Suvadin, Home

प्रा.डा. गाेविन्द केसीः हामी तपार्इकाे साथमा छाैं
सत्याग्रह सफल पाराैं, मेडिकल माफियाहरू हाेसियार !

डा. केसी जनताकाे स्वास्थ्य परीक्षण निःशुल्क गर्छन्। निःशुल्क औषधि बाँड्छन्। सरकारी खर्चमा होइन, कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन, आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चन्छन्। डा. केसी पटक–पटक अनशन बस्छन्। उनको माग पूरा गर्ने सहमति हुन्छ, अनशन तोडिन्छ। फेरि ती सहमति कार्यान्वयन हुँदैनन्, उनी आन्दोलनको सोही प्रक्रिया अवलम्बन गर्छन्।
अनशनरत प्रा.डा. गाेविन्द केसी र लेखक हरि तिमिल्सिना।

हरि तिमिल्सिना


गोविन्द केसी पेशाले प्राध्यापक तथा हाडजोर्नीका वरिष्ठ शल्यचिकित्सक हुन्। उनी कम्तीमा वर्षको दुई पटक झोलामा १५–२० केजी औषधि बोकेर पहाडका उकाली–ओराली र तराईका समथर मैदानमा निमूखा जनताको उपचार गर्न निस्किन्छन्।

डा. केसी जनताकाे स्वास्थ्य परीक्षण निःशुल्क गर्छन्। निःशुल्क औषधि बाँड्छन्। सरकारी खर्चमा होइन, कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन, आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चन्छन्। डा. केसी पटक–पटक अनशन बस्छन्। उनको माग पूरा गर्ने सहमति हुन्छ, अनशन तोडिन्छ। फेरि ती सहमति कार्यान्वयन हुँदैनन्, उनी आन्दोलनको सोही प्रक्रिया अवलम्बन गर्छन्।

डा. केसी यसरी अनशन बसेको-बस्यै गरिरहँदा त्यसबारे सर्वसाधारणमाझ अनेक भ्रम छन्। नेपालको चिकित्सा क्षेत्रलाई आफ्नो काबुमा राखिरहन चाहने मेडिकल माफियाले पनि भ्रम फैलाइरहेका हुन्छन्।

धेरै सर्वसाधारणमा डा. केसी किन अनशन बसिरहन्छन्? आन्दोलन गर्ने अरु तरिका छैनन् र? लगायतका जिज्ञासा रहेको देखिन्छ। एक शब्दमा भन्दा डा. केसीले अरुलाई दुःख दिन चाहँदैनन्, आफ्नै ज्यानलाई भोको र प्यासी बनाएर विकृति बढार्न चाहन्छन्।

उनी अस्पतालमा अनशन बस्दा नियमित उपचार प्रक्रियामा अवरोध हुने कुतर्क पनि अघि सारिएको छ। यदि डा. केसी जत्तिकै ती व्यक्तिलाई पनि अस्पताल र सर्वसाधारणको पीर हुँदो हो त डा. केसीले यस्तो कठोर तपस्या गर्ने दिन अाउने नै थिएन। किन अनशन बस्छन् भन्ने कुराको सम्पूर्ण जानकारी हासिल गर्न उनीबारे जान्न जरुरी छ।

शिक्षण संस्थाका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतका उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार देशमा धेरैवटा मेडिकल कलेज छन्। संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक हुनुपर्छ। विद्यार्थी भर्ना गर्दा चर्को शुल्क लिएर लुट मच्चाइन्छ। ३५ लाखमा सकिने कोर्सलाई मनोमानी शुल्क उठाएर करोडौंसम्म तिर्न बाध्य पारिन्छ। शिक्षामा गुणस्तर हुँदैन, विद्यार्थी भर्नामा अनियमितता गरिन्छ।

चिकित्सक गाउँ जान भनेपछि नाक खुम्च्याउँछन् भन्ने आरोप लाग्ने गरेकै अवस्थामा यी ५६ वर्षे चिकित्सक कम्तिमा वर्षको दुई पटक औषधिको झोला बोकेर गाउँवस्ती पुग्छन्। उनले कुनै भरियाबिना, प्रचारप्रसार नगरी बिरामी र स्वास्थ्य चौकी खोज्दै गाउँ डुल्न थालेको २० वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा उनी देशका ७५ वटै जिल्ला पुगिसकेका छन्।

