Suvadin, Home

किन चाहियो अब कांग्रेसलाई बहुमत ?

निर्वाचनको मिति यति नजिकिँदै आएको छ कि पहिलो चरणको निर्वाचन आउन दुई दिन र दोस्रो चरणको निर्वाचन आउन केवल दुईसाता मात्र बाँकी छ। नेपाली लोकतन्त्रका सम्वाहक ठान्ने राजधानीस्थित केही बुद्धिजीवीका मसीहाहरु पनि नेताहरुको प्रचारक बनेर मुलुकमा आगामी निर्वाचनपछिको भविश्यवाणी गर्न थालेका छन्।

दुर्गा भण्डारी


नेपाली राजनीतिमा यतिबेला निकै गर्मागर्मी चलिरहेको छ। मौसम दिनप्रतिदिन चिसिँदै गएपनि राजनीति भने गर्मागर्मीले तातेको छ। निर्वाचनको मिति जति नजिकिएको छ, त्यतिकै चर्काचर्की र बहस पनि जारी छ।

नेपाली राजनीतिका अनेक खेलाडीहरु यो निर्वाचनमा नचाहिँदा तर्कहरु पेश गर्दै एकअर्कालाई छिचोलिरहेका छन्। तर, यसै बीचमा एकथाने समूह निर्वाचन नौटंकी भन्दै जनतालाई दिग्भ्रमित पार्नबाहेक अरु केही गर्न सकिरहेको छैन।

निर्वाचनको मिति यति नजिकिँदै आएको छ कि पहिलो चरणको निर्वाचन आउन दुई दिन र दोस्रो चरणको निर्वाचन आउन केवल दुईसाता मात्र बाँकी छ। नेपाली लोकतन्त्रका सम्वाहक ठान्ने राजधानीस्थित केही बुद्धिजीवीका मसीहाहरु पनि नेताहरुको प्रचारक बनेर मुलुकमा आगामी निर्वाचनपछिको भविश्यवाणी गर्न थालेका छन्।

उनीहरु अब लेखक होइनन्, कुनै अमुक पार्टीका मुखपत्र नै हुन्। उनीहरु सही विश्लेषण गर्ने राजनीतिज्ञ होइनन्, कुनै चाकरीमा उत्रिएका केवल चाकरवाज मात्र हुन्। यसले गर्दा अब जनताले उनीहरुमाथि विश्वास गर्ने कि नगर्ने यो प्रश्न खडा भएको छ।

यतिबेला मुलुक दुई कित्तामा विभाजन भएको छ। एउटा वाम गठबन्धन र अर्को लोकतान्त्रिक गठबन्धन। वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सल्लाह र सहमतिमा भएको छ– जसमा राष्ट्रिय जनमोर्चा र अन्य केही स्वतन्त्र व्यक्तिहरु पनि समावेश भएका छन्।

मधेसको राजनीतिक मुद्दा उठाएर नेपाली राजनीतिमा बुद्धिजीवीका रुपमा चिनिने धेरै पूराना वामपन्थी पृष्ठभूमिका तराई मूलका नेता हृदयश त्रिपाठी हुन्। जो पहिले गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको पार्टी सद्भावनाका महासचिव हुनुहुन्थ्यो।

त्यस्तै नेपाली राजनीतिमा स्वच्छ छवि र स्पष्ट विचार दिने भनेर चिनिएका नेता चित्रबहादुर केसी। मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे पछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका केसी इमान्दार नेतृत्वमा दोस्रो नम्बरमा पर्नुहुन्छ।

यस्तै नयाँ नेपालको जग बसाल्न दश वर्ष जनयुद्धको माध्यमद्वारा नेपाली राजनीतमा आमूल परिवर्तन ल्याउन अथक भूमिका निर्वाह गरी अब नेपालको समृद्धिका लागि राजनीति प्रारम्भ भएको घोषणा गर्दै शान्तिपूर्ण राजनीतिक मार्ग अवलम्बन गर्ने कमरेड पुष्पकमल दाहाल प्रचण्ड हुन्।

नेपाली जनमानसमा कम्युनिष्ट पनि जनभावना अनुसार सयमक्रमसँगै लोकतान्त्रिक परिपाटीबाट चल्न सक्छ भनि जननेता मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको मार्गदर्शनमा चल्दै आएका पार्टीको नेतृत्व सम्हालेका पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली हुन्।

