Suvadin, Home
सफल हुने र असफल हुने कारणहरु खोतल्नुहोस्। सफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन् र असफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन्? एक अर्कामा मिलाउनुहोस्। कतै यस्तो त हुँदैन सफल हुनेहरुका सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन्। त्यसैगरी, असफल हुनेहरुका पनि सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन्। अब आफूसँग दाजेर हेर्नुहोस् तपाईको आचरण, व्यवहार, बोली, शैलीकोसँग बढी मिलेको छ? यसबाट आफूनो बारेमा थाहा पाउन सकिन्छ।
लेखक रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


सफल हुने इच्छा कसलाई हुँदैन र? तपाईलाई पनि त सफल हुने इच्छा छ, होइन र? केमा सफल हुने भन्नुहोला। तपाई जेमा सफल हुन चाहनुहुन्छ त्यसैमा। विद्यार्थी, शिक्षक, व्यापारी, कर्मचारी, किसान, मजदुर, पत्रकार, लेखक, खेलाडी, गृहिणी, वकिल, डाक्टर, राजनीतिज्ञ, नेता, नीजि व्यवसायी आदि आदि। मानिसले आफूले चाहेको काममा सफल हुँदै जानु भनेको जीवनमै सफल हुँदै जानु हो। सफल हुनुको अर्थ हो खुसी हुनु र असफल हुनुको अर्थ हो दुखी हुनु। यसलाई अझै सारमा भन्ने हो भने सायद मानिस खुसी हुनुको अर्थ सफल हुनु हो र दुखी हुनुको अर्थ असफल। मानिसले जीवनममा खोजेको र चाहेको खुसी हो। केही मानिस जीवनमा धेरैथोक भएर पनि सफल हुन नसकेर निरास छन्, तनावमा छन्, दुखी छन्।

तर, केही मानिस धेरै धनसम्पति र पद नभएपनि खुसी र सन्तुष्ट जीवन बाँचिरहेका छन्। कोही आफूसँग केही नभएको भनेर दुखी छन् र आफूलाई असफल ठान्छन्। अझ धेरै मानिस त अरुको जति आफूसँग नभएर दुखी छन्। के तपाई पनि असफल भएर निरास त हुनुहुन्न? सायद दुनियाँमा कुनै यस्तो मानिस छैन जसलाई जीवनमा सधैं खुसी नै खुसी मिलोस र त्यस्तो पनि कोही छैन जसको जीवनमा दुखैदुखः मात्र सधै होस्। दुखः र सुख अर्थात सफल र असफल एउटै व्यक्तिका लागि फरकफरक समयमा आइरहन्छन्, गइरहन्छन्। त्यसैले न कोही सधैं दुखीमात्र भइरहन्छन् न कोही सधै खुसी नै खुसी मात्रै भोगेर जीवन गुजार्छन्। 

सफल र असफल मानिसका जीवनमा आइरहन्छन्। कुनै मानिस सफलै सफल भइरहने र कुनै सधैं असफल मात्रै भइरहने भन्ने हुँदैन। तर, हामी कतिपय मानिसका जीवनमा यस्तै भएको देख्न पुग्छौं। कोही सफलैसफल र कोही असफलै असफल। सफल हुनु भनेको खुसी हुनु हो भन्ने बुझेपछि खुसीलाई बढाउने, धेरैभन्दा धेरै समय खुसी हुने गर्नाले मानिसले सफल भएको अनुभूति गर्न सक्छ। दुखी हुनुलाई खासै मेहनत गर्नु पर्दैन। केही नगर्नुहोस् अभाव शुरु हुन्छ, केही नसिक्नुहोस् ज्ञान कम हुन्छ, जोखिम नलिनुहोस् कहिल्यै असफल हुँइदैन, त्यसैले सफल हुनुको खुसी पनि पाइँदैन। यी सामान्य अर्थमा दुःखका कारण बन्ने गर्छन्। 

