Suvadin, Home
Nepal life 2.266M

दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

एक्काइसौं शताब्दीको हाम्रो समाज कता गइरहेको छ? हामीले हाम्रा सन्तानलाई कसरी अगाडि बढाउने? यो प्रश्न निकै जटिल छ। एकातिर जिन्दगी छ। अर्कोतिर विकृतिको ठूलो खाडल छ। दायित्व हाम्रो पनि हो। समाज र राष्ट्रलाई अनुशासनको पाठ सिकाउने, तर यहाँ धेरैजसो सरकारको कर्तव्य भनी आफू मनपरी गर्दै हिँड्नेहरुको कमी छैन। जसरी नमिता दिदीबहिनीको घटना पोखरामा दबिएर गयो। त्यसरी नै निर्मलाको घटना नदबियोस्। निर्भया बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई फाँसीको फन्दा मिल्यो। त्यसरी नै बलात्कृत र हत्यामा परेका हाम्रा छोरीचेलीहरुले पनि न्याय पाउनुपर्छ।
निर्मला पन्त र लेखक सिर्जना ढकाल सरू।

सृजना ढकाल ‘सरु’ 


पूर्वीय सभ्यता र संस्कृतिअनुसार नारीहरुलाई देवीको रुपमा पूजा गरिन्छ। महाकाली, महालक्ष्मी, महासरस्वती आदि उपमा नारीहरुकै लागि दिइएको हो। र, नारीको गुणवत्ता स्थापित गर्नका लागि नै यी नामले पूजा गरिएको हो। नारी किन महाकाली हुन्? किन सरस्वती हुन्? किन लक्ष्मी हुन्? किन जननी वा आदिशक्ति हुन्? प्रष्ट पारिरहनु पर्दैन। सम्पूर्ण जगतको श्रृष्टिलाई अघि बढाउनका लागि नारीले गरेको त्यागलाई कुनै पनि मूल्यमा परिणत गर्न सकिँदैन। तर, नारीलाई देवीको रुपमा पूजा गर्ने समाजमा अहिले कुन मार्गमा जाँदैछ? किन नारीको अवमूल्यन हुँदैछ नारीको? र, किन १३ वर्षी निर्मला पन्तहरुको अश्मिता लुटेर घाँटी निमोठिँदैछ? आखिर किन?

बलात्कार र हत्या भएको २ महिना बित्दा पनि एउटा अपराधी भेटिँदैन। नारा, जुलुस, विरोध जति गरेपनि उपलब्धी शुन्य हुन्छ। त्यसैले यो समाजप्रति नै प्रश्न गर्न मन लाग्छ। सरकारलाई नै प्रश्न गर्न मन लाग्छ, कि के अपराधी अर्को मुलुकबाट आएको हो? कि अपराधी पनि तिनै मृत निर्मलासँगै सति गयो? यो कस्तो समाज हो हाम्रो? यही समाज हो जसले त्यो अपराधी लुकाएर राखेको छ। एउटी बालिका बलात्कृत र हत्याभन्दा त्यो अपराधीको सजाय ठूलो मान्नेहरु मानव भएर बाँचेका छन्। समय चक्र हो घुमिरहेको छ, हुनसक्छ जसले अपराधीलाई  संरक्षण गरिरहेको छ, भोलि उसैका सन्तान वा परिवारमा यो घटना दोहोरियो भने त्यसको जवाफदेही को हुने?

भारतको नयाँ दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखका दिन एउटा जघन्य अपराध भयो। ५ जनाको सामूहिक बलात्कारपछि ‘निर्भया’को योनीमा फलामको रड समेत घुसारियो। त्यो घटना मानव सभ्यताकै सबैभन्दा निकृष्ट र घृणित कुकृत्य थियो। हो, कञ्चनपुरकी निर्मला पन्तमाथिको बलात्कार र हत्यापछि निर्भयाको भन्दा कम छैन। घटना एउटै हो, केवल यातना केही थोरै र धेरैबेर होला।

प्रेम बिनाको यौन सम्बन्ध सबै बलात्कार हुन्। कसैलाई ललाइफकाई कुनै लोभमा पारेर वा विवश पारेर शरीर प्राप्त गर्नु पनि बलात्कार नै हो। मन नमिली जोडिएको तन बलात्कार नै हो। नारी प्रेम हुन्, यौन होइनन्। पुरुष त केवल यौन चाहन्छन्, प्रेम होइन, नारीसँग क्षणभर खेल्न पाए आफूलाई पुरुषार्थीको पगरी गुथाउन पुग्छ उ।

तर, ती अबोध बालिकाको हृदयविधारक मृत्युले नेपाली समाजमा निकै ठूलो पाठ सिकाएको छ। केही पुरुषहरुले गर्दा समाजमा अन्य पुरुषप्रतिको नजरमा बदलाव भएको छ। यसले नारीको सुरक्षाका लागि पुरुष जागरुक हुनुपर्छ, र त्यस्ता दानव प्रवृतिका पुरुषलाई समाजबाट बहिस्कार गर्नुपर्छ भन्ने सचेतता बढेको छ। बलात्कारजस्ता जघन्य अपराधविरुद्ध समाज एक हुन थालेको छ।

