Suvadin, Home

Cover Image

हातमा पासपोर्ट होइन स्वदेश मै रोजगार चाहन्छन् युवा ।

हो साच्चै नेतागण ले भने झै नेपली युवा देश बिकास  निर्माणमा हर क्षण खटिरहेका छन्,  छन् खटेका तर देश भित्र होइन बिदेशि भुमिमा केहि 50 ड्रिग्री सेल्सियस तापमान को बालुवामा त कहि मुटु जम्ने चिसो पहाडका कुनामा सेलाई रहेका छन्।

नेपालको जनसंख्या झन्दै 3 करोडको हाराहारी रहेको छ तर बिडम्भनाको कुरा के हो भने नेपाली 60 लाखको हाराहारीका युवाहरु बिदेशी भुमिमा आफ्नो दक्षता, क्षमता, सिप, अनुभव, कला, समर्पण लाई न्युन मुल्यमा बेच्न बाध्य छन् । युवा अवस्था जो कोहिको त्यस्तो अवस्था हो जहाँ हरेक युवा जोखिम उठाउन मानसिक, शारिरिक तथा भौतिक तवरले सक्षम हुनछन् । युवा अवस्था मानव जिवन चक्र कै सक्रिय र सिर्जनशिल अवस्था हो । युवा उमेरका मानिसहरु मानसिक, शारिरिक, भावनात्मक तीनै पक्षले कुनै पनि सिर्जनशिल कार्यमा लगावका साथ सक्रिय भएर सकारात्मक नतिजा दिन सक्छन् र रोजगारमा पनि युवा वर्गलाई बिशेष केन्द्रमा राखिन्छ । नेपालको इतिहास गर्भिलो छ, यहाँको भुमिमा कसैले पनि उपनिबेश बनाउन सकेका थिएन र यसमा पनि बिश्व चर्चित युवा सेना गोर्खालि सेना नेपाली दाजुभाई दिदिबहिनी हरुकै मुख्य हात थियो । नेपाली युवा रोजगारीका लागी नपुगेगा बिश्वका कमै देश होलान र बिश्व श्रम बजारमा नेपाली युवाको माग बढ्दो छ, कारण नेपाली युवा कर्मठ र समर्पित छन् ।

हो साच्चै नेतागण ले भने झै नेपली युवा देश बिकास  निर्माणमा हर क्षण खटिरहेका छन्,  छन् खटेका तर देश भित्र होइन बिदेशि भुमिमा केहि 50 ड्रिग्री सेल्सियस तापमान को बालुवामा त कहि मुटु जम्ने चिसो पहाडका कुनामा सेलाई रहेका छन्। परिवारको मायाबाट माइल माइल दुर पसिनाको मुल फोरि रहेका छन् ।  एक तर्फ नेपाली युवालाई बिदेशि भुमिमा अत्यन्त खतरा मोल्नुपर्ने कार्यमा लगाई न्यन ज्याले दिने त्यहाँका उधमि अर्बो डलरका मालिक बनेका छन्  भने अर्को तर्फ देश नेपाल खर्बौ डलर ऋणको बोझिलो भारिले थिचिएको छ ।

हामी मानव सबैको सपना हुन्छ एउटा सुन्दर घर, सहज सवारी साधन र माया नै मायाले भरिएको परिवार तर नेपाली युवाको यो सपना, यो हक खोसिएको छ जबको उनिहरुको कर्मले दुनियाले चमत्कार माथि चमत्कार गर्दै सेकडौ बिश्व रेकड कायम गरिसकेका छन् ति गगनचुम्बि अमरातहरुमा नेपाली युवाको हातले नै रङ्ग पोतेको छ, ति सफल उधमिको कारखानाको उत्पादनमा नेपाली युवकै पसिना चुहेको छ तर नेपाली हामी आज पनि अपिपक्क आर्थिक अवस्थामा छौ । आज नेपाली युवा संग न परिवारको माया न बलियो आर्थिक अवस्था न बालपनामा सुनाएका ती सुन्दर सपनाले सार्थकता पाएका छन् । नेपाल देश नै रेमिट्यान्सले चलेको छ, आर्थिक सुचाङ्कलाई रेमिट्यान्सले लतार्दै तानेको छ।

यि सब सम्सयाहरुको कारण के हो? भने प्रश्नको जवाफ राजनैतीक अस्थिरता नै पहिलो र अन्तिम रहेको छ । अर्थ व्याव्सथा एक यस्तो व्यावस्था हो जहाँ जो कसैले पनि भबिष्यको भावलाई हरेर मात्र संलग्न हुन्छ । अर्थतन्त्रको बृद्धिहुन नै नेपाली युवाले स्वदेश मै राजगार पाउनु हो परिवारको खुसि पाउनु हो र देशलाई आर्थिक तथा अन्य पक्षमा सुढृड तुल्याउने कोशिष हो । नेपाल मै रोजगारी पाए नेपाली युवा किन बिदेशिन्छन् र ? नेपाल मा रोजागारी पाउन रोजगार प्रदान गर्न सक्ने ठुलाठुला उत्पादन र बितरण प्रणाली भएका उधोगहरु नेपाल मै स्थापना भई नेपाली उत्पादनका साधनहरुको उपभोग गरी उत्पादन तथा वितरण गर्न सक्षम हुनुपर्दछ । यसरी स्थापना हुने उधोगमा ठुलो लगानीको आवश्यक पर्दछ जसका लागी ऐन कानुनले उचित प्राबधान र मापदण्डको निर्माण गरि उधोग कलकारखाना व्यापारि संघ सस्थालाई स्वतन्त्र वातावरणा सिर्जना भएको हुनुपर्दछ । यो भूमिका हो राज्यको ।  नेपालमा राज्य संचालन गर्ने जिम्मा जनतामा जहाँ जनता बाट निर्बाचित जनप्रतिनिधीहरु रहेका हुन्छन् जसको जिम्मा सम्पुर्ण राज्यलाई बिना भेदभाव कसैलाई ठेस नपुर्याई राज्यका संचालन गर्नु हो । तर अपबाद नै नेपालमा राजनीती बनेको छ, तगारो नै राजनीती बनेको छ, नेपालको राजनीती अस्थिर रहेको छ र नेपाली राजनैतिक दलहरु मात्र सत्ताका प्यारा छन् ठ्याकै जनभावना अनुरुप कार्य गर्न जनभावनाको बिशेष ज्ञान र ती भावनाले दिएका एजेन्डाहरुको बिशेष प्राबिधिक ज्ञानको कमि छ ।

सरकाले अब दक्ष, प्राबिधिक , समर्पित, सक्षम व्यक्तिलाई बिशेष क्षेत्रमा पहिचान गराई उपयुक्त नीती नियम र योजनाको निर्माण गरेर यो मुलुकमा उधोग धन्दा कलकारखानको स्थापना गराई मुलुक भित्रै बृहत मात्रमा रोजगारी सिर्जना गरि युवाहरुलाई हातमा पासपोर्टको सट्टा उनीहरुको सिप र रुचि को परिक्षण गरि सोहि अनुरिपको क्षेत्रमा रोजागारी प्रदान गर्न सकेको खण्डमा नेपाली युवाको श्रम सिप, समर्पण, लगाव, रुचि, दक्षता आदी कदर हुनसक्छ।


 

More form the Internet

loading...