सफल हुन कर्म गर्नुपर्छ, कर्म अर्थात काम। काम नगरिकन सफल हुँइदैन। तर, काम गर्ने सबै सधै सफल हुँदैनन्। उनीहरुको जीवनमा पनि सफल र असफल आउदै जाँदै गर्छ। यस्ता मानिस अर्थात कर्म गर्ने मानिसले सफल हुदा खुसी हुन्छन्, खुसी बढदै जान्छ। खुसीसँगै उन्नति प्रगति हुँदै जान्छ। अरुको नजरमा उदाहरणीय व्यक्ति बन्न पुग्छन्। असफल हुँदा पनि धेरै नोक्सानी हुँदैन। किनभने उनीहरुले सिक्छन् र पुनः अगाडि बढछन्। त्यसैले सफल हुन चाहनेले सधैं कर्म गर्नुपर्छ। 

सफल हुन चाहनेले कर्म गर्नुपर्छ भन्नेकुरासँग सहमत भएपछि कस्तो कर्म गर्ने भन्ने कुरा आउछ। तपाईको काम जब सफल हुन्छ तब तपाईमा खुसीको अनुभूति हुन्छ। अब तपाई हाम्रो ध्यान खुसीमा मात्रै होइन कति आयुको खुसी भन्ने हुन्छ। छोटो आयुको खुसी त जसरी पनि प्राप्त गर्न सकिन्छ तर यस्तो नहोस् कि खुसीको आयु छोटो मात्रै हुने होइन त्यो छोटो आयुको खुसीले लामो दुःखलाई निम्ता दिएको नहोस्। जस्तो पसलमा तपाईलाई एकदमै मनपर्ने खाना सजाएर राखेको थियो।

आनन्द मानेर खानुभयो। खानुको खुृसी त प्राप्त भयो तर बदलामा तिर्ने पैसा गोजीमा रहेनछभने के होला? त्यस्तै तपाईको जिब्रोलाई खुब मिठो लाग्ने तर तपाईको शरीरले नसहने चिज खानुभयो भने यस्तो खुसीको आयु कति होला? हामीलाई पैसाको जरुरत थियो कसैलाई विश्वासमा पारेर पैसा हात पार्यौं वा समान अथवा सेवाको जरुरी थियो त्यो प्राप्त गर्यौं तर बदलामा समयमा तिर्ने पैसा भएनभने खुसीको आयु कति होला?

धेरै मानिसलाई लाग्छ म आफ्ना बारेमा धेरै जान्ने छु तर वास्तविकता त्यस्तो हुँदैन। भनिन्छ आफूनो बारेमा थाहा पाउनु मानिसको ठूलो क्षमता हो। आफूनो बारेमा थाहा पाउनु भनेको आफूले सधैं हिँड्ने गरेको बाटो थाहा पाउनु हो। तपाई सफल वा असफल जे भएपनि त्यो तपाई आफूले हिँडेको बाटो हो। त्यसलाई सही बाटोमा हिँडाउने क्षमता तपाईमा छ। अरु त सहयोगी मात्रै हुन्।

हामी जुन समयमा जुन कामका लागि छौं त्यो बेला त्यो काम ठिकठाकसँग नगरेर अथवा कम मेहनत गरेर, ठीक त्यही समयमा आफुलाई मनपर्ने मनोरञ्जन गरेर पनि खुसी हुन सक्छौं। जस्तै विद्यार्थिले स्कुलमा कठिन होमवर्क बुझाउनु पर्ने दिन सिनेमा हेरेर वा साथिसँग रमाईलो गरेर। व्यक्तिले काम गर्नु पर्ने समयमा काम नगरेर बहानावाजी बनाएर पनि खुसी मनाउन सक्छौं। तर, यस्तो खुसीले दुःखलाई निम्ता दिइरहेको हुन्छ। दुःखलाई निम्ता दिने कर्म गर्ने र एकछिन खुसी हुने कर्मले मानिसलाई सफल हुने बाटोमा हिँडाउदैन। 