उदाहरण धेरै छन्, यो पुरुष प्रधान समाजमा नारीको अधिकार मानवीय मूल्य र मान्यतालाई नाप्न सकिने। जति शिक्षित वा सम्पन्न भएपनि पुरुषहरुको दिमागमा नारी मनोरञ्जन र दास बाहेक अरु हुन सक्दैनन् भन्ने सोच रहिरहेकै हुन्छ। पुरुषले नारीलाई प्यास मेट्ने र घरको काम गर्ने पदको दर्जा दिएको छ। त्यसैले नारी आफ्नो घरबाट बाहिर निस्कन पाउँदिनन्। घरभित्रै कैद गर्न पुरुषहरु उद्धत हुन्छ। किनभने उसलाई थाहा छ, हरेक पुरुषले महिलालाई गलत दृष्टिले हेरेको हुन्छ। उ स्वयं पनि पुरुष हो, उसले अरुका नारी हेर्छ भने स्वाभाविक हो, अरु पुरुषले आफ्नी नारी हेर्नेछन्।

एक्काइसौं शताब्दीको हाम्रो समाज कता गइरहेको छ? हामीले हाम्रा सन्तानलाई कसरी अगाडि बढाउने? यो प्रश्न निकै जटिल छ। एकातिर जिन्दगी छ। अर्कोतिर विकृतिको ठूलो खाडल छ। दायित्व हाम्रो पनि हो। समाज र राष्ट्रलाई अनुशासनको पाठ सिकाउने, तर यहाँ धेरैजसो सरकारको कर्तव्य भनी आफू मनपरी गर्दै हिँड्नेहरुको कमी छैन।

जसरी नमिता दिदीबहिनीको घटना पोखरामा दबिएर गयो। त्यसरी नै निर्मलाको घटना नदबियोस्। निर्भया बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई फाँसीको फन्दा मिल्यो। त्यसरी नै बलात्कृत र हत्यामा परेका हाम्रा छोरीचेलीहरुले पनि न्याय पाउनु पर्छ। स्वतन्त्र भई जिउने अधिकार चाहिएको छ। भोलि हाम्रा सन्तान निर्धक्क भई हिँड्न सकुन्, बोल्न सकुन्। मुख्यतः नारीहरुको सुरक्षाको चिन्ता कसैले गर्न नपरोस्।

नारीमाथिको हिंसाको कुरा गर्दा एउटा प्रसंग जोड्न मनलाग्यो, जुन प्रसंग अहिले निकै प्रयोगमा आएको छ। अचेल सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरु शहरदेखि देहातका गाउँसम्म नै छन्। उमेरले पाका हुन् वा युवा, जसले पनि फेसबुकमा आफ्नो प्रचार गरेकै हुन्छन्। यसले झनै ठूलो विकृति निम्त्याएको छ। जस्तो कुरा गरेपनि हुने। जस्तो फोटो–भिडियो पठाए पनि हुने। अचम्म लाग्छ, पुरुषको चरित्र र नियत बुझ्न योभन्दा अर्को उत्तम् ठाउँ सायदै नहोला। एउटी नारीको कुनै नयाँ फोटो देख्नुपर्छ, वैशको उन्मत्तमा आफू को हो भन्ने नै बिर्सिन्छन् उनीहरु। म्यासेज र कमेन्टले उनीहरुको नियत प्रष्टाइरहेको हुन्छ। भेटौं, घुम्न जाऔं भन्ने कुरा सामान्य लाग्छ उनीहरुलाई। जाल बुन्न थाल्छन् सामीप्यको। अनि अस्मितामाथि खेल्छन्, यो पनि एउटा बलात्कारभन्दा कम होइन।

प्रेम बिनाको यौन सम्बन्ध सबै बलात्कार हुन्। कसैलाई ललाइफकाई कुनै लोभमा पारेर वा विवश पारेर शरीर प्राप्त गर्नु पनि बलात्कार नै हो। मन नमिली जोडिएको तन बलात्कार नै हो। नारी प्रेम हुन्, यौन होइनन्। पुरुष त केवल यौन चाहन्छन्, प्रेम होइन, नारीसँग क्षणभर खेल्न पाए आफूलाई पुरुषार्थीको पगरी गुथाउन पुग्छ उ। जति महिलासँग यौन सम्बन्ध राख्न सक्यो उति नै पुरुषार्थ रे! आज तिमीले अरु नारीमाथि यस्तो सोच राख्छौं भने तिम्री छोरीचेलीलाई अब कुन फलामको पर्खाल लगाई समाजमा निकाल्छौ? जति शिक्षित र सम्पन्नमा समाज बनिरहेको त्यति विकृति बढ्दै गएको छ। पैसामा यौवन किनबेच अनि शिक्षामा हरेक कुरा सामान्य, यही सोचमा समाज बिग्रियो। अब जागौं, समाज बनाउन। अनि राष्ट्र आफैँ बन्छ, हरेक मानवले आफ्नो कर्तव्य पूरा गरौं अनि समाज आफैँ बन्छ।


 

More form the Internet

loading...