Suvadin, Home

Cover Image

खानपान र हाम्रो स्वास्थ्य

उमेर बढ्दै गएपछि र स्वास्थ्यमा समस्या देखिन थालेपछि के खानु हुन्छ के खानु हुँदैनको ख्याल अलि बढी नै हुन थाल्यो। पहिला जे भएपनि अघाउजी खान पाए पुग्थ्यो। अहिले अघाउजी अर्थात् पेटभरि खानु नहुने रहेछ भन्ने थाहा भएको छ। पहिला जे खाएपनि हुन्छ जस्तो लाग्थ्यो तर अहिले सन्तुलित आहार भयो कि भएन भनेर सोच्ने गर्छु। सन्तुलित आहार जस्तो कि मेरो दिनभरिको खानामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिनको सन्तुलन भए–नभएको विचार गर्छु।
लेखक रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


कुनै समय थियो घरमा जे पाक्छ त्यही खायो। तर अहिले समयले हामीलाई घरको खानामा सीमित गरेको छैन। उहिले घरमा जे पकाइन्थ्यो त्यो प्रायः आफ्नै खेतबारी, भीरपाखा, खोलाखोल्सी र गोठको हुने गर्थ्यो। मिठोमसिनो खान चाडवाड पर्खनुपर्थ्यो। त्यो पनि सबैलाई सहजै जुर्ने कुरै भएन। बजारमा किनेर खाने चलन उति थिएन। कतै टाढा जानु पर्यो, बास बस्नु पर्ने भयो भने चिनेजानेका घरमा पाहुँना लाग्ने र त्यस्तो सम्भव नभए नचिनेका मानिसकै घरमा बास माग्ने, आफैँ पकाएर खाने वा जे दिन्छन् खाने चलन थियो। अहिले यो कुरा उहिलेको चलन भयो। त्यो समयमा खानाका लागि सीमित कुराहरु मात्रै उपलब्ध थियो। तर शुद्ध थियो। प्राकृतिक थियो। हामीलाई अहिले लागेको छ त्यो समयको तुलनामा हामीले धेरै विकास गर्यौं। हो, विकास गरेका छौं, तर हामी प्रकृतिको अनुपम उपहारलाई स्वादका लागि, नाफाका लागि, देखाउनका लागि, छिटोका लागि, सजिलोका लागि, धेरै फलाउनका लागि निकै बिगारिसकेका छौं। यसले हाम्रो स्वास्थमा गम्भीर असर देखाइरहेको छ।

आजकाल शहरको बसाई बढेको छ। शहरमा मात्रै होइन गाउँतिर पनि भान्सामा पाक्ने धेरै परिकार बजार भएर आउँछ। म आफैँ कुनै समय स्वास्थको बारेमा कुनै ख्याल गर्दिनथिएँ। उमेर बढ्दै गएपछि र स्वास्थ्यमा समस्या देखिन थालेपछि के खानु हुन्छ के खानु हुँदैनको ख्याल अलि बढी नै हुन थाल्यो। पहिला जे भएपनि अघाउजी खान पाए पुग्थ्यो। अहिले अघाउजी अर्थात् पेटभरि खानु नहुने रहेछ भन्ने थाहा भएको छ। पहिला जे खाएपनि हुन्छ जस्तो लाग्थ्यो तर अहिले सन्तुलित आहार भयो कि भएन भनेर सोच्ने गर्छु। सन्तुलित आहार जस्तो कि मेरो दिनभरिको खानामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिनको सन्तुलन भए–नभएको विचार गर्छु। पहिला तिर्खा लाग्दा पानी पिउने गर्थें। तर अहिले पानी त तिर्खा नलागे पनि बारम्बार पिउनु पर्ने रहेछ भन्ने थाहा पाएँ।

हामीले अलिकति धैर्य गर्यौं। नानीलाई अति नै मायालु पाराले चाउचाउभन्दा जाउलो माम धेरै राम्रो भनेर सम्झायौं। हामीले घरमा कहिलेकाही खाने गरेको चाउचाउको खाजा बन्द गर्यौं। कहिलेकाही नानीलाई चकलेट किनेर दियौं। तर, बाँडेर खान सिकायौं। यसो गर्दा उनले थोरै चक्लेटमात्रै खान्थिन्। सँगसँगै उनको बाँडेर खाने संस्कारको विकास हुँदैछ। फेरि चकलेट किन्ने पालो आएको छैन भनेर सम्झायौं। उनले मानिन्।

