Suvadin, Home

Cover Image

शुभदिन ह्यासट्याग #SuvadinHashtag
भरतपुर प्रकरणमा सर्वाेच्चकाे फैसला: ट्वीटरमा दुर्इथरी टिप्पणी

सर्वाेच्च अदालतले अन्तत: भरतपुर महानगरपालिका–१९ मा पुन: मतदान गर्ने फैसला जारी गरेपछि त्यसबारे टिकाटिप्पणी हुन थालेकाे छ। यस विषयमा सामाजिक सञ्जालमा पनि मत विभाजन भएको छ। विशेषगरी ट्वीटरमा एकाथरीले त्यसलाई सकारात्मक रुपमा लिएपनि कयौंले भने ‘मतपत्र च्यात्नेलाई प्रसय’ दिएकोसम्म टिप्पणी गर्न भ्याएका छन्।
शुभदिन ह्यासट्याग।

काठमाडाैं, साउन १६–सर्वाेच्च अदालतले अन्तत: भरतपुर महानगरपालिका–१९ मा पुन: मतदान गर्ने फैसला जारी गरेपछि त्यसबारे टिकाटिप्पणी हुन थालेकाे छ।

भरतपुर–१९ काे मतगणनाकाे क्रमममा मतपत्र च्यातिएपछि निर्वाचन अायाेगले पुनः मतदानकाे निर्णय गरेकाे थियाे। तर, उक्त  निर्णयविरुद्ध सर्वाेच्चमा रिट परेपछि भरतपुरको अन्तिम फैसला सर्वाेच्चको हातमा पुगेको थियो।

सर्वाेच्चले अाइतबार पुनः मतदानको फैसला जारी गरेपछि प्रमुख प्रतिपक्षी एमालेले ‘दुर्भाग्यपूर्ण’ भनेको छ,, भने सत्तारुढ दलका नेताहरुले भने त्यसलाई सकारात्मक रुपमा लिएका छन्।

भरतपुर–१९ मा पुनः मतदान गराउन सर्वाेच्चको फैसला

त्यतिमात्र होइन् यस विषयमा सामाजिक सञ्जालमा पनि मत विभाजन भएको छ। विशेषगरी ट्वीटरमा एकाथरीले त्यसलाई सकारात्मक रुपमा लिएपनि कयौंले भने ‘मतपत्र च्यात्नेलाई प्रसय’ दिएकोसम्म टिप्पणी गर्न भ्याएका छन्।

आजको शुभदिन ह्यासट्यागमा भरतपुर प्रकरणमा सर्वाेच्चको फैसलाबारे गरिएको ट्वीट समावेश गरेका छौं।

भरतपुर प्रकरणः सर्वाेच्चको फैसलाबारे के भन्छन मेयरका उम्मेदवार?

 


 

More form the Internet

loading...