Suvadin, Home

कहाँ चुक्दै छ नागरिक समाज?
दिशाहीन नागरिक समाज र अवसरवादी अगुवा 

नागरिक निगरानीले कुनैपनि शासकलाई जवाफदेही मात्रै बनाउदैन त्यसले हरेक निकायलाई उत्तरदायी र पारदर्शी बन्न बाध्य बनाउछ।नागरिक दवाव पुगे गतिहिन राज्य सञ्चालक सही बाटोमा डोरिन्छन् र त्यसले मुलुकमा शुसासनको निर्माण गर्छ। सचेत नागरिकले थाल्ने यस्ता आन्दोलनमा कुनै वादको गन्ध वा बास्ना आउदैन  त्यस्तो आन्दोलनको एउटै उद्देश्य नागरिक र राज्यको हितसँग जोडिएको हुन्छ।
जनअान्दाेलन-२ काे एक दृश्य।

–टेकेन्द्र देउवा
 


नागरिक निगरानीले कुनैपनि शासकलाई जवाफदेही मात्रै बनाउदैन त्यसले हरेक निकायलाई उत्तरदायी र पारदर्शी बन्न बाध्य बनाउछ।

नागरिक दवाव पुगे गतिहिन राज्य सञ्चालक सही बाटोमा डोरिन्छन् र त्यसले मुलुकमा शुसासनको निर्माण गर्छ। सचेत नागरिकले थाल्ने यस्ता आन्दोलनमा कुनै वादको गन्ध वा बास्ना आउदैन  त्यस्तो आन्दोलनको एउटै उद्देश्य नागरिक र राज्यको हितसँग जोडिएको हुन्छ।

त्यसैले सचेत नागरिक नागरिक अधिकार स्थापित गर्न आवश्यक पर्दा जाग्ने गर्दछन् यसैलाई नागरिक आन्दोलन अर्थात् नागरिक समाजको आन्दोलन भनिन्छ। यसलाई अर्को अर्थमा सचेत नागरिकले गर्ने पैरवीको रुपमा पनि बुझ्न सकिन्छ। जो आवश्यकता अनुसार निरन्त भैरहन्छ।

यसरी स्वार्थ विहीन स्वनिर्देशित नागरिको समूहलाई नागरिक समाज  भनिन्छ।

नेपालमा पनि विभिन्न कालखण्ड नागरिक समाजले नागरिक आन्दोलनको महसुश गर्दै नागरिक आन्दोलन थालेका थिए। जो समयको माग थियो नागरिक चाहनालाई तिनले अभिव्यक्त गरे। आम नागरिकले त्यसलाई जायज ठाने र लाइनवद्ध भए। नागरिक खवरदारीले देशमा परिवर्तन ल्याउन ठूलो सहयोग पुग्यो।

यसैबाट नेपालमा नागरिक समाज भन्ने शब्द निकै चर्चामा आयो। खास गरी २०६९ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले थालेको प्रतिगामी कदमविरुद्ध सचेत नागरिक लोकतन्त्रको पक्षमा संगठित हुँदै जानुलाई लिन सकिन्छ । नेताहरुलाई नजरबन्दमा राखेको समयमा पनि नागरिक समाजले प्रतिनिधित्व गरेका संस्थाले राजाको कदमलाई शाही ‘कु’ को संज्ञा दिएर आन्दोलन गरेको थियो। 

स्वस्फूर्त उठेको नागरिक आन्दोलन प्रतिगामीको टाउको दुखाईको विषय पनि बन्न पुगेको थियो। त्यसबेला मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कतै न कतै नागरिक समाजले मध्यस्थताको भूमिका समेत निभाएको थियो। स्वतन्त्रता र लोकतन्त्र नै नागरिक अधिकार हो भन्ने मान्यतालाई स्थापीत गर्दै २०६२÷०६३ को जनआन्दोलमा जुटेको जनसर्मथनको धेरै थोरै जस नागरिक समाजलाई पनि जान्छ। त्यसपछिका दिनमा पनि नागरिक समाजले थालेका आन्दोलन जायज नै थिए।
 
