Suvadin, Home

यहाँ देशकाे छ चिन्ता...
देश रोएको छ, सबै जुटाैं

मुलुक विसम परिस्थितिमा छ। चुप लागेर बस्ने बेला होइन।  यतिबेला देश डुबेको छ। तराई आहाल बनेको छ, डुबेको मात्र छैन रोएको छ। देशलाई जोगाउन आफूले जे गर्न सकिन्छ त्यही गरौं। आफैबाट सुरुवात गरौं। पहल कदमी थालौं। जे सकिन्छ आर्थिक, भौतिक, नैतिक सहयोग गरौं। आँखिर राहत भनेको राहत नै हो। तराई अनि मधेस नरेह हिमाल, पहाडको छिंडी खै? आगन खै? देश हाम्रै हो। कुनै अमुख दलालको आशा र भरोसामा देश नछोडौं। यीनले कागले गिद्ध लुछे जस्तो गरेका छन् देशलाई। देशलाई यसै नछाडौं। यो विसम परिस्थितिलाई हामी सबै मिलेर सामान्य बनाऊ।
समाजसेवी एवं हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ बाढीपीडितकाे उद्धारमा। फाेटाे धुर्मुस सुन्तली फाउन्डेशनकाे फेसबुकबाट।

एलिजा हुमागार्इँ


मुलुकमा फेरि एकपटक विपत्ति आइलागेको छ। राजधानीमा तीज लाग्दा तराईमा बाढी।

सबैलाई चटारो परेको छ। हामीलाई पनि चटारैचटारो। हतारहतारमा प्लेन चढेर आफ्नै मुलुक फर्किहालौं कि जस्तो। कहिलेकाहीँ हिँडदाहिँडदै नेपालमै छु कि जस्तो पनि भान हुन्छ।

हुन त यो परदेशीको देशप्रतिको माया अनि ममता हो। १८ वर्ष टेकेको भोलिपल्ट पासपोर्ट बनाएर विदेश हानिनु नेपाली युवाजनको रहर होइन बाध्यता हो। नियति नै बनेको छ, नेपाली युवाको। 

अब सिधै विषय प्रवेश गरौं। मुकदर्शक सरकारको। मैले यस्तो भन्दै गर्दा सबै चिज सरकारले नै गर्नुपर्छ भन्न खोजेको पक्कै पनि होइन। कम्तिमा बाढीबाट प्रताडित भोकभोकै बस्न विवस आफ्ना नागरिकलाई राहत त उपलब्ध गराउन सक्नु पर्थ्यो। पीडितको उद्धारमा तीब्रता त दिन सक्नुपर्थ्यो।

तर, हाम्रो सरकारले भने सक्ने पनि गरेन भन्ने एक प्रकारको चित्त दुखाई र आक्रोश हो। भोलि तराई–मधेसबाट कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र होइन मधेस केन्द्रीत दलले पनि त्यहीँकै जनतासँगे भोट माग्नुपर्ने छ।चुनावका लागि भोट माग्न जाँदा ती विवस आत्माहरूलाई कसरी मुख देखाउने होलान यी नेताहरूले। 

 

नेपालमा एक सादगी छन् प्रा.डा. गोविन्द केसी। जो सपना देख्छन तीन करोड नेपालीको। त्यही भएर त उनी पटकपटक अनशन बस्छन् चिकित्सा शिक्षा क्षेत्रको विकृति अन्त्य र तिथि बसाल्न।

 

मंगलबार मात्र ११औं अनशन २३औं दिनमा तोडे। कारण सरकारसँग सहमति सम्झौता गरेर होइन बाढीबाट प्रताडित नागरिकको उद्धार र राहतमा सहयोग होस् भनेर। उनी अहिले आईसीयूमा छन्।  यदी डा. केसीको सपना तुहियो वा उनले सपना देख्न छोडे भने भावि पिढीँलाई के उत्तर दिन्छ होला यो सरकारले?

मेरो पारिवारिक पृष्ठभूमि कांग्रेसको हो। म पनि प्रजातन्त्र र लोकतान्त्रिक मूल्यमान्यतालाई अनुसरण गर्छु। यस मानेमा म कम्युनिष्टहरूको आलोचक र विरोधि भने पक्कै होइन। तर, यस घडीमा म नेपालका हरेक नेता, मन्त्री र सरकारी कर्मचारीसँग रुष्ट छु। मुलुकको यो परिस्थितिमा कुनै राजनीतिक दलका अमुख नेताको नाम नै किटान गरेरयो ठीक त्यो बेठीक बोल्न थालेँ मैले आफैमाथि अन्याय गरेको ठहरिनेछ। 

यद्यपी, दुई नेतृबारे आलोचनासहितको आफ्नो धारणा राखे। चर्चाको शिखर मात्र होइन प्रतिस्पर्धामा आएर काठमाडौंको मेयरमा हारेकी रञ्जु दर्शनाको कार्य सराहनीय छ। तर, यो उनको हकमा भने अप्रयाप्त छ। रञ्जुले मान्छे मात्र चिनेकी छैनन् सम्भावना पनि बोकेकी छन्। आगामी दिनमा रञ्जुका पाइला दूरगामी हुन्छन् कि हुँदैनन् त्यो भने भविष्यले नै बताउने छ। 