अहिले आहार र स्वास्थ्यका बारेमा लेखिएका लेखहरु खोजेरै पढ्ने गरेको छु। गाउँघरमा आहारको बारेमा मानिसमा भएको चेतनालाई मसिनो गरी नियाल्न मन लाग्छ। एक दिन ४ वर्षकी मेरी नातिनी आभाले स्कूलमा टिफिनमा लगेको जाउलो माम खानै मानिन्छन्। बुहारी बन्दनाले आएर आज नानीले जाउलो खान मानिन भनिन्। मैले सोधेँ किन? उनले भनिन् – ‘उसका साथीहरुका लागि धेरैले लगभग सबैजसोले चाउचाउ ल्याएका हुने रहेछन् र आभाले पनि चाउचाउ नै चाहिन्छ’ भनेकी रहिछन्। हामी अलिकति चिन्तित भयौं। एकदिन बिहानै नातिनीले म पनि चिया र बिस्कुट खान्छु भनेर झगडा गरिन्। बजारको बसाई पसलमा जाने बित्तिकै उनलाई किण्डरज्वोए मिठाई वा यस्तै चाहिन्छ भनेर जिद्दि गर्न थालिन्। कुनै पनि बाबुआमा र हजुरबाबु हजुरआमा आफ्ना नानीहरु रोएको, झगडा गरेको हेर्न सक्दैनन्। त्यसैले उनको डिमाण्ड पूरा गर्दिन तयार हुने गर्छौं। यस्तो डिमाण्ड पूरा गर्दै जाँदा नानीहरुको स्वास्थ्यमा गम्भीर असर पर्छ।

हामीले अलिकति धैर्य गर्यौं। नानीलाई अति नै मायालु पाराले चाउचाउभन्दा जाउलो माम धेरै राम्रो भनेर सम्झायौं। हामीले घरमा कहिलेकाही खाने गरेको चाउचाउको खाजा बन्द गर्यौं। कहिलेकाही नानीलाई चकलेट किनेर दियौं। तर, बाँडेर खान सिकायौं। यसो गर्दा उनले थोरै चक्लेटमात्रै खान्थिन्। सँगसँगै उनको बाँडेर खाने संस्कारको विकास हुँदैछ। फेरि चकलेट किन्ने पालो आएको छैन भनेर सम्झायौं। उनले मानिन्।

ठिक्क अर्थात् हाम्रो बुझाईमा थोरै तर सन्तुलित आहारले स्वास्थ्य राम्रो हुने रहेछ भन्ने लागेको छ। थोरै खाए बल, धेरै खाए मल भनेको अर्थ अहिले बुभ्mदै छु। बढ्दो उमेरमा अलि बढी, बयस्कलाई ठिक्क र घट्दो उमेरमा थोरै खाना उपयुक्त हुने रहेछ भन्ने बोध भएको छ। जब हामी शरीरका लागि नभई जिब्रोका लागि आहार लिन्छौं तब रोग लाग्नु स्वाभाविक हुन्छ। मेरी मावलकी हजुरआमाले भनेको सुनेको थिएँ कस्तो खाइलाग्दो ज्यानको रहेछ। आमाले मलाई सधैं जस्तो यो त दुब्लायो भनेर चिन्ता गरेको सुनेको छु। पहिला मोटो ज्यान र अलिकति उठेको पेट (भुँडी) सम्पन्नताको र सुखको प्रतिक मानिन्थ्यो। मेरी हजुरआमा र आमाको भनाई र चिन्तामा त्यो झल्कन्थ्यो। तर अहिले मोटो ज्यान रोगी ज्यान र उठेको पेट झन् रोगको घर भएको छ।
पहिले पुगिसरी आउने र हुने खानेले मात्रै खाने गरेको धानको भात, मासु, चिनीको गुलियो, मैदाका परिकार, बजारे खाजा (फास्टफुड), जुस, कोल्ड ड्रिंस आदि अहिले धेरैका पहुँचमा छ।