कहाँ चुक्दै छ नागरिक समाज?
देशमा संविधान जारी भैसकेको र त्यसको कार्यान्वयन गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नका नागरिक आन्दोलन अझै शसक्त बन्नु पर्ने अबस्थामा नागरिक अगुवा नै दिशाहीन बन्न पुगेका छन्।

जसका कारण नागरिक आन्दोलन नै डगमगाएको छ। केही नागरिक अगुवा राजीतिक रंग देखाउदै शत्ता नजिक पुगिदिँदा सिंगो नागरिक आन्दोलनलाई कमजोर बनाइदिएको छ। निर्रलज्ज अगुवाकै कारण नागरिक आन्दोलन बदनामित मात्रै भएको छैन विभाजित र विवादित बन्न पुगेको छ। कतिपय नागरिक अगुवा अमुख पार्टीबाट निर्देशित मात्रै भएका छैनन् प्रवत्ता भएर बोल्ने गरेका छन्।

 

नागरिक समाजको आफैमा व्यापक क्षेत्र रहेको छ। यसलाई संकुचित रुपमा बुझ्नु हुँदैन। नागरिक समाजले कुनै निश्चित क्षेत्र, वर्ग,समुदाय र लिङ्गका विषय र सवालमा मात्रै पैरवी गर्नु हुँदैन।

 

 

पहिले नागरिक अधिकारका लागि भन्दै नागरिक समाजको आन्दोलनमा देखिएका अगुवा कुनैपार्टी बिशेषका एजेन्डा बोकेर सडकमा निस्किनेदेखि कसैको स्वार्थ सिद्धीका लागि समेत प्रयोग भैदिदा नागरिक समाजले बिश्वास गुमाएको छ। अमुख पार्टीका झण्डा बोक्दै नागरिकका सवाल भन्दा पार्टीका एजेन्डा स्थापीत गर्न मरिमेटी लागेका ब्यक्तिहरु आफूलाई नागरिक अगुवा भन्न रुचाउँछन्।

आफूलाई अब्बल दर्जाको नागरिक अगुवा भन्ने व्यक्तिहरु विपक्ष देखिन नसक्दा उनीहरु माथिको विश्वास गुम्दै गएको छ। नागरिक आन्दोलनको बुइ चढेर स्थापित भएका व्यक्ति पार्टीको कोटामा संसदमा पुगेका छन्। त्यस्तै भर्खरै सम्पन्न भएको पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचनमा अमुख पार्टीका टिकट लिएर चुनाव लडेका व्यक्तिहरु पनि थुप्रै छन्।  

आफ्नो टाउकोमा आफै निष्पक्षताको पगरी गुथ्ने र अवसर पाउदा कुनै पार्टीको पछि लाग्दै सत्ताको स्वाद चाक्नेलाई पनि तपाई हामीहरुले चिनेकै छौं। घुमाउरो शैलीमा उनीहरुले गर्ने गतिनिधि भने आफूले आस्था राख्ने पार्टीको स्वार्थसिद्ध गर्नका लागि हुन्छ। बिडम्बना उनीहरुले आफूलाई नागरिक अगुवा भन्न छोडेका छैनन्। उनीहरुका प्रस्तुती र क्रियाकलापले आम नागरिकलाई निराश बनाएको छ। नागरिक आन्दोलनका अगुवाले देखाएकोे अबसरवादी स्वभावकै करण जनबिश्वास घटेको  छ।

अवसरका लागि नागरिक समाज?
आजभोलि आफूलाई चिनाउनका लागि नागरिक समाज भन्नेहरुको ठूलै भीड छ। नागरिक अगुवा भन्दै आफूलाई समाजमा चिनाउने र त्यस समाजका सबै अवसर आफूले उपभोग गर्ने व्यक्ति धेरै छन्।