चिकित्सा पेशाका लागि कुनै समय, सीमा र भौगोलिक विकटताले रोकिनु हुँदैन। केसीले पेशा अँगाल्दा लिएको विश्वास हो यो। यही विश्वासमा अडिएर उनी देश–विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, पीडितको उपचारमा पुग्छन्। हैजा महामारीको चपेटामा परेको जाजरकोटदेखि भूकम्पले सोत्तर बनेको हाइटीसम्म उनी आफ्नै खर्चमा उपचारका निम्ति पुगेका थिए।

बेलाबेलामा यस्ता डाक्टरको कर्तुतहरू सुन्न र पढ्न पाइन्छ। बिरामीको जीवनसँग खेलबाड भएका घटना धेरै सुन्न पाइन्छ। स्वास्थ्य क्षेत्रमा हरेकको पहुँच हुनपर्छ। उपचार नपाएर साधारण रोगका प्रकोपले कसैको ज्यान नजाओस्, दुरदराजका जनताले पनि स्वास्थ्य सेवा सजिलै पाउन, हरेक प्रदेशमा हरेक अञ्चलमा मापदण्ड पुर्याएर अस्पताल खोलिनु पर्छ भन्ने उहाँको माग हो। राजधानी र देशका मुख्य सहर केन्द्रित गरेर अस्पताल खोलिनुको कुनै औचित्य हुँदैन जबसम्म दुर्गमका जनता साधारण झाडापखला र हैजाले मर्न छाड्दैनन्।

शिक्षण संस्थाका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतका उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार देशमा धेरैवटा मेडिकल कलेज छन्। संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक हुनुपर्छ। विद्यार्थी भर्ना गर्दा चर्को शुल्क लिएर लुट मच्चाइन्छ। ३५ लाखमा सकिने कोर्सलाई मनोमानी शुल्क उठाएर करोडौंसम्म तिर्न बाध्य पारिन्छ। शिक्षामा गुणस्तर हुँदैन, विद्यार्थी भर्नामा अनियमितता गरिन्छ।

निःशुल्क स्वास्थ्य परीक्षण गर्छन्। निःशुल्क औषधि बाँड्छन्। सरकारी खर्चमा होइन, कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन, आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चन्छन्। डा. केसी पटक–पटक अनशन बस्छन्। उनको माग पूरा गर्ने सहमति हुन्छ, अनशन तोडिन्छ। फेरि ती सहमति कार्यान्वयन हुँदैनन्, उनी आन्दोलनको सोही प्रक्रिया अवलम्बन गर्छन्।

कोटा पर्नाको लागि बृफकेस बोकेर उपकुलपति कहाँ धाउने गरिन्छ। चर्काे शुल्क तिरेर पढ्न बाध्य गरिन्छ जनताका छोराछोरीलाई। विदेशमा रहेका कलेजमा भर्ना नपाएका र कलेजले अयोग्य ठानेका विदेशी विद्यार्थीलाई भर्ना गरिन्छ। तर, स्वदेशका विद्याार्थीलाई कोटा हुँदैन। फलस्वरुप यहाँका विद्यार्थी विदेश पढ्न जान बाध्य बन्दैछन्।

देशमा सञ्चालित धेरैवटा मेडिकल कलेज छन्। जसको मापदण्ड अपुग छ। भवन मात्र ठड्याइएको छ। जननेता मनमोहन अधिकारीको नाममा खुलेको मेडिकल कलेजको पनि यही हालत छ। मेडिकल कलेज हटाएर शुद्ध अस्पताल चलाउन बारम्बार आग्रह गरिँदा पनि बेवास्ता गरिएको छ।

एमालेका सभासद राजेन्द्र पाण्डेद्वारा सञ्चालित यो अस्पताल डा. केसी नवौं अनशन तोडाउनको लागि सरकारीकरण गरिने भनेर आश्वासन दिइएको थियो। तर, पछि राजेन्द्र पाण्डेले व्यापक विरोध गरेर यसो हुन दिएनन्। फलस्वरुप यस्तै माग राखेर दशौ अनशन सुरु गरेका थिए डा. केसीले। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले केसीको माग मध्य लोकमानसिंह कार्कीमाथि महाभियोग दर्ता गर्यो। तर, बाँकी मागको बेवास्ता गरियो। 