जसको पहुँचमा छैन उसले पनि देखाउनकै लागि भएपनि यस्ता वस्तुको उपयोग बढाएका छन्। चामलको भात हाम्रो मुख्य खाना हो। त्यो चामल पनि अति राम्रो बनाउने क्रममा फाइबर लेस बनाएछौं। गहुँको आँटामा भन्दा मैदामा फाइबर अति कम हुने वा नहुने कारणले यस्ता फाइबर लेस वस्तु पच्न गाह्रो हुने रहेछ। पचाउन सजिलो हुने फाइबर सहितको खाद्यवस्तुलाई स्वादिलो र हेर्नको लागि राम्रो बनाउने नाममा अहिलेको चामल पालिसवाला चामल बनेछ। आँटाको ठाउँमा मैदाले रजाई जमाएछ। फलको फाइबर (पचाउने वस्तु) फालेर झोलमात्रै खानाले एक त शरीरलाई चाहिनेभन्दा बढ्ता क्यालोरी प्राप्त भयो। यदि फलसँगै खाएको भए फाइबरसँग आउने फलको रस कम हुने र पचाउन फाइबरले मद्दत गर्ने थियो। 

तर, पचाउने बस्तु बाहिरै छाडियो र पच्न गाह्रो हुने हाई प्रोटिन, भिटामिन मात्रै भित्र गयो। अर्को फलको रसको नाममा फलको प्mलेबर भएको सेतो चिनीको घोल खानाले शरीर बिग्रनु स्वाभाविक हुने भयो। तेल घ्यूमा तारेका, भुटेका मैदाका खाद्य परिकार, पोलेको मासु जिब्रालाई अति मनपर्ने वस्तु हुन्। तर, शरीरको पाचन प्रणालीमा यिनै वस्तुले समस्या ल्याउने रहेछन्। विषादिले टम्म भरिएका ताजा र हेर्दा सलक्क परेका फलपूmल, तरकारी, फाइबर लेस चामल र मैदाको परिकार, जताततै चिनिको अधिक प्रयोग र सेवन, वाहिरको धुलो, धुँवा, म्याद गुज्रेका र मिसावटले भरिएका खाद्यको जताततै बोलवाला, पचाउन सहयोगी हुने शारिरिक श्रमको न्युनता आदि जस्ता कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्यो। त्यसैले डाक्टरको भाउ बढ्यो, अस्पतालका लागि लगानि बढाउनु परेको छ। धेरै डाक्टर चाहिएको छ, धेरै अस्पताल खोल्नु छ। धेरै औषधिको व्यापार चाहिएको छ। यसका लागि राज्यको र व्यक्तिको धेरै सम्पति खर्च गर्नु पर्ने अवस्था छ। अर्कोतिर शरीर बिरामी भएपछि खर्च बढी र उत्पादकत्व कम हुन्छ नै। समाज त्यतैतिर जाँदैछ।

हामी जानेर वा नजानेर, व्यापारीले नितान्त आफ्नो फाइदाका लागि सिर्जना गरेको विज्ञापनले देखाएको बाटोमा हिँडिरहेका छौं। आप्mना उत्पादनको खपत बढाउन यस्ता कम्पनीले उपयोगकर्ताको सामाजिक मूल्य बढाउने गरेका छन्। जस्तै तपाई हामी पाहुनालाई स्वागत गर्दा पाउनाको मनमा असल भाव परोस् भन्ने चाहन्छौं नै। यसका लागि मोहीको प्याकेटले होइन कोकाकोलाको झोलले मात्रै यस्तो भावको सिर्जना गर्ने अवस्था छ। किन?