हार्ने वा असफल हुने डरले कर्मै नगर्ने मानिसले सफल हुनुको आनन्द कहिल्यै पाउँदैनन्। त्यति मात्रै होइन उनीहरुले त सफल हुने प्रगतिको यात्रा नै गरेनन्। निष्कर्षमा यो भन्न सकिन्छ कि मानिस सफल हुन कर्म गर्नु पर्छ तर छोटो आयुको खुसीका लागि गरिने गलत कर्मले अन्ततः लामो दखःलाई निम्ता दिने गर्दो रहेछ। यो पनि सफल हुने बाटो होइन। त्यसैगरी, असफल हुने डरले कर्म नै नगरि बस्नु पनि सफल हुने बाटो होइन।  

अर्को एउटा त्यत्तिकै महत्वपुर्ण कुरा छ त्यो भनेको कर्म गरेर मात्रै हुँदैन। सही कर्म गर्न जरुरी छ। सही कर्म भन्नाले हामी जे गर्छौं त्यसमा हाम्रो ज्ञान हुनु जरुरी छ। ज्ञानका लागि अध्ययन हुन जरुरी छ। अध्ययन सिकाइका लागि हुनुपर्छ। अध्ययनका अनेक तरिका र रुप हुन सक्छन्। भनिन्छ उत्कृष्ट मानिसहरु अरुको गल्तीबाट सिक्छन्, साधारण मानिस आफूनो गल्तीबाट र निकृष्ट मानिस अरुको आलोचना र प्रशंसा गरेर समय बर्बाद गर्छन्। सिकाईलाई निरन्तरता दिने र कर्मलाई जारी राख्नेहरुसँग सफल र असफल हुनुका अनुभव हुन्छन्। उनीहरु सफल हुँदा खुसी हुन्छन् र असफल हुँदा सिक्छन्। तर, निरास कहिल्यै हुँदैनन्। वास्तवमा सफल मानिस तिनै हुन्। 

तपाई सफल वा असफल केही पनि होइन भन्ने सम्झनुहोस् एकछिनलाई तपाईले देखे जानेका सफल वा असफल मानिसको सूची तयार पार्नुहोस्। यो सूची तयार पार्न धेरै कठिन छैन। धेरै टाढाका ठूलाठूला सफल र असफल व्यक्तिका कथाहरुको यसमा जरुरत पर्दैन। आफ्नै वरिपरिका जाने बुझेका, थाहा पाएका, चिनेका, आफन्त मध्येबाटै यस्ता मानिसको सूची बनाउदा राम्रो हुन्छ। सूची धेरै लामो बनाउन जरुरी छैन। दुवैतिर पाँच–पाँच जनाको बनाएपुग्छ। 

अब हरेक सफल मानिसका मिल्दाजुल्दा कुरा के के हुन् एक, दुई, तीन, चार गर्दै लेख्दै जानुहोस्। यसको शुरुवात उनीहरुकको दैनिकीदेखि नै शुरु गर्नुहोस्। कति समय काम गर्छन्? के काम गर्छन्? कसरी गर्छन्? बोल्छन् के? गर्छन् के? भनाई र गराईमा एकरुपता छ कि छैन? लाउछन् कसरी? खान्छन् कसरी? अध्यनन कति गर्छन्? बोलीमा कति पक्का छन्? मनोरञ्जन केमा र कसरी गर्छन्? छुट्टी कसरी मनाउँछन्? बचत कसरी गर्छन्? धनको उपयोग कसरी र केमा गर्छन्? मेहनत कति गर्छन्? आदिआदि। त्यसैगरी, असफल मानिसका पनि मिल्दाजुल्दा कुरा के के हुन त्यसैगरी लेख्दै जानुहोस्।

सफल हुने र असफल हुने कारणहरु खोतल्नुहोस्। सफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन् र असफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन्? एक अर्कामा मिलाउनुहोस्। कतै यस्तो त हुँदैन सफल हुनेहरुका सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन्। त्यसैगरी, असफल हुनेहरुका पनि सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन्। अब आफूसँग दाजेर हेर्नुहोस् तपाईको आचरण, व्यवहार, बोली, शैलीकोसँग बढी मिलेको छ? यसबाट आफूनो बारेमा थाहा पाउन सकिन्छ।

