Suvadin, Home

निर्वाचन सुरक्षा चनौतीः सरकार कहाँ चुक्दैछ?

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउने बित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर  गरेर ठालु बन्न खोज्ने प्रवृत्ति रहेको,‘ स्रोतले बताएको छ।
सुरक्षा समिति बैठक।

कुसुम पाैड्याल, काठमाडौं, मंसिर १९ – दाेस्राे चरणकाे प्रदेश सभा तथा प्रतिनिधि सभाकाे चुनावकाे  मिति नजिकिँएसँगै सुरक्षा चुनाैति थपिएकाे छ।

दिनानुदिन जसाे  नेता लक्षित बम प्रहारका  घटनाहरू भइरेका छन्। नेपाल प्रहरीका अनुसार कमजोर गुप्तचर संयन्त्रका कारण घटना अगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको दाबी गरेको छ।

चुनाव एक दिन मात्रै बाँकी रहेको समयमा बिभिन्न आपराधिक क्रियाकलाप नघटेका कारण सुरक्षा चुनौती झन झन् थपिएको छ।

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउने बित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर  गरेर ठालु बन्न खोज्ने प्रवृत्ति रहेको,‘ स्रोतले बताएको छ।

स्रोतका अनुसार ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ।

‘बलियो सुरक्षा व्यवस्था छ भन्नेमा जनता आश्वस्त नभएका कारण स्थानीय तहको निर्वाचनमा भन्दा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खस्यो,’ राजनीतिक विश्लेषकहरूको बुझाई छ। विश्लेषकहरु भन्छन्, ‘सुरक्षा व्यवस्था अझै कमजोर भयो भने दोस्रो चरणमा झनै कम मत खस्न सक्नेछ।’

पहिलो चरणको निर्वाचन अवधिभर धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइँदा पनि राजधानीको सुरक्षा व्यवस्था कमजोर देखिएको हो। पहिलो चरणको निर्वाचनलगत्तै काठमाडौंमा उच्च सुरक्षा सतर्कता नबढाइएकाले नेकपा विप्लव समूहले त्यसैको फाइदा उठाएको प्रहरी अधिकारी बताउँछन्। 

राजधानीमा विस्फोट गराउन प्रयोग भएका विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा जम्मा गरिएको प्रहरी स्रोतको दाबी छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार राति मात्रै उपत्यकाका १८१ स्थानमा सुरक्षा जाँच र खानतलासी गरिएको थियो।

काठमाडौंका ११४, ललितपुरका ३९ र भक्तपुरका २८ स्थानमा आइतबार साँझदेखि सोमबार बिहानसम्म दुई चरणमा खानतलासी गरिएको थियो।

प्रहरीले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका जगाती, फर्पिङ, नागढुंगा, जर्सिङपौवा, टोखा, मुड्खु, भैंसेपाटीलगायत सबै नाकामा सुरक्षाजाँच कडा पारेको छ।

सुरक्षा जाँच कडा भएपनि देशैभरि बम विस्फोटका घटना नरोकीएका कारण मंसिर २१ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधी सभाको चुनाव भयरहित वातावरणामा जनताले भोट हाल्ने वातावरण पक्कै पनि सिर्जना भएको छैन।

नेकपा माओवादी पार्टी नेत्रबिक्रम चन्द विप्लव पक्षले चुनाव बिथोल्ने गतिविधि गरेको भएपनि सबै घटनाको जानकार छैन।

राजधानी भित्रिने नाकामा कडा सुरक्षा जाँच र उपत्यकामा विप्लव समूहमाथि कडा निगरानी बढाइँदा पनि एकपछि अर्को विस्फोटका घटना कसरी सम्भंव भयो त ? प्रश्नकाे  विषय  उठेकाे छ,तर सराेकारवाला निकायले कमजाेर संयन्त्रका  कारण देखाएकाे छ। राजनितिक  सुरक्षा बिश्लेषकहरूले  सुरक्षा निकाय चुक्नुका कारणहरु निम्न  छन्।

१, गुप्तचर संयन्त्र फितलो हुनु,

२, सुरक्षा निकायबीचको समन्वय कमजोर रहनु,

३, पहिलो चरणमा धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइनु,

४, जाँच र खानतलासी प्रभावकारी नहुनु,

५, विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा हुनु,

६, विस्फोटमा भाडाका अपराधी प्रयोग हुनु,

७, नेकपा माओवादी  विप्लव समूह लाई हेर्ने प्रष्ट सरकारी  दृष्टिकोण नहुनु।   

भयरहित वातावरणमा चुनाव  गराउनु सरकारको कर्तब्य हो,र पूर्ण मताधिकारको अधिकतम् उपयोग गर्दै आफ्नो चुनेको उम्मेद्वार लाई भोट दिनु नागिरक को अधिकार हो। 

भयरहित वातावरणमा सबै मतदाताहरुले भोट हाल्नको लागि सरकारले चुस्तदुरुस्त सुरक्षाको प्रत्याभुति दिलाउनु आवश्यक र सरकारलाई चुनौतीको विषय बनेको छ। यस  बिषयमा सरकारले  विषेश ध्यान दिनु अावश्यक छ। 


 

More form the Internet

loading...