विज्ञापनको सबैभन्दा बढी असर बालबालिकामा पर्ने गर्छ। घरको चलन, समाजको चलनलाई बालबालिकाले छिटो अनुशरण गर्छन्। हामीलाई त स्वास्थको कुराभन्दा जिब्रोको कुरा सुन्ने बानी छ भने बालबालिकामा त्यो नहुने कुरै भएन। पहिला आफैँले अलिकति मिहेनत गरेर के ठिक के बेठिक भनेर छुट्याउने र व्यवहारमा लागू गर्न सक्यौं भने हामी नानीहरुलाई राम्ररी, मायालु पाराले, पटकपटक गरेर सम्झाउन सक्छौं। यसले जीवनभरिको फाइदा हुन्छ। अलिकति मिहेनत त गर्नुपर्छ। सजिलो नहुन सक्छ। 

आहारका लागि जे जुटाइन्छ र जुट्छ त्यो सन्तुलित मात्रै होइन शुद्ध, ताजा, विषादिमुक्त हुन जरुरी छ। तर, आज सबैलाई र सहजै राम्रो आहार सामग्री पाउन सजिलो छैन। हामीमध्ये धेरै बजारिया सस्ता, आकर्षक र विज्ञापनको प्रभावमा परेर स्वास्थका लागि अहितकर र महँगो मूल्य तिर्न पुगेका छौं। कतिपय अवस्थामा खास प्रकारको खाद्य पदार्थको प्रयोग सामाजिक प्रतिष्ठासँग जोडिएको कारण हामी प्रतिष्ठा कायम गर्न स्वास्थ्य बिगार्न पछि पर्दैनौं। जस्तै कोकाकोला पिउँदा गर्विलो महसुस गर्नेले मोही पिउँदा त्यो गर्व गर्न सक्दैन। वास्तवमा स्वास्थ्यका लागि कोकाकोलाभन्दा मोही हर हिसाबले उपयुक्त हो।

बजारमा उपलब्ध खाद्य पदार्थको बारेमा सही जानकारीको अभावमा अस्वस्थ खाद्य पैसा तिरेर खाइरहका छौं। यस्ता खाद्य पदार्थका बारेमा केही भ्रम, केही विश्वास, केही प्रचलन र परम्परालाई हामीले निरन्तरता दिएका छौं। जस्तै विज्ञापनको विश्वासमा हर्लिक्सलाई अपनाउछौं। शुद्ध दुधको भ्रममा प्रशोधित दुधको बदलामा खुल्ला दुधलाई अपनाउने जमात अहिले पनि ठुलो छ। प्रशोधित पानीमा बानी परिसकेको समाज प्रशोधित दुधमा विश्वास गर्न अभैm सकिरहेको छैन।

खाद्यका परिकारको शुद्धतामा हामी निकै पछि छौं। मासु फ्रोजन गरेर मात्रै खानु उपयुक्त हुन्छ भन्ने बुझेकै छैनौं। हामी त बिरामी पश्ुलाई हत्तपत्त बध गरेर मासु भाग लगाएर खाने युगबाट पुरै माथि उठिसकेका छैनौं। बजारमा पाइने खाद्य पदार्थ ढुक्कले किनेर खान सक्ने अवस्था छैन। अनुगमन, नियमन, परीक्षण गरेर स्वास्थकर खानामात्रै बेच्न पाइने नियम बसाउने र कडाईका साथ पालना गराउने जिम्मा सरकारको हो। तर सरकार (तिनै तहको)मा बस्नेको चेतना जुनस्तरको छ यसको कार्यान्वयन त्यही तहको हुन्छ। बजारमा बेचिने र किनिने धेरै अस्वस्थकर खाद्यवस्तुको प्रयोगले हाम्रो स्वास्थ्य कस्तो छ भनेर अनुमान गर्न सक्छौं।

सरकार, आममानिसको स्वास्थका लागि जुनस्तरको लगानी अस्पताल, औषधि, उपकरण र जनशक्तिमा भइरहेको छ त्यसको सानो हिँस्सा हाम्रो आहार र हाम्रो स्वास्थ्यका बारेमा जनचेतना बढाउन, अस्वस्थकर खानपानको सट्टा स्वस्थ खानपानका बारेमा जानकारीमूलक कार्यक्रम उत्पादन र प्रचार गर्न, अस्वस्थकर खाद्य परिकारको खुला बेचबिखनमा नियन्त्रण गर्न, स्वस्थकर खानपान र जीवनशैलीका बारेमा जानकारी दिने कार्यक्रम मात्रै गर्दा पनि धेरै फाइदा हुने थियो।


 

More form the Internet

loading...