धेरै मानिसलाई लाग्छ म आफ्ना बारेमा धेरै जान्ने छु तर वास्तविकता त्यस्तो हुँदैन। भनिन्छ आफूनो बारेमा थाहा पाउनु मानिसको ठूलो क्षमता हो। आफूनो बारेमा थाहा पाउनु भनेको आफूले सधैं हिँड्ने गरेको बाटो थाहा पाउनु हो। तपाई सफल वा असफल जे भएपनि त्यो तपाई आफूले हिँडेको बाटो हो। त्यसलाई सही बाटोमा हिँडाउने क्षमता तपाईमा छ। अरु त सहयोगी मात्रै हुन्। 

सफल हुनु भनेको हामी कतिपयले बुझ्ने गरेजस्तो धनी हुनु धेरै धनसम्पति थुपार्दै जानु र कुनै सम्मानका पद प्राप्त गर्नुलाई मात्रै सफल मान्ने मानसमिकताबाट हलिक पर हटेर तपाईले भोगेको जीवनमा कति सफल हुनुभयो भन्ने अर्थ तपाई कति खुसी हुनुहुन्छ भन्ने अर्थसँग जोडेर हेर्ने गरौं। यति तपाई सधैं खुसी हुनुहुन्छ भने तपाई पुर्ण सफल। यदि धेरै खुसी हुनुहुन्छ र कुनैकुनै समय दुखी हुनुहुन्छ तर त्यो दुःखमा पनि तपाईले सिक्नुभयो भने पनि तपाई सफल। तर धेरै दुखी हुनुहुन्छ, खुसी हुने कारणनै भेटनु भएको छैनभने तपाईसँग धेरै धन र ठुलो पद हुदैमा सफल कसरी मान्ने। किनभने सफल हुनुको अर्थ खुसी हुनु हो। यदि शान्ति, खुसी र स्वास्थ्यसँग साटेर धन जम्मा गर्ने र पद प्राप्त गर्ने होभने सायद त्यो सफल मान्न सकिँदैन। 

मैले केही मानिसहरु देखेको छु जो धेरैका नजरमा सफल छन्। उनीहरुले थोरै समयमा धेरै धन जोरजाम गरेका छन्, सामाजिक पद प्रतिष्ठा पनि छ। तर, वास्तवमा जीवनमा उनीहरु असफल छन् किनभने उनीहरुले खुसी गुमाएका छन्। उनीहरु असुरक्षा, तनाव, भयबाट घेरिएका छन्। यसको कारण उनीहरुको कर्म मूल्यमा आधारित थिएन। त्यस्ता मानिसको जीवनको पछिल्लो समयको सम्पुर्ण उर्जा शान्तिको खोजीमा हुन्छ, भए र तनावबाट मुक्ति हुने उपायको खोजीमा हुन्छ, स्वास्थ जीवनको खोजीमा हुन्छ। तर, यी तिनै चिज यति टाँढा पुगिसकेका हुन्छन् कि उनीहरु त्यसबाट कोशाैं टाढा हुन्छन्।

वास्तवमा उनीहरु सफल कि असफल? कतै यस्तो त भएन खोजेको एक थोक, हात लागि भयो अर्कैथोक। खोजेको खुसी तर हातलाग्यो तनाव। यसको कारण तिनको सोचमा खोट थियो। उनले भोग र आशक्तिमा मन लगाए। भोगमा रमाए। भोगले क्षणिक खुसी दिए पनि दीर्घकालमा तृष्णा नै बढाउदै लान्छ। भोगको तृष्णा पूरा गर्दै जाँदा कर्मले गलत बाटो समायो। कर्म गलत हुदा दिगो खुसी टाढिँदै गयो। जीवनका भोगाईहरुको भेलमा खुसीले साथ छाडेको पत्तै पाएनन्।


 

More form the Internet

loading...