Suvadin, Home

महिला उद्यमीसँग संवाद
गाउँदेखि शहरसम्मका महिला दिदीबहिनीलार्इ उद्यमी बनाउने लक्ष्य छः देविका अधिकारी बुढाथाेकी

जिल्ला नगरमा जसरी तालिम चलाइरहेका छौं, त्यो तालिम स्थायी र दीगो रुपमा सञ्चालन गर्ने तयारीमा छौं। एक जिल्ला एक भवन निर्माणको योजना बनाएर नै हामी अगाडि बढिरहेका छौं। हरेक नेपाली महिला अार्थिक रुपमा सक्षम र समृद्ध हुनुपर्छ हाम्राे लक्ष्य त्यही हाे।
नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका अधिकारी बुढाथाेकी। तस्वीरः शुभदिन

नेपाल उद्यमशील महिला महासंघकाे दाेश्राे साधारणसभा बुधबार काठमाडाैंमा अायाेजना हुँदैछ। महासंघ अध्यक्ष देविका अधिकारी बुढाथाेकीले साधारणसभाकाे तयारी पूरा भइसकेकाे जनाएकी छिन्। पहिलाे वर्ष गरेका काम र अबका याेजनाका विषयमा एक सफल व्यवसायीकाे पहिचान बनाएकी संघर्षशील देविकाले शुभदिन संवाददाता सन्ताेषराज पाण्डेले गरेकाे कुराकानीः
 
–अध्यक्षज्यू, साधारणसभाको तयारी कसरी गरिरहनु भएको छ? र, कहाँ पुग्यो?

–हाम्रो दाेश्राे साधारणसभाको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ। जिल्ला र नगरका साथीहरु सहभागी हुन आउने क्रम जारी छ। र, हामीले गर्नुपर्ने साधारणसभाको तयारी अन्तिमतिर पुगिसकेको छ।

–प्रतिनिधि तथा सबै सदस्यहरु गरेर लगभग कार्यक्रममा कति सहभागी हुने अपेक्षा गर्नु भएको छ?

–हाम्रा प्रतिनिधि जिल्ला नगरदेखि केन्द्रसम्म गरी जम्मा १ सय ७१ जनाको सहभागिता रहने कार्यक्रम हो। त्यसमा पनि देशको स्थितिले अलिकति अप्ठ्यारो परेकाले गर्दा १ सय ३५ सम्म सहभागी हुने जानकारी छ। 

–महिला महासंघका कति सदस्यहरु छन्, नगर, क्षेत्र र जिल्लाकाे संरचनागत स्थिति कस्ताे छ?

–अहिलेसम्म जिल्ला समिति १३ वटा भइसकेकाे छ। नगर समिति १७ वटा रहेका छन्। र, वि.सं. २०७३ मा मात्र दर्ता भएकाले त्यति नै नगर जिल्ला समिति रहेका छन्।

–नेपाल महिला उद्यमशील महिला महासंघ कस्ताे संस्था हाे?

–उद्यमशील महिला महासंघ महिला उद्यमीहरुलाई एकीकृत गर्ने एउटा थलो हो। उद्यमशीलतामा लागेका महिला दिदीबहिनीहरुलाई समेट्ने थलो, उद्यमशील बनाउने भन्ने उद्देश्यका साथ स्थापित महासंघ हो। 

–अहिलेसम्म कति महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गर्नु भयो? र, महासंघले स्थापनाकाे एक वर्षमा के–के काम गर्यो? कति महिला दिदीबहिनीहरु यो संस्थाबाट लाभान्वित हुनुभयो

–यो संस्था दर्ता गर्नुभन्दा अगाडि देखि नै हामी उद्यमशीलतासम्बन्धी तालिम दिँदै आएका थियौं। र, यो संस्था दर्ता पश्चात पनि तालिमहरु सञ्चालन भर्इ रहेका छन्। अहिले पनि जिल्ला नगरमा तालिमहरु सञ्चालन भइरहेका छन्। करिब–करिब २६ सय जनाले उद्ययशीलताको तालिम लिइसक्नु भएको छ।

–अबको वर्षको योजना के छ?

–अबको योजना, जिल्ला नगरमा जसरी तालिम चलाइरहेका छौं, त्यो तालिम स्थायी र एकदमै दीगो रुपमा सञ्चालन गर्ने तयारीमा छौं। एक जिल्ला एक भवन निर्माणको योजना बनाएर नै हामी अगाडि बढिरहेका छौं। हरेक नेपाली महिला अार्थिक रुपमा सक्षम र समृद्ध हुनुपर्छ हाम्राे लक्ष्य त्यही हाे।

–नेपाल सरकारबाट के अपेक्षा गर्नु भएको छ?

–नेपाल सरकारबाट धेरै अपेक्षा गरेका छौं। तर, भनेजस्तो सहयाेग पाएकाे छैन। नभएपनि हामी हाम्रा अपेक्षालाई जसरी सफल पार्ने छाैं। उद्यमशीलताकाे विकासका लागि नीति निर्माण गर्नु पर्छ। र, नेपाली समाजलार्इ समुन्नत बनाउनतर्फ सरकारकाे ध्यान जानु पर्छ।


 

More form the Internet

loading...