Suvadin, Home
Nepal life 3.285M

पारिवारिक निजी वनः गर्नैपर्ने केही काम

वन के हो भन्नेबारे जानकारी भएपनि पारिवारिक निजी वनको अवधारणाबारे जनस्तरमा प्रष्टसँग बुझाउने काम हुन सकेको छैन। व्यक्ति र परिवारको जीवनमा यसको निकै ठूलो र दुरगामी महत्व छ भन्ने बुझाउन नसकेसम्म यो क्षेत्रले अपेक्षित व्यापकता प्राप्त गर्न सक्ने छैन। नेपाल प्राकृतिक रुपमा सम्पन्न छ। यहाँको प्राकृतिक विविधताको उचित ढंगले उपयोग गर्न सकियो भने मात्रै पनि त्यसले आर्थिक विकासको बाटो पहिल्याउन सक्छ भन्ने कुरालाई सबैभन्दा पहिले त सरकारले बुझ्नु जरुरी छ।
निजी वन।

भरतमणि पौडेल 


‘पारिवारिक निजी वन’ के भनेको बाबु यो? म गत साता गुल्मी पुग्दा एउटी आमाले यस्तो प्रश्न गर्नुभयो। मैले पारिवारिक निजी वनबारे बुझेको शैलीमा तपार्इको जमिनमा जे जति रुख विरुवा, जडिबुटी छन्, यही नै पारिवारिक नीजि वन हो भने। तर, मेरो जवाफले उहाँको चित्त बुझेन जस्तो लाग्यो। अर्थात् यसो भनौं मेरो जवाफले उहाँ प्रष्ट हुन सक्नु भएन। मेरो यो अनुभवले के भन्छ भने पारिवारिक निजी वनको अवधारणाबारे स्पष्टताको अभाव छ। पारिवारिक नीजि वनबारे बुझेकाहरुले समेत यसबारे आम सर्वसाधारणमा पर्याप्त जानकारी पुर्याउन सकिरहेका छैनन्।

वन के हो भन्नेबारे जानकारी भएपनि पारिवारिक निजी वनको अवधारणाबारे जनस्तरमा प्रष्टसँग बुझाउने काम हुन सकेको छैन। व्यक्ति र परिवारको जीवनमा यसको निकै ठूलो र दुरगामी महत्व छ भन्ने बुझाउन नसकेसम्म यो क्षेत्रले अपेक्षित व्यापकता प्राप्त गर्न सक्ने छैन। नेपाल प्राकृतिक रुपमा सम्पन्न छ। यहाँको प्राकृतिक विविधताको उचित ढंगले उपयोग गर्न सकियो भने मात्रै पनि त्यसले आर्थिक विकासको बाटो पहिल्याउन सक्छ भन्ने कुरालाई सबैभन्दा पहिले त सरकारले बुझ्नु जरुरी छ।

प्राकृतिक विविधताको संरक्षण गर्दै पारिवारिक निजी वनलाई आर्थिक विकासमा उपयोग गर्ने वातावरण तयार पार्ने काममा सम्बद्ध सबै पक्ष लाग्नुपर्छ। व्यक्ति, परिवार, समूदाय र राज्य सबैले पारिवारिक नीजि वनको अवधारणालाई बुझेर सोही अनुसारका अभ्यास गर्ने हो भने यसले आर्थिक समृद्धिको दिशा तय गर्न सक्छ।

पारिवारिक निजी वनको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको क्षेत्रमा विश्वमा निकै धेरै कामहरु भएका छन्। पारिवारिक निजी वनको अवधारणालाई सही ढंगले आत्मसात् गरेकै कारण कतिपय देशहरुले यो क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण पक्ष बनाएका छन्। नेपालको सन्दर्भमा यो क्षेत्रको विकासका लागि केही प्रयासहरु भएपनि ति पर्याप्त छैनन्। पारिवारिक निजी वनको संरक्षण, सम्बर्द्धन र विकासमा राज्यस्तरबाट केही प्रयासहरु भएपनि कार्यान्वयनको पक्ष फितलो देखिन्छ।

सरोकारवालाहरुको भनाईलाई मान्ने हो भने पारिवारिक निजी बनकोे सन्दर्भमा कतिपय नीति, नियमहरुमा पुनरावलोकनको आवश्यकता छ। हाम्रो जीवनमा कुनै न कुनै रुपमा वन, त्यसबाट उत्पादित काठ, दाउरा, जडिबुटीको प्रयोग भइरहेकै छ। हिमाली, पहाडी र तराई क्षेत्रमा आज पनि वनप्रति निर्भर ठूलो समुदाय छ।

ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाले कुनै न कुनै रुपमा सामुदायिक वा पारिवारिक बनको उपयोग गरिरहेका छन्। तर, यही पारिवारिक निजी वन आर्थिक विकासको एउटा गतिलो, बलियो र भरपर्दो माध्यम हुनसक्छ भन्ने कुरालाई पुरै बेवास्ता गरिँदा यसप्रति निर्भर ठूलो समूदाय निराश छ।

पारिवारिक निजी वनको विकासमा स्रोत साधनको अभाव समस्या होइन। भएका स्रोत साधनको उचित प्रयोगका लागि उपयुक्त वातावरण बनाउन राज्यले भूमिका खेल्न सक्ने हो भने यो क्षेत्रको समुचित विकास हुनसक्छ। यो दायित्वमा राज्य चुक्नासाथ पारिवारिक नीजि वनको सन्दर्भमा देखिएका सम्भावनाहरु समाप्त हुन सक्छन्। हामीले पारिवारिक निजी वनको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने र त्यसलाई आर्थिक विकाससँग जोड्ने गरी नीतिहरु तय गर्न सक्यौं भने यसले समुदायको आर्थिकस्तरलाई माथि उठाउने छ। 

सामुदायिक र पारिवारिक निजी वनको विकासमा सक्रिय केही कृषकहरुको प्रयासले मात्र यो क्षेत्रको समग्र विकास सम्भव छैन। यही तथ्यलाई बुझेरै पारिवारिक निजी वन संघ नेपाल एफ्फोनले नीति निर्माण र कार्यान्वयनको सन्दर्भमा सरकारमाथि दबाब सिर्जना गर्दै आएको छ। पारिवारिक निजी वनको विकासमा रहेका नीतिगत चुनौति र व्यावहारिक कठिनाई अन्त्यका लागि एफ्फोन लगायतका संस्थाहरु बारम्बार ध्यानाकर्षण गराउँदै आएको अवस्थामा मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेको छ। संघीय शासन प्रणालीको सफलता धेरै हदसम्म स्थानीय स्रोत साधनको परिचालनमा निर्भर हुनेछ। 

पारिवारिक निजी वन स्रोतलाई धितोको रुपमा स्वीकार गरेर ऋण दिने व्यवस्था मिलाउन सकियो भने यसले अर्थतन्त्रमा थप योगदान त पुर्याउने छ नै साथमा हरित अर्थतन्त्र निर्माणको अभियानले पनि व्यापकता पाउनेछ। जसले दूरदराजका गाउँहरुमा पनि आर्थिक विकासको आधार खडा गर्न सक्नेछ। यसतर्फ नीति निर्माताहरुको ध्यान जाओस्।


 

More form the Internet

loading...