उता, भरतपुर महानगरको मेयर बनेकी प्रचण्ड पुत्री रेणु दाहालले यतिबेला चितवनको अवस्था सपारिसक्नुपर्ने हो। चुनाव जित्न ‘रात रहे अग्राख पलाउँछ’ भन्नेले असाहय जसले भोट दिएर जिताए उनीहरूलाई किन ‘Rome Wasn’t Built In a Day’ यो कुरा बुझ्न नसकेर म असमञ्जस भएकी छु। त्यसमाथि देशमा विपत्तिले उत्तिकै चेतावनी दिएको छ। त्यति हुँदा पनि ती जनताको मुहारमा अझै हाँसो भाव झल्किन्छ।  हाँसो दुई थरीको हुन सक्छ। एक ‘जसो जसो बाहुन बा। उसो उसो स्वाहा’ र अर्काे चाहीँ सरकारलाई ब्यंग्यात्मक उत्तर।

हुन त मुलुकमा पाँच हजार बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रहेका छन्। उनीहरूले गरिरहेको काम केही हदसम्म सराहनीय छ। तर, देशमा आजसम्म जसले जे जति गरे त्यो अप्रयाप्त रह्यो। अझ यो विपतको बेलामा त ‘हात्तिको मुखमा जिरा’ उखानको चरितार्थ स्पष्ट हुन्छ।

विधिको शासन हुँदै नभएको देशमा जुनसुकै प्रणाली अबलम्बन गरेर राजनीति गरेपनि मुलुक र जनताको हालत ‘कुवाको भ्यागुत्तो कुवाको कुवै?’ जनताका छोराछोरी जस्तो हालतमा होउन मतलब हुँदैन। मतलब हुन्छ त केवल आफ्ना छोराछोरीको।छोराछोरीलाई शिखर चढाउने धाउन्नमा हुन्छन।

राजतन्त्रको अन्त्य भयो भनेर जनताको आँखामा छारो हालेर  आफ्ना साखासन्तानलाई राजनीतिमा ल्याएर घरमा घ्याम्पो भन्यो। स्वच्छ मन अनि निःस्वार्थ भावले म राजनीति गर्दैछु भनेर हामीसँग भन्न आउने आँट कुन नेताको छ?

 

नाकाबन्दीका बेला भारतसँग नझुक्ने भनेर भनिएका केपी’ बा के गर्दैछन्?  र, झन अहिले नेपाल आमाले ‘लौ  बुबु खाउ’ भनेर दिएको लिटो जस्तो ओल्टाई पल्टाई गर्ने ‘भारत परस्त’ भनिएका प्रधानमन्त्री शेरबहादुर देउवा के गर्दैछन?यो घडीमा पनि बाढीपहिरोबाट प्रभावित जनताको घाउमा मल्हम लगाउन नसक्नेले बालुवाटार छोडेर बुढानिलकण्ठतिरै लागे हुन्छ।

 

नेताहरुले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बाट पाठ सिके हुन्छ। सरकारले भूकम्प पछिको पुनर्निर्माण गर्न सकेको छैन। धुर्मुस–सुन्तलीले तीन वटा नमूना बस्ती मात्र बनाएका छैनन् अहिले बाढी आउदा धुर्मुस तराई झरेका छन्। बाढीपीडितको घाउमा मल्हम लगाउँदैछन्। ६०१ सांसदले पाठ सिक्न जरुरी छ।

कतिन्जेल चन्दादाता र सहयोगीको भरमा चल्ने। न त देशको स्वाभिमान छ।  चीनले हावा ल्याएको भरमा हल्लिने र  भारतले थपडी बजाएको भरमा नाच्ने राजनीतिज्ञ र पार्टीको प्रवृत्ति अन्त्य हुन जरुरी छ। गायक दीपक लिम्बुले भनेझै यहाँ देशकाे छ चिन्ता। अहिले कुर्सीकाे हाेइन देशकाे चिन्ता गरा्ैं।

मुलुक विसम परिस्थितिमा छ। चुप लागेर बस्ने बेला होइन।  यतिबेला देश डुबेको छ। तराई आहाल बनेको छ, डुबेको मात्र छैन रोएको छ। देशलाई जोगाउन आफूले जे गर्न सकिन्छ त्यही गरौं। आफैबाट सुरुवात गरौं। पहल कदमी थालौं। जे सकिन्छ आर्थिक, भौतिक, नैतिक सहयोग गरौं। आँखिर राहत भनेको राहत नै हो। तराई अनि मधेस नरेह हिमाल, पहाडको छिंडी खै? आगन खै? देश हाम्रै हो। कुनै अमुख दलालको आशा र भरोसामा देश नछोडौं। यीनले कागले गिद्ध लुछे जस्तो गरेका छन् देशलाई। देशलाई यसै नछाडौं। यो विसम परिस्थितिलाई हामी सबै मिलेर  सामान्य बनाऊ।
 


 

More form the Internet

loading...