Suvadin, Home

समाजसेवामा प्रतिबद्ध दुर्गाचन्द्र मेमोरियल ट्रस्ट

झापा जिल्लामा रहेका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठानहरु मध्ये केही फरक र सम्भवतः जिल्लाको नै पहिलो नेत्रदानसँग सम्वन्धित काम गर्ने एक मात्र प्रतिष्ठानको रुपमा दुर्गाचन्द्र मेमोरियल ट्रस्ट रहेको छ। दुर्गाचन्द्र मेमोरियल ट्रस्ट झापा जिल्लामा क्रियाशिल संस्था हो। २०७४ बैशाखमा जिल्ला प्रशासन कार्यालय झापा र समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको यस संस्थाले आँखाको स्वास्थ्य शिक्षा र सचेतनामूलक काम गर्दै आएको छ। 
रश्मी चापागाई।

रश्मी चापागाई


झापा जिल्लामा रहेका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठानहरु मध्ये केही फरक र सम्भवतः जिल्लाको नै पहिलो नेत्रदानसँग सम्वन्धित काम गर्ने एक मात्र प्रतिष्ठानको रुपमा दुर्गाचन्द्र मेमोरियल ट्रस्ट रहेको छ। दुर्गाचन्द्र मेमोरियल ट्रस्ट झापा जिल्लामा क्रियाशिल संस्था हो। २०७४ बैशाखमा जिल्ला प्रशासन कार्यालय झापा र समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको यस संस्थाले आँखाको स्वास्थ्य शिक्षा र सचेतनामूलक काम गर्दै आएको छ। 

मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले आफ्ना दिवङ्गत माता–पिता स्व. दुर्गा राई तथा स्व.चन्द्र प्रकाश राईको नाममा स्थापना गर्नु भएको यस प्रतिष्ठानलाई आर्थिक र प्राविधिक सहयोग मेची नेत्रालयले गर्दै आएको छ। देश संघीय लोकतन्त्र गणतन्त्रात्मक शासन प्रणालीका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा बोकेर भरखरै संविधान सभाद्वारा देशमा नयाँ संविधान लागु भइसकेको अवस्था छ। 

संविधान सभाद्वारा जारी संविधानले ३२ वटा अधिकारहरुलाई मौलिक हक अन्तर्गत व्यवस्था गरेको छ। तर यो मौलिक हक अन्तर्गत आँखा जस्तो महत्वपूर्ण अङ्गको अधिकारलाई सुनिश्चित गर्न नसकिरहेकोले आँखाको स्याहार, सम्भार र दृष्टिविहिनले राज्यबाट पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित हुनुपरेको छ।

आँखाजस्तो मानवको अत्यन्त महत्वपूर्ण अङ्गको स्याहार, संरक्षण तथा दान गर्ने दाताहरुको हक अधिकारहरुलाई समेत वकालत गर्ने स्थानीय स्तरमा एक प्रतिष्ठान आवश्यकता महसुस गर्दै दुर्गाचन्द्र मेमोरियल ट्रस्टको स्थापना भएको छ।

यस प्रतिष्ठानको कार्यालय झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर–६ मा रहेको छ। यस प्रतिष्ठानको उद्देश्यहरु यस बमोजिम रहेका छन्ः–

(क) पहुँचविहिनहरुका लागि निःशुल्क परामर्श सेवा उपलब्ध गराउने।

(ख) झापा जिल्लामा स्थानीय स्तरसम्म निःशुल्क आँखा शिविरहरु सञ्चालन गर्ने।

(ग) अन्य सरकारी, गैरसरकारी तथा विदेशी सङ्घ संस्थाहरुसँगको सहकार्यमा आँखाको स्वास्थ्य तथा आँखादान सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने।

(घ) विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य बमोजिम सन् २०२० सम्ममा विश्वबाट अन्धोपन निवारण गर्ने लक्ष्य प्राप्तिको लागि यस सम्बन्धी विभिन्न कार्यहरु गर्ने।

सोही क्रममा यस संस्थाले झापामा रहेका विभिन्न विद्यालयहरुमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका साथै यस दुर्गाचन्द्र मेमोरियल ट्रस्टले आँखादान सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको छ।

आँखादान सम्बन्धी सचेतनाका लागि यस संस्थाका प्रतिनिधिहरुले तिलगंगा आँखा अस्पतालबाट आँखादान सम्बन्धी तालिमहरु समेत लिइसकेका छन्। तालिमप्राप्त दक्ष व्यक्तिहरुको सहयोगमा हामीले आँखादान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौं।

मृत्युपश्चात गरिने आँखादान वा दृष्टिविहिनहरुले संसार देख्न पाउने महत्वका बारेमा सबैलाई जानकारी गराउने हाम्रो योजना छ। दुर्गाचन्द्र मेमोरियल ट्रष्ट नाफारहित सेवामूलक संस्था हो।

यसको लोगोको निलो रंगले सुख, शान्ति र उज्यालोलाई जनाउँछ। आँखा भनेको संसार हेर्ने चिज हो र सुन्दर संसार नियाल्नका लागि चाहिने हाम्रो आँखाको दृष्टि बचाउन तथा गुमेको दृष्टि फर्काउनका लागि कटिबद्ध भएर लागेको संस्था हो।


 

More form the Internet

loading...