पटकपटकको सहमति कार्यान्यवन नभएपछि डा. केसीले फेरि ११औं पटक अनशन थालेका हुन्। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि उही पूरानै तरिका अपनाउने प्रयास गर्दैछन्। केसीको अनशन ताेडाउन बारम्बार अर्थहीन वार्ता टोली पठाउँछन्। आश्वासन दिलाउन खोज्छन्। आज उनी अनशन बसेको १९ दिन पुग्यो। तर, अझै पनि सरकार र सरोकारवालाबाट ठोस निचोड दिलाउन सकेका छैनन्। केसी स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको छ।  

चिकित्सक गाउँ जान भनेपछि नाक खुम्च्याउँछन् भन्ने आरोप लाग्ने गरेकै अवस्थामा यी ५६ वर्षे चिकित्सक कम्तिमा वर्षको दुई पटक औषधिको झोला बोकेर गाउँवस्ती पुग्छन्। उनले कुनै भरियाबिना, प्रचारप्रसार नगरी बिरामी र स्वास्थ्य चौकी खोज्दै गाउँ डुल्न थालेको २० वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा उनी देशका ७५ वटै जिल्ला पुगिसकेका छन्।

सरकार माफियाविरुद्ध जानै चाहँदैन। बरु उल्टो केसीलाइ झुलाएर, गलाएर झन माफियाको मनोबल बढाउँदै छ सरकार। केसीलाई कमजाेर सावित गराउन खोज्दै छ। डा. केसीको अनशनलाई जनतासामू बिना अर्थको सावित गराउन खोजिदै छ। जनताको लागि लड्नेलाई जनताका शोषकले ‘पागल’ उपनाम भिराएर वास्तवमै ‘बहुला’ बनाउन खोज्दै छन्। डा. केसीको अनशन साच्चै नै देश र जनताका लागि हो। केसीको माग किन दबाइन्छ।

सत्ताको लुछाचुडी गर्न परेमा खुलेआम भिड्ने नेताहरू केसीको माग सुनुवार्इ गर्न एकीकृत किन हुन सकेनन्? खोर्इ त सरकार पक्षले ध्यान नदिँदा विपक्षी दलले विरोध गरेको? देश लुट्ने र नदीनाला बेच्ने कुरा हुन्थ्यो भने भागबण्डा मिलिसक्थ्यो होला। यहाँ त वर्षाैदेखि जनता लुटेर खान बनाएको शिक्षण उद्योग बन्द हुने सवाल छ।

वास्तवमा अहिले अनशनको एउटा प्रमुख कारण हो, विगतमा भएका सम्झौता नेताले आफै ढाँटेका छन्। लत्याएका छन् उल्टो केसीलार्इ परिचालित भनी अरोप लगाएका छन्। बिरामी पनि नेताकै पछि लागेको छाैं। आफू र आफ्ना परिवार बिरामी हुँदा विदेशमा गएर उपचार गराउँछन्। तर, यहाँ जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थालाई व्यापारिक केन्द्र बनाउँछन्। जनताले तिरेको कर पनि हजम गर्छन्। अनि उल्टै जनता लुट्ने उद्योगधन्दा चलाउँछन्। जनताबाट पनि मार र पीडामा त हामी नै पर्ने होइन र?

हामी किन डा. केसीलाई साथ दिन ढिलार्इ गरी रहेको छाैँ? के पार्टीको निर्देशन कुरेको हो हामीले? हाम्रो स्वास्थ्यको जिम्मा हामीले नै लिने हो नेताले होइन। हाम्रो जीवन माफियाको हातमा सुम्पिदै छौँ। के माफियाराजलाई चुपचाप मौलाउन दिने हो? हाम्रो चिन्ताले उनी तिनै माफियासँग भिड्दै छन्, अनि हामी उल्टै केसीलाई नै गलत बनाउदै छाैं। माफियातन्त्रलाई हटाएर लोकतन्त्र संस्थागत गरौं। डा.गोविन्द केसी तीन करोड नेपालीका लागि अनशन बसेका छन् हामी साथ दिऊ। सत्याग्रह सफल पाराैं।

र, याे पनि पढ्नु हाेस्ः

तीन कराेड नेपालीका लागि लड्दैछन् गाेविन्द केसी


 

More form the Internet

loading...