र र महान कार्य गरे जसबाट नेपाली जनताले प्रत्यक्ष लाभ लिने छन्।

अब जे होस, जे भयो जति कष्टपीडा उहाँहरूलाई परे पनि त्यसमा खेद व्यक्त गर्दै आगामी दिनको सहजताको लागि सहजीकरण गर्दै अधिकतम बहुमतको साथ विजय गराउन नेपाली जनता आँतुर छन्। 

लेखकाे अन्तिम लहरमा रहेको फोटो जो पार्टीका कार्यकर्ता र सारा दुनियाँको प्रतिबिम्ब हो। जो चुपचाप आफ्नो मत पार्टीनेताहरूको निगाहमा टिकट प्राप्त उहाँहरु जस्तै मन, वचन र कर्मले उत्कृष्ट र भव्य व्यक्तित्वलाई जिताउन अहोरात्र खटने छौं। 

बरु नवराज सिलवालले हारुन जितुन मतलब भएन! उनको नियति सलाम ठोक्नु हो, ठोक्छ्न नै।

जनतालाई राजीव गुरुङ र गणेश लामा जस्ता अरु थुप्रै नेता आशा लाग्दा अनुहारहरू, यहाँहरूको असिम निगाह, दूरदृष्टी र भाग्य विधाताको रूपमा पाउँदा चरम खुशी, आनन्द, सुख र सन्तुष्टि मिलेको छ। हामी नेपाली जनता यो अद्वितीय अवसर दिनु भएकोमा आदरणीय नेतागणमा हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौं।

समुन्नत नेपाल निर्माण, नेपाल र नेपालीको उज्यालो भविष्यका लागि उहाँहरूको योगदान अतुलनीय रहेको छ, रहनेछ। विगतमा पनि उहाँहरूले समाजमा पुर्याउनु भएको योगदान उहाँहरूले छातीमा टास्नु भएको प्रमाणपत्रले बताउँछ।

पार्टीहरूले नेताद्वय गुरूङ र लामाको कार्य सम्पादनको उच्च मूल्यांकन गर्दै उहाँहरूको ख्याती र प्रतिष्ठालाई आफ्नो बनाउने जुन पवित्र र महान कार्य गरे जसबाट नेपाली जनताले प्रत्यक्ष लाभ लिने छन्।

नेपाली जनता सधैंसधै अनुगृहित हुनुपर्ने छ हाम्रा महान नेताहरूको महान कार्यप्रति। देशले लिने प्रगतिको लय अब भिन्न अरु प्रभावकारी र कलात्मक हुनेछ। हाम्रा नेताहरुको जय होस्। कार्यकर्ताहरुको जय होस्।

असल महापुरुष र महामानवहरुको जय होस्। हामी नेपाली जनता उल्लेखित तस्बिरमा देखाए झै मुखमा भोटे ताल्चा लगाएर टाउको टेकेर भोट हाल्न हतारमा छौं।

लेखकबाट थप
पागल बस्तीबाट ‘पागल’ डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र 
मलाई माफ गर डाक्टर केसी ‘एक छाक भोको बस्न सक्दिन’

 


 

More form the Internet

loading...