उल्लेखित नाम केही मात्र हुन् उहाँहरुसँगै अन्य नेताहरुको लहर नै छ। जसले अब नेपालमा अन्तिम लक्ष्य एउटै बोकेर अलग–थलग भएर जनताका समस्याको उठान गर्ने तर समाधानमा जोर नपुग्ने स्थितिको अब अन्त्य गर्नुपर्छ भन्दै विचार, लक्ष्य र उद्देश्य मिल्ने मार्गदर्शन सिद्धान्त एउटै भएका पार्टीहरुबीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्दै पछि एकीकरणको पहल थाल्ने समझदारी गर्दै निर्वाचनमा होमिएका छन्।

यो पहिल्यै हुनुपर्थ्याे ढिलो भयो

यस्तै वाम गठबन्धनको शब्द र वाक्य सुन्नेबित्तिकै त्यसको घनघोर विरोध गर्दै लोकतान्त्रिक आन्दोलनको पाशा फ्याँकियो। जसले खुद यस्ता गठबन्धनको विरोध गरे उनैले लोकतान्त्रिक गठबन्धनको पाशा फ्याँकेर त्यसको अगुवाई गरे। लिन जान्ने दिन नजान्ने स्वभाव भएको नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले यसको अभियान शुरु गरे।

उनले चलाएको अभियानमा मौखिक सहमति जनाए पनि लिखित हुन नसकेपछि तराईस्थित मुख्य दलहरु आफैमा गठबन्धन बनाउन अघि सरे  मधेसी नेता अर्थात् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष रहेका पूर्व कांग्रेसी पृष्ठभूमिका नेता महन्थ ठाकुरलाई देउवाले गुहारे पनि उनीहरुलाई उनीहरुकै पकड क्षेत्रमा उपयुक्त स्थान दिन नमानेपछि उनीहरुबीच तालमेल हुन सकेन।

त्यसपछि २०५९ सालमा दरवारमा प्रजातन्त्र बुझाएको आरोप लाग्ने गरेका वर्तमान प्रधानधन्त्री देउवाले पूराना पञ्चायतको नेतृत्व सम्हालेका ससुराली खलकका पशुपतिशमशेर राणा, राणाका समकक्षीहरु कमल थापा, प्रकाशचन्द्र लोहनीहरुको ढाल तयार गरेर चुनावी मैदानमा उत्रिएका छन्।

मधेस आन्दोलनको नेतृत्व गरेर कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएका संघीय समाजवादीका उपेन्द्र यादवको उर्लिंदो वेगलाई रोक्न तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गिरिजाप्रसाद कोइरालाको निर्देशनमा नेपाली कांग्रेसका सहमहामन्त्री मधेसी फोरममा पसेका विजय गच्छदार यतिबेला पूर्वशर्तअनुसार फर्किसकेका छन्।

उपेन्द्र यादवलाई काउन्टर दिन गिरिजाकै निर्देशनमा तराई–मधेस लोकतान्त्रिक पार्टी खोलेर आफैँ पराजित हुन पुगेका नेपाली कांग्रेसका तत्कालीन कोषाध्यक्ष छाडेर महन्थ ठाकुर भने असफल राजनीतक खेलाडी बन्दै राष्ट्रिय जनता पार्टीसम्म खोल्न भ्याएका छन्। 

आफूलाई उपेन्द्र रोक्न पठाएर आफूभन्दा कनिष्ट रामवरण यादवलाई राष्ट्रपति बनाएपछि कांग्रेसदेखि उहिल्यै रिसाएका ठाकुर कांग्रेसमा फर्कन सकेनन् उनले कांग्रेसले आफूलाई केवल मोहरा बनाएर आफ्नो राजनीतिक भविश्य समाप्त पार्न खाजेको भन्दै पछिल्ला दिनमा कांग्रेस भित्रनुको साटो उल्टै आक्रामक बन्दै आएका थिए।

तर, यसपटक उनलाई पार्टीमा भित्र्याउने योजना बनाएका प्रधानधन्त्री शेरबहादुर देउवाले ठाकुरको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदार फिर्ता गराएर गिरिजाको धोकाको गुण तिर्न खोजेका छन्।

तर, उनकै समकक्षीहरु राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका अन्य सदस्यहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र रायलाई निर्वाचनमा उम्मेद्वार रहेकोले पनि महन्थलाई फिर्ता ल्याउने योजना देखिएको छ। यस्तै संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदारका साथै स्वयम् राजपाले नै बागी उम्मेदार उठाएको छ।


 

More form the Internet

loading...