विषय वस्तु नै नबुझी, त्यसको गहिराई सम्मको अध्ययन नगरी, त्यसले दुरगामी रुपमा पार्न सक्ने असरको सामान्य आकलन सम्म नगरी प्रतिक्रिया दिने, सतही विश्लेषण गर्नेको पर्याय नगारिक समाज भएको छ। कुनै समस्या समाधान गर्नुको साटो त्यस समस्यालाई अतिरञ्जित गर्दै आफ्नो वा आफूले चाहेको व्यक्तिको स्वार्थसिद्धीमा लाग्ने काम नागरिक समाजले गरिरहेको छ।

 


बुझ्नु जरुरी यो छ कि नागरिक अगुवा वा नागरिक आन्दोलन दाताले दिएको दानापानीबाट चल्नु हुँदैन । यसरी चल्ने प्रायोजित नागरिक अगुवा र तिनको आन्दोलनले जनहित कहिल्यै गर्दैन।

 

कुनै कुराको सही बिश्लेषण गर्दै अलमलमा परेको समाजलाई सही दिशा दिनु भन्दा चर्चामा आउनका लागि गतिविधि भैरहेका हुन्छन्। जसरी राजनीतिक दलका नेताको व्यवहारले जनतालाई दिक्क बाक्क बनाएको छ त्यसरी नै पछिल्लो समयमा नागरिक समाजका अगुवालाई पनि अवसरबादीको रुपमा बुझ्न थालिएको छ। 

नागरिक आन्दोलन नागरिक समाजका व्यक्तिलाई राजनीतिक उचाईमा पुग्ने लिस्नु कदापी होइन नत कुनै राजनीतिक दलको कोटामा परि विभिन्न आयोगमा मनोनित हुने र जागिर खाने माध्यम नै हो तर हामीले विश्वास गरेका व्यक्तिले त्यसरी बुझिदिँदा अहिले समस्या भएको छ। 

नागरिक समाजको अगुवाको पहिचानलाई स्वार्थमा प्रयोग गर्न खोज्दा समस्या सिर्जना भएको छ। नागरिक समाजको काम भनेको कुनै कुरालाई फेसबुक बाजी गर्दै तर्क बिर्तक गर्ने, कसैले गरेका आन्दोलनमा ऐक्यवद्धता जनाउने मात्रै नभएर स्वतन्त्र बिश्लेषण गर्ने पनि हो। घटना बढाउने भन्दा त्यसलाई न्यूनिकरण गर्नतिर जानुपर्छ।

तर, यहाँ नागरिक समाजले समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निभाएको कमै पाइन्छ। कुनै पार्टीगत रुपमा सिर्जना भएको समस्यामा त आफूलाई नागरिक समाजको अगुवा भन्ने व्यक्ति कित्तामा विभाजित भएर विश्लेषण गर्न थाल्दछन्। उनीहरु आफूले विचार राख्ने पार्टीको व्यक्तिको संरक्षण, पार्टीको बचाउँमै भूमिका खेलिरहेका छन्।


वर्ग, समुदाय र लिङ्गका पनि आआफ्नै नागरिक समाज
नागरिक समाजको आफैमा व्यापक क्षेत्र रहेको छ। यसलाई संकुचित रुपमा बुझ्नु हुँदैन। नागरिक समाजले कुनै निश्चित क्षेत्र, वर्ग,समुदाय र लिङ्गका विषय र सवालमा मात्रै पैरवी गर्नु हुँदैन।

समाजमा भिन्न संस्कृति, भिन्न परम्परा, भिन्न वर्ग र लिङ्गका व्यक्ति हुन्छन्। यसकै समग्ररुप समाज हो। तर, बिडम्बना हामी कहाँ विभिन्न वर्गका आआफ्नै नागरिक समाज छन्। समुदाय, जाति र लिङ्गको आफ्नै नागरिक समाज अस्थित्वमा रहेको छ। त्यो नागरिक समाजले आफू रहेको वर्ग, समुदाय र लिङ्ग बाहेक अरुका विषयमा जान्दैन वा जान्ने प्रयाससम्म गर्दैन। ती व्यक्ति एक अर्को वर्ग, समुदाय र लिङ्गप्रति पूर्वाग्राही देखिन्छ।

यस्तो नागरिक समाजको प्रस्तुती, विश्लेषण समस्या प्रतिको बुझाई पनि आफ्नो बाहेक अरुप्रति गतल नै हुन्छ। जस्तो महिला नागरिक समाज, पुरुष नागरिक समाज, दलित नागरिक समाज, थारु नागरिक समाज, क्षेत्री वा बाहुन नागरिक समाज, जनजाती नागरिक समाज आदि। यस्ता नागरिक समाजले कदापी समग्र नागरिकको प्रतिनिधित्व गर्न सक्दैन। यस्ता नागरिक समाजले उल्टै वर्ग, समुदाय र लिङ्गबीच द्वन्द्व सृर्जना गर्ने काम बाहेक केही पनि गर्दैन। 

दाताले चलाएका नागरिक समाज
बुझ्नु जरुरी यो छ कि नागरिक अगुवा वा नागरिक आन्दोलन दाताले दिएको दानापानीबाट चल्नु हुँदैन । यसरी चल्ने प्रायोजित नागरिक अगुवा र तिनको आन्दोलनले जनहित कहिल्यै गर्दैन। दाताले प्रयोजन गरी जसरी नागरिक आन्दोलनलाई उठान गर्दछ त्यसरी  नै आफ्नो लक्ष्य प्राप्ति पछि तुहाउन पनि सक्दछ। नेपालको नागरिक समाज र तिनले चलाउने नागरिक आन्दोलनलाई चारोपानीको आन्दोलनसँग जोडेर ब्याख्या गर्नेको पनि कमी छैन। संविधानसभा भित्र पुगेर पनि त्यसै भित्र संस्था र संजाल खोलेर दाता अनुकुल चलेका उदाहरण तपाई हामीसँग छन्।

 

समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, नागरिकका लागि आउने अवसरमाथि रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरिक अगुवाका रुपमा उभ्याउनु हुँदैन।

 

हाम्रा सांसद तथा अगुवाले देखाउने क्रियाकलापले पनि त्यस कुरालाई केही हदसम्म पुष्टी गर्दछ। किन भने दाताको पैशा लिएर सामाजिक अगुवाको रुपमा स्थापित भएपछि त्यसैलाई सिढी बनाएर सर्बोच्च निकायमा पुगेका ब्यक्तिले नै संसदभित्र सञ्जाल सञ्चालन गरेका गरेका हुन। जुन सुकै कुरोको पैरवी गर्नका लागि पनि दाताको सहयोग चाहिन्छ भन्ने प्रवृत्ति यहाँ छ। 

त्यसकारण पनि नागरिक समाजप्रतिको विश्वसनियता गुम्दै गएको छ। दाताको सहयोग भैराखेसम्म आफू नागरिक समाजको व्यक्ति भैरहने, नागरिकको पक्षमा बोल्ने सहयोग नहुँदा नबोल्ने भन्ने हुँदैन।

अहिले आएर आन्दोलनका अगुवा बाटोबाटै हराउनु चोरिनु र थाक्नु र आवश्यक परेको समयमा आन्दोलन उठ्न नसक्नु एउटै कारण हामीले विश्वास गरेका यो वा त्यो नामका पात्रले देखाएको अवसरबादी चरित्र हो।

समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, नागरिकका लागि आउने अवसरमाथि रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरिक अगुवाका रुपमा उभ्याउनु हुँदैन। यस्तो पवृत्तिले निश्वार्थ रुपमा समाजका लागि लागेका व्यक्तिलाई समेत बदनामीत गर्ने गरेको छ।    


(लेखक देउवा धनगढीमा रहेर पत्रकारिता गर्छन)


 

More form the